बुटवलमा ट्रिपिङसंगै लोड सेडिङ समस्या घट्यो
आजबाट दैनिक ८ घण्टा मात्र विजुली जाने
विकाश पराजुली
बुटवल, असार २ ।
तोकको समय भन्दा बढि लोड सेडिङ र ट्रिपिङको समस्या भोग्दै आएका बुटवल बासीहरुले अब त्यो समस्याबाट केही भएपनि मुक्ति पाएका छन् । उर्जा मन्त्री राधा ज्ञवालीको विशेष पहलमा नेपालगञ्जको कोहलपुरबाट ८ एमभिए को ट्रान्सर्फमर बुटवलमा ल्याई योगिकुटीको सव स्टेशनमा जडान गरेपछि ट्रिपिङ समस्या र लोड सेडिङ केही भएपनि घट्ने भएको हो । तर यसको दिर्घकालिन समाधानका लागि उर्जा मन्त्रीको पहलमा चौराहा सव स्टेशनलाई स्तरउन्नती गर्नको निम्ती र थप ८ एम भि ए को ट्रान्सर्फमर खरिद को लागि अनुमानित ६ करोड बराबरको बजेट आउदो बजेटमा समेट्ने निश्चित भएको बताइएको छ । बजेट निकाशा भएपछि आउदो कात्तिक सम्म सव स्टेशन निर्माण तथा सञ्चालन हुनेछ । बुटवलको राजमार्ग चौराहमा रहेको शव स्टेशनमा राखिएकाट्रान्सर्फमरले हाल पाल्पा, नवलपरासी जिल्लामा विद्युत वितरण आएकोमा उक्त जडान भएपछि थप रुपन्देहीलाई पनि चौराहा सव स्टेशनबाट विद्युत वितरण गर्न सकिने बुटवल वितरण केन्द्र प्रमुख मुनिन्द्र ठाकुरले जानकारी दिए । आईतबार र सोमबार ट्रान्सफर्मरको परीक्षण गरेपछि मंगलबारदेखि दैनिक ८ घण्टा मात्र लोड सेडिङ हुने छ ।
अन्य क्षेत्रमा एक हप्ता अघि दैखिनै दैनिक ८ घण्टा भएको लोड सेडिङ यस क्षेत्रमा ट्रिपिङको समस्याले ८ घण्टा हुन सकेको थिएन । विद्युत् प्राधिकरण बुटवल ग्रीड महाशाखाबाट वितरित चारवटा फिडरमा अहिले १० घण्टाभन्दा बढि लोडसेडिङ भैरहेको अवस्थामा अब दैनिक ८ घण्टा हुनेछ । प्राधिकरण्ँ केन्द्रले लोडसेडिङ घटाएर दैनिक आठ घण्टामा झारे पनि बुटवल ग्रीडले ट्रान्सफर्मर नहु“दा राष्ट्रिय तालिका कार्यान्वयन गर्न नसकेको थिएन । नया“ तालिका आजबाटै लागु हुने छ । उर्जामन्त्री ज्ञवालीको चर्को आलोचना भैरह“दा उनकै निर्देशनमा ग्रीडले कोहलपुरबाट ट्रान्समर्फर झिकाएर लोडसेडिङ घटाउन लागेको हो ।
ट्रान्सफर्मर नहु“दा गत वर्ष पनि बिजुली पुग्दा समेत दिन नमिल्ने समस्या थियो । ग्रीडका इन्जिनियर राजु भट्टराइका अनुसार ८ एमभिएको ट्रान्सफर्मर मर्मत गर्न केन्द्रीय वर्कसप हेटौडा पठाइएकोमा अहिले सम्म आएको छैन । ग्रीडमा ११ केभीको बा“की रहेको १६ दशमलव ६ एमभिए क्षमताको ट्रान्सफर्मरकै भरमा बिजुली वितरण गर्दा लोडसेडिङ नघटेको हो । अहिले ग्रीडको ११ केभीएको एउटा ट्रान्सफर्मरबाट मात्र चारवटा फिडरमा बिजुली वितरण्ँ भैरहेको छ । यही कारण बुटवल पूर्व, बुटवल पश्चिम, सालझण्डी र नया“मिल फिडरमा आलोपालो गरेर बिजुली वितरण्ँ गर्नुपर्ने बाध्यताका कारण राष्ट्रिय तालिका अनुसारको लोडसेडिङ कार्यान्वयन हुन नसकेको हो । ३३ केभीएबाट वितरित फिडरमा भने राष्ट्रिय तालिका अनुसार नैं लोडसेडिङ भैरहेको छ । यसबाट बुटवल–पाल्पा, भैरहवा नया“–१, नया“–२, लुम्बिनी, भैलभुजा, भैरहवा पुरानो फिडरमा विद्युत् सप्लाई भैरहेको छ ।
११ केभीएमा पिक आवरमा २५ एमभिए बिजुलीको माग छ । जबकी अहिले चालु अवस्थामा रहेको ट्रान्सफर्मर १६ दशमलव ६ एमभिए Ôमताको छ ।
उर्जामन्त्री कै नगरमा अरु स्थानमा भन्दा धेरै लोडसेडिङ भएपछि बढेको दबाबले प्राधिकरणले कोहलपुरबाट ट्रान्समर्फर झिकाएको हो । क्षमता वृद्धिका कारण कोहलपुर ग्रीडमा सो ट्रान्समर्फर खाली रहेको थियो । उर्जामन्त्री ज्ञवालीले प्राधिकरणका अधिकारीलाई समस्या तत्काल हल गर्न निर्देशन दिएकी थिइन् ।
यसैबीच विद्युत प्राविधिकारण वितरण गर्न नसकेको मिटर आउदो भदौ महिना पछि मात्र वितरण गर्ने बताएको छ । हाल निर्माण भएका घरहरुमा मिटर जडान नगरेको प्राविधिकरणले भदौ महिना पछि उद्योग कलकारखानाहरुमा कात्तिक महिना पछि मिटर दिने बताइएको छ

0 comments