कम्प्लेक्स निर्माण असारसम्म पूरा गर्न ठेकेदारलाई दबाब
बुटवल, चैत ९ ।
बुटवल बसपार्कमा यस क्षेत्रकै नमूनाको रुपमा बन्न लागेको लुम्बिनी बस टर्मिनल तथा सपिङ कम्प्लेक्सको निर्माण आउदो असारसम्म पूरा गर्न बुटवल नगरपालिकाले ठेकेदारलाई समय सीमा दिएको छ ।
लापरबाहीका कारण समयमानै सम्पन्न हुन नसकेपछि नगरपालिकाले असारसम्मको समय दिएको हो । असार मसान्तसम्ममा निर्माणको काम पूरा नभए नगरपालिकाले ठेकेदारबाट जरिवाना गराउने जनाएको छ ।
निर्माण सम्झौता अनुसार सपिङ कम्प्लेक्सको निर्माण तीन महिना अघिनैं सकिनुपर्दथ्यो । तर अहिलेसम्म ६० प्रतिशत मात्र काम सम्पन्न भएको बुटवल नगरपालिकाका इञ्जिीनियर सुमन श्रेष्ठले जानकारी दिए । निर्माण पक्षले नगरपालिकासग २०१४ जनवरी ४ मा निर्माण सक्ने गरी ठेक्का लिएको थियो । नगरपालिकाले निर्माण कम्पनीको म्याद सकिए पनि म्याद भने थप गरेको छैन । ‘म्याद थप गर्ने या नगर्ने भन्नेमा हाम्रो केही निर्णय भएको छैन ।’ इञ्जिीनियर श्रेष्ठले भने–‘अहिले ठेकेदारले कामप्रति तदारुपता देखाएकाले केही समय पर्खेका हौं ।’ नगरपालिकाले म्याद थपको कामलाई ‘ओफिसिएल प्रक्रिया’ भन्दै रोकेको हो ।
नगरपालिकाले निर्माणको जिम्मा चक्रेश्वरी, मिचीको र शिवशक्ति कम्पनीलाई दिएको भएपनि ठेकेदारहरुले आ–आफ्नै कारण्ँ देखाउदै निर्माण्ँ कार्यमा ढिलाई गरेका हुन् । मुख्य कम्पनीको रुपमा रहेको चक्रेश्वरी कम्पनीले मिचीको र शिवशक्तिलाई निर्माण्ँको जिम्मा दिएकोमा मिचीको र शिवशक्ति कम्पनीको ढिलाईका कारण्ँ समयमानै निर्माण्ँको काम पूरा हुन नसकेको बुटवल नगरपालिकाले जनाएको छ ।
बुटवल नगरपालिकाले नगरपालिका विकास कोÈको ऋण्ँ सहयोगमा बस टमिर्नल तथा सपिड्ड कम्प्लेक्स बनाउन लागेको हो । बुटवलको बसपार्क जाने मुख्य प्रवेशद्वारबाट दक्षिणतर्फ सपिङ कम्पलेक्स निर्माण्ँ कार्य भैरहेको छ । पाच बर्ष पहिले तयार गरिएको गुरुयोजना अनुसार नगरपालिकाले १८ महिनामा सम्पन्न गर्ने गरी निर्माण्ँ कम्पनीसग ०६८ मंसिरमा सम्झौता गरेको थियो । त्यस समयमा निर्माण्ँ स्थानमा रहेका रुखहरु हटाउन समय लागेकाले नगरपालिकाले निर्माण कम्पनीलाई ६ महिना म्याद थप समेत गरेको थियो ।
करिब ७ करोडको लागतमा निर्माण्ँ कार्य हुन लागेको हो । हाल बसपार्कमा टिकट काट्ने स्थान अस्तव्यस्त रहेकाले नया टमिर्नल बनेपछि सो समस्या समाधान हुने छ ।
चक्रेश्वरी निर्माण कम्पनीका रामेश्वर देउजाले आफ्नो आन्तरिक समस्याका कारण निर्माणमा ढिलाई भएको स्वीकार गर्दै भने, ‘पहिले समस्या भएको हो । अहिले काम भैरहेको छ ।’
उनले मिचीको र शिवशक्तिलाई निर्माणको जिम्मा दिएकाले ढिलाई भएको जनाउदै अहिले आफैले काम गरेको बताए । उनले असार मसान्त भित्रै निर्माण्ँको काम सम्पन्न गर्ने बताए । टर्मिनल भवन साढे २ तलाको हुने छ । सवारीसाधनको टिकट लिएपछि सवार नहुञ्जेलसम्म यात्रुले किनमेल, मनोरञ्जन खाना÷नास्ता सहज रुपमा गर्न सकुन् भन्ने उद्देश्यका साथ सपिङ कम्प्लेक्स निर्माण्ँ गर्न लागिएको हो ।

0 comments