लुम्बिनी अञ्चलमा ९ सय भन्दा बढी अनुपस्थित
विकाश पराजुली
बुटवल, चैत ६ ।
एलएलसी परीक्षा शान्तिपूर्ण रुपमा सुरु भएको छ । बिहीबारबाट सुरु भएको परीक्षा पहिलो दिन मुलुकभर शान्तिपूर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । लुम्बिनी अञ्चलका सबै जिल्लामा पहिलो दिनको परीक्षा शान्तिपूर्ण एवं मर्यादित रुपमा सम्पन्न भएको शिक्षा कार्यालयहरुले जनाएका छन् ।
अंग्रेजी विषयको परीक्षामा लुम्बिनी अञ्चलमा ९ सय ७१ जना विद्यार्थीहरु अनुपस्थित भएका छन् । सबैभन्दा बढी नवलपरासी जिल्लामा विद्यार्थीहरु अनुपस्थित रहे ।
नवलपरासीमा २ सय ५३ जना विद्यँर्थी परीक्षामा अनुपस्थित रहेको जिल्ला शिक्ष्ाँ अधिकारी टेकबहादुर थापाले जानकारी दिए । उनका अनुसार नियमित तर्फ ८७ जना र एक्जामटेड तर्फ १ सय ६६ जना गरी कुल २ सय ५३ जना विद्यँर्थीहरु अनुपस्थित भएका हुन् । त्यस्तै गुल्मी जिल्लामा एक जना विद्यार्थीले परीक्ष्ाँ दिएको कापी आफैले लिएर गएका छन् । गुल्मीका जिल्ला शिक्ष अधिकारी गोविन्दप्रसाद अर्यालले जिल्लाको मालिका उच्च मावि मरभु· सिमलटारी परीक्षा केन्द्रका एक विद्यार्थीले उत्तरपुस्तिकास“गै लिएर गएको बताए । यस बाहेक जिल्लामा शान्तिपूर्ण रुपमा पहिलो परीक्षा सम्पन्न भएको उनको भनाइ छ । ३० परीक्षा केन्द्र रहेको जिल्लामा नियमित तर्फ २ हजार २ सय ३५ छात्र, २ हजार ३ सय ५४ छात्रा तथा एक्जामटेड तर्फ ४ सय ७७ छात्र र ८ सय ९७ जना छात्रा गरी कुल ६ हजार २ सय ५३ जना विद्यँर्थी परीक्षामा सहभागी भएका छन् । पहिलो दिनको परीक्षामा जिल्लामा १ सय २७ जना एक्जामटेड, ३७ जना नियमित गरी कुल १ सय ६४ जना विद्यार्थीहरु परीक्ष्ाँमा सहभागी भएनन् ।
त्यस्तै पाल्पा जिल्लामा नियमित तर्फ १५ र एक्जामटेड तर्फ १ सय ७२ गरी १ सय ८७ जना विद्यँर्थी परीक्षामा अनुपस्थित भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ । २३ वटा परीक्षा केन्द्र रहेको जिल्लामा यस बर्ष एसएलसी परीक्षामा नियमितमा ४ हजार २ सय २३ र एक्जामडटेड १ हजार ६ सय २ जना गरी ५ हजार ८ सय ९५ जना सहभागी रहेका छन् । शिक्षा कार्यालयका शाखा अधिकृत रेशम न्यौपानेले जिल्लामा गत बर्षको भन्दा बढी राम्रो र शान्तिपूर्ण रुपमा पहिलो दिनको परीक्षा सम्पन्न भएको बताए ।
त्यस्तै रुपन्देही जिल्लाबाट १ सय ७६ जना विद्यार्थी अनुपस्थित भएको जिल्ला शिक्षा कार्यालय रुपन्देहीका उप–सचिव टिकाराम अर्यालले जानकारी दिए । जसमा नियमित तर्फ ४१ र एक्जामटेड तर्फ १ सय ३५ जना रहेका छन् । ५१ वटा केन्द्र रहेको जिल्लाबाट यस बर्ष नियमित फर्त १२ हजार ७ सय ५४ जना र एक्जामटेड तर्फ १ हजार ७ सय ४६ जना विद्यँर्थी सहभागि भएका छन् ।
जिल्लामा १२ जना सुस्त मनस्थिति भएका, ५ जना दृष्टिविहिन र एक जना कारागारका बन्दीले परीक्षा दिइरहेका छन् । यो बर्षको एसएलसीमा रुपन्देहीका १ सय ३३ सामुदायिक विद्यालय र १ सय २९ निजी विद्यालयका विद्यार्थीहरु परीक्षामा सहभागी भएका छन् । अर्घाखाची जिल्लामा पनि पहिलो दिन शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न भएको बताइएको छ । जिल्लामा रहेको कालिका नेरा उच्च मावि खनबाट १ छात्रा निष्काशित भएको जिल्ला शिक्षा कार्यालय अर्घाखाचीकी अधिकृत जमुना चुदा“लीले जानकारी दिईन् । १६ वटा परीक्षा केन्द्र रहेको अर्घाखाची जिल्लामा नियमित तर्फ ३ हजार ५३ र एक्जामटेड तर्फ १ हजार ८ सय ५० जना गरी कुल ४ हजार ९ सय ३ जना विद्यँर्थीहरुले प्रवेशीका परीक्षामा सहभागि भएका छन् । पहिलो अंग्रेजी परीक्षामा जिल्लाबाट १ सय ६४ जना विद्यार्थीहरु अनुपस्थित भएको चुदालीले बताईन । नियमित तर्फ ७ र एक्जामटेड तर्फ १ सय ५७ जना विद्यँर्थीहरु परीक्षामा सहभागि नभएका हुन ।
यता कपिलबस्तु जिल्लामा पनि पहिलो दिनको परीक्षा शान्तीपुर्ण रुपमा सम्पन्न भएको जिल्ला शिक्ष्ाँ कार्यालयका प्रमख सुरेन्द्र पराजुलीले जानकारी दिए । २६ वटा परीक्षा केन्द्र रहेको जिल्लामा नियमित तर्फ ५ हजार २ सय १५ तथा एक्जामटेड तर्फ १ हजार ८ सय ९० गरी कुल ७ हजार १ सय ५ जना विद्यँर्थीहरु सहभागि भएका छन् । कपिलबस्तु जिल्लमा पहिलो दिनको अंग्रेजी परीक्षामा १ सय ५७ जना विद्यँर्थीहरु अनुपस्थित भएका छन् । जस मध्ये ८७ जना छात्र तथा ७० जना छात्रा रहेको पराजुलीले जानकारी दिए । ५ जना अपा· विद्यार्थीहरु समेत जिल्लाबाट सहभागि भएका छन् ।
0 comments