थारु नाच संरक्षण गर्दै मानपकडीका महिला समूहहरु
विकाश पराजुली
‘अहिले सुरुको अवस्थामा संस्कृति झल्केने नृत्य मात्र हाम्रो समूहले प्रस्तुत गर्दै आएका छौ मानपकडी गाविस वडा नं। ६ कि महिला स्वयंसेविका पुष्पा चौधरीले भनिन् विस्तारै सवै नाचहरु हामीले देखाउने योजनामा रहेका छौ ।’ थारु समुदायमा देखाउने नाचहरु प्राय समुहमा नाच्ने गरिन्छ । अहिले समाज कुनै शुभकार्य एवं कुनै सार्वजनिक कार्यक्रममा कसैले नाचका लागि आग्रह गरेमा समूह लिएर जाने चौधरीको भनाई छ ।
थारु समुदायको संस्कृति बचाउन जय जोगिनी झा“की समाजले अहिले विभिन्न कार्यक्रमहरुमा थारु संस्कृति झल्कने नाच देखाउदै आएको छ । ४ बर्ष अघिदेखि सक्रिय रुपमा लागेको समाजले लोप हुन लागेको आफ्नो संस्कृतिको जगर्ने गर्ने उद्देश्यले झा“की नाचलाई देखाउन लागेको बताइएको छ । ‘एउटा समुहमा ५०÷६० जना हुन्छौ, त्यसमा महिला आधा हुन्छन् यसरी समुहमा नाच देखाईन्छ, उनले भनिन् ।’ यो नाच प्रस्तुत गर्दा ढकिया, कलश, थारु समुदायको हेलुवा ९माछा मार्ने जालो०, डेलिया ९माछा राख्ने भाडो०, थारु पोशाक आदि लगाईने गरिन्छ । त्यस्तै मानकपडी १ कुरेनीमा रहेको सृजन कल्याण युवा क्लवले पनि विगत ७ बर्ष देखि थारु संस्कृतिको जगर्नेका लागि आफ्नो संस्कृति देखाउदै आएको छ । स्थानीय महिला स्वयंसेविका मिना कुमारी चौधरी भन्छिन् ‘पहिला पहिला देखाउने थिएनौ, अहिले आफ्नो पहिचान देखाउन सुरु गरेका छौ ।’ क्वलले अहिले कुनै पनि कार्यक्रममा आफ्नो प्रस्तुती राख्न बोलाएमा निशुल्क रुपमै जाने गरेको छ । ‘हामीले पैसा लिदैनौ, कतिपय ठाउ“मा भने पुरस्कार स्वरुप केही पैसा दिनुहुन्छ, मिनाले भनिन् हाम्रो यो संस्कृतिलाई संरक्षण गर्न सवै लाग्नुपर्छ ।’ समुहमा ३२ जना आबद्ध रहेका छन् । अहिले मानकपडीका ७ वटा वडाबाट यस्ता झाकी सहितका नाचहरु विभिन्न स्थानमा देखाउ“दै आईरहेको स्थानिय रामकुमारी चौधरीले बताईन । मानपकडीको रजाकमा बस्दै आएकी रामकुमारीले यस्ता सांस्कृतिक झलकहरु स्कुल, सम्मेलन, तथा सार्वजनिक कार्यक्रमहरुमा देखाउदै आएको बताईन । रजाकमै ५ बर्षअघि स्थापना भएको स्मृति बाल क्लवबाट उनको समुहले अहिले थारु संस्कृतिको नृत्य एवं सांस्कृतिक झलकहरु देखाउदै आएको उनको भनाई छ । अहिले थारु समुदायको यस्तो सांस्कृतिक झलक एवं नाचहरु मझगावा, शिवपुर, वेलवा, मटेरिया लगाएतका स्थानहरुमा पनि पुगि देखाउने गरेको मिनाकुमारीले बताईन ।
‘हामी पछाडि परेको समुदाय हौ, हामीलाई कसैले सहयोग गरेको छैन् मिनाले भनिन् थारु संग्राहलय खोलेमा हामी सन्तुष्टि हुने थियौ ।’ यसरी समूहहरु गठन गरी लोकसंस्कृतिको जगेर्ना गर्ने उद्देश्यले लागेका महिला समूहरुलाई पुरुषहरुले पनि साथ दिएको उनको भनाई छ । ‘श्रीमान बाट कही जान रोक तोक हुदैन, हामीलाई पुरुषले साथ दिएकै कारण अहिले यसरी संस्कृतिक झलक एवं नृत्यहरु देखाउदै आएका छौ ।’
0 comments