रुपन्देहीको माटोमा प्राङ्गारिक पदार्थको कमी



 विकाश पराजुली
बुटवल, चैत २८ । रुपन्देही जिल्लाका विभिन्न स्थानको नमुना माटो परीक्षण गर्दा जिल्लाको माटोमा प्राङ्गारिक पदार्थ कमी भएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ । एक महिना अघिदेखि जिल्लामा पहिलो पटक माटो परीक्षण सुरु गरिएको थियो ।
कृषि विकास कार्यालयले जिल्लाका विभिन्न स्थानबाट लिइएको नमुना परीक्षणमा माटोमा प्राङगारिक पदार्थमा कमी देखिएको जिल्ला कृषि विकास कार्यालयका माटो विज्ञ आशुयनी कुमार शर्माले जानकारी दिए । माटोमा प्राङगारिक पद्धार्थ कमी हुदा उत्पादनमा ह्रास आउनुका साथै माटोको उर्वरा शक्ति घट्दै गएको उनको भनाई छ । सामान्यता प्राङगारिक पद्धार्थ ५ प्रतिशत माटोमा भए राम्रो हुने भएपनि नमुना परीक्षण गर्दा रुपन्देहीको माटोमा  १ दशमलव २५ प्रतिशत मात्र पद्धार्थ रहेको शर्माले जानकारी दिए । मोटोमा प्राङगारिक पद्धार्थ बचाई राख्न माटोमा विषादिको प्रयोग नगर्न, एउटै खेती नगर्ने तथा गोबरको मलको बढी प्रयोग गर्न जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले कृषकलाई आग्रह समेत गरेको छ । तराईका जिल्लाहरुमा बस्ने अधिकांश कृषकहरुले दाउराको अभाव हु“दा गोबरबाट गुइ“ठा बनाई प्रयोग गर्ने गर्दा पनि प्राङगारिक मल खेतीपातीमा प्रयोग नगर्ने गर्दा माटोमा प्रँङगरिक पद्धार्थको कमी देखिएको शर्माको भनाई छ  । जिल्लाको माटोमा रसायनिक मलको बढी मात्रामा प्रयोग भएको भेटिएको बताइएको छ । त्यस बाहेक माटोमा नाईट्रोजन र पोटास पनि कमी रहेको शर्माले बताए । ‘यसको कारण  ग्रामिण बस्तीहरुमा घरायसी प्रयोजनका लागि गुइ“ठा बनाउदै आएकाले हो, शर्माले भने माटोलाई दिर्घकालीन बनाउन किसानले रसायनिक मलको प्रयोग गर्नु हुदैन ।’ गोबरग्या“स बनाउन आर्थिक समस्या हुने तथा दाउरा खरिद गर्दा महंगो शुल्क तिनुपर्ने भएकाले गुइ“ठाकोे प्रयोग गर्नु परेको मानपकडी वडा नं ६ कि पुष्पा चौधरीले बताईन । ‘दाउरा प्रयाप्त रुपमा पाईदैन, पाईएपनि धेरै रकम तिर्नुपर्छ, बरु यहि बनाउ“दा ठीक हुन्छ चौधरीले भनिन् ।’ प्राङ्गारिक पद्धार्थ माटोको मुटु भएको भएपनि किसानहरुले यसलाई चासो नदि“दा बाली सप्रन नसकेको शर्माको भनाई छ । ‘हामीले उत्पादन मात्र लिनु छैन, यसलाई दिगो पनि बनाउनु छ, शर्माले भने– क्षणिक फाईदाका लागि गुइ“ठाको प्रयोग गर्नु हुदैन । ’ तराई क्षेत्रका किसानहरुले गोबरलाई विशेषगरी गुइठा बनाई दाउराको रुपमा प्रयोग गरेकाले माटोको उर्वराशक्ति कम हुदै गएको तथ्याङकले समेत देखाएको छ ।
तराईमा पराल, सोत्तर र गोबर मुख्य मलको स्रोत भएपनि दाउराको रुपमा गोबर तथा तोरीको डा“ठ, केराउ तथा अन्य बालीको डाठ कुहाएर प्राङगारिक मल बनाउन सकिने भएपनि त्यसलाई जलाएर नाश गर्ने गरिएकाले पनि तराईको माटोमा प्राङ्गारिक पद्धार्थको कमी देखिएको शर्माले बताए ।
क्षेत्रीय माटो परीक्षण पोखरामा माटोको नमुना परीक्षण हु“दै आएको भएपनि अहिले रुपन्देही जिल्लामा कलर मेथड (किट् बक्स) बाट माटो परीक्षण सुरु गरिएको छ । किसानहरुले माटो परीक्षण नगरी जस्तोसुकै बाली लगाउने गरेको भएपनि त्यसबाट प्राप्त हुने प्रतिफल दिगो हुन नसक्ने भन्दै शर्माले माटोको नमुना परीक्षण गर्न कृषकहरुलाई समेत आग्रह गरेको छ ।  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले केही महिना पछि कृषकहरुलाई सहज होस् भनी विभिन्न घुम्ती शिविरहरु मार्फत समेत माटो परीक्षण गर्ने बताएको छ ।आई.डव्लु.आर.एम.पि. ले सहयोग गरेको कलर मेथड (किट् बक्स) बाट माटोमा नाईट्रोजन, फस्फोरस, पोटास र पि.एच. को परीक्षण गर्न सकिने छ । माटो परीक्षण गर्दा नाईट्रोजन कम भएमा युरियाको प्रयोग, फस्फोरसको कमी भएमा डिएपी मलको प्रयोग तथा पोटासको मात्रा कम भएमा म्युरिटा पोटास राख्नुपर्ने हुन्छ ।
तराईको जमिनमा यान्त्रिक प्रयोगका कारणले पनि माटोको उर्वराशक्ति घट्दै गएको बताइएको छ । माटो परीक्षण पछि कुन माटोमा कस्तो बाली लगाउने, माटोमा आवश्यक कुन–कुन मलको प्रयोग गर्ने, मलको मात्रा कति राख्ने भन्ने बारेमा कृषकहरुलाई जानकारी दिइएको छ  ।

, ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.