धुम्रपान विरुद्ध प्रहरीको विशेष अभियान
विकाश पराजुली
बुटवल, चैत ११ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक स्थानमा धुम्रपान गर्ने विरुद्ध नियन्त्रणको अभियान थालेको छ । सार्वजनिक स्थानमा धुम्रपान निषेध ऐन आएको दुई बर्षपछि प्रहरीले टोली नै खटाएर अभियान चलाएको यो पहिलो पटक हो ।जिल्ला प्रहरीले पहिलो चरणमा सडक किनारमा हिडेकाहरुलाई जम्मा गरी धुम्रपान सम्बन्धी सचेतना मुलक प्रशिक्षण दिदै अभियान सुरु गरेको छ । बुटवल तथा भैरहवामा प्रहरीले पान पसल, चिया पसल तथा रिक्सा चालकहरुलाई धुम्रपान गर्न नहुने जस्ता जनचेतनामुलक प्रशिक्षण दिदै यो अभियान सुरु गरेको बताएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी दिपक न्यौपानेले सुरुमा समुदायमा अभियान बारे सचेतना जगाउने र त्यसपछि समुदाय केन्द्रित प्रभाबकारी नियन्त्रण कार्यक्रम थालिने जानकारी दिए ।‘
पहिलो चरणमा सम्झाउने बुझाउने गरेका छौ यदि अटेर गरेमा कानुन अनुसार कारबाही गर्छौं डीएसपी न्यौपानले भने–यो अभियान अब निरन्तर चल्ने छ ।’ जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी प्रमुख रहने गरी धुम्रपान नियन्त्रणको प्रयास गरिएको छ । प्रहरीले सार्वजनिक स्थानमा धुम्रपान सेवन तथा लागु औषध नियन्त्रणका लागि ५ वटा दस्ता परिचालन गरी प्रशिक्षणको कार्यलाई अगाडि बढाइएको उनको भनाई छ ।
प्रहरीले यो अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउने भनेपनि प्रहरीकै अगाडि चुरोटको धु“वा उडाउनेहरु पनि प्रसस्तै रहेका छन् । ‘सबैलाई यस बारेमा जनचेतना जगाउन समय पक्कै लाग्छ, विस्तारै हुने हो, नहुने भन्दा सुरु हुनु नै राम्रो हो, उनले भने ।’ सार्वजनिक Ôेत्रमा धुम्रपान तथा सूर्तीजन्य पदार्थ सेवन गर्नाले स्वास्थ्यमा मात्र असर पर्ने नभई समाजमा आपराधिक गतिबिधि बढने भन्दै नेपाल सरकारले ०६८ साल साउन २२ गते देखि लागु हुने गरी यो नियम ल्याएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुटवल तथा भैरहवाका विभिन्न ५० भन्दा बढी स्थानमा जनचेतनामुलक कार्यक्रम एवं दस्ताहरुले नियन्त्रणका लागि कार्य गरिसकेको बताएको छ ।
नियम बनेको दुई बर्षपछि पहिलो चरणमा भएपनि प्रशिक्षण कार्यलाई अगाडि बढाएकोमा स्थानीयले भने प्रहरीको प्रशंसा गरेका छन् । नविन औद्योगिक कदर बहादुर रिता उच्च माविमा कक्षा १२ मा पढ्ने विद्यार्थी शुसिल अर्यालले पहिलो चरणमा यस्तो कार्य गरेकाले अब भने सार्वजनिक स्थानमा धुम्र्रपान गर्नेको संख्या घट्न सक्ने बताए ।
उनले अझै पनि यो नियमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन स्थानीय निकाय एवं गैरसरकारी संस्थासं“ग प्रहरीले सहकार्य गरेमा मात्र सफल हुन सक्ने बताए ।सार्वजनिक स्थानमा धुम्रपान तथा सूर्तीजन्य पदार्थ सेवनमा सरकारले प्रतिबन्ध लगाएको दुई बर्ष भएपनि रुपन्देही जिल्लामा यो अभियान भर्खर मात्र सुरु भएको हो । ऐन बनेको दुई बर्ष भन्दा बढी भइसक्दा समेत प्रहरीले अझै कसैलाई कारबाही गर्न सकेको छैन । मेचीकाली दैनिकले चैत १ गते रोकिएन सार्वजनिक स्थानमा धुम्रपान भन्ने समचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि प्रहरीले नियन्त्रणको लागि पहिलो चरणको कार्यक्रम अगाडि ल्याएको हो । सार्वजनिक Ôेत्रमा धुम्रपान सेवन गर्नु सबैका लागि हानीकारक हुने भएकाले यसको नियन्त्रणका लागि प्रहरीको मात्रै अभियान प्रभावकारी हुन नसक्ने भन्दै डिएसपी न्यौपानेले स्वयं व्यक्ति पनि सचेत हुनुपर्ने बताए । सरकारले लागु गरेको नियम सबैले पालना गर्नुपर्ने आवश्यक भएको भन्दै उनले नियमको उल्लंघन गर्ने सबै कार्वाहीको दायरामा आउने बताए ।
प्रहरीले सेवनकर्तालाई नियन्त्रणमा लिएर एकसय रुपैया“देखि एकलाख रुपैया“सम्म जरिवाना गराउन सक्ने कानुनी प्रावधान रहेको छ । सार्वजनिक स्थलहरु जस्तै होटल रेष्टुरेन्ट, धार्मिक स्थल, पसल, बृद्धाआश्रम, अनाथलय, सरकारी भवन, स्वास्थ्य संस्था, शिÔण्ँ संस्था, चलचित्रघर, उद्योग र कलकारखाना, सार्वजनिक यातायातका साधन, हाटबजार आदि स्थानहरुमा धुम्रपान निÈेध गरिएको छ । सो नियम उल्लंघन गर्ने जो–कोहि पनि पहिलो चरणमा १ सय रुपैया सम्मको जरिवानाको भागिदार हुनसक्ने प्रावधान छ ।
ऐनमा नोभेम्वर २, २०११ देखि चुरोट कम्पनिहरुले बट्टामा ७५५ हानिकारक चित्र सहितको तस्विर राख्नुपर्ने र सो ऐनको पालना नगरेको खण्डमा ५० हजारसम्मको जरिवाना तोकेको छ । पानपसल र खुल्ला स्थानमा बिक्री वितरण्ँमा समेत रोक लगाएको यो कानूनमा १८ वर्Èभन्दा कम उमेर भएकालाई सूतिर्जन्य पदार्थ बेच्न नपाउने व्यवस्था छ ।
0 comments