सामान्य नियम पालना गर्दैनन् सवारी चालक


बुटवलको बसपार्कमा जेब्रा क्रसबाट बाटो काट्दै एक मोटरसाईकल । तस्वीर विकाश पराजुली÷मेचीकाली
 विकाश पराजुली
बुटवल, चैत १७ । सवारी चालक अनुमति पत्र प्राप्त गर्नु पूर्व चालकलाई धेरै ज्ञानको आवश्यकता पर्ने हुन्छ । त्यसो त यातायात व्यवस्था कार्यालयले पनि ज्ञानकै लागि लिखित तथा प्रयोगात्मक परीक्षा लिने गर्दछ । यातयात  व्यवस्था कार्यालयले लिने लिखित परीक्षामा ट्राफिक चिन्ह र ट्राफिक ऐन तथा चालकले जान्नुपर्ने सवारी ऐनका विषयमा प्रश्नहरु सोधिने गर्दछ । त्यस्ता प्रश्नहरुको हल गरेपछि मात्र सवारी चालक अनुमति पत्र (लाईसेन्स) प्राप्त हुन्छ । अनुमति पत्र (लाईसेन्स) प्राप्त ह“ुदा चालकलाई ट्राफिक चिन्ह, ऐन, नियम र त्यसको कार्यान्वयन सवै जानकारी हुनुपर्ने हो तर कतिपय सवारी चालकहरुले त्यस्ता ऐन नियमको पालना नै नगरी सवारी हुइ“काउने गरेका छन् ।
बुटवलका सडकमा गुड्ने सवारी साधनले सामान्य नियमको पालना नगरी आवाज जावत गर्ने ह“ुदा त्यसको बढी असर पैदल यात्रीलाई पर्ने गरेको छ । मानिसहरुको बढी भिडभा“ड हुने क्ष्ँेत्रमा सवारी साधनको गति सिमित २० देखि ४० स्पीड सम्म हुनुपर्ने भएपनि सवारी चालकले ६० भन्दा माथिको तीव्र गतिमा सवारी चलाउने गरेका छन् । जसले गर्दा दुर्घटना बढ्ने सम्भावना बढेको हुन्छ । पश्चिम क्षेत्रीय ट्राफिक कार्यालयले ूुलै गल्ती बाहेक अन्य सामान्य नियम पालना नगर्ने चालकहरुप्रति कारबाही नगर्दा दुर्घटनाको समस्या झनै बढेको छ ।
६ लेन सडकमा सवारी हुईकाउदा विशेषगरी गति, ट्राफिक संकेत, अपनाउनुपर्ने सावधानी जस्ता नियमहरुको पालना गर्नुपर्ने भएपनि सवारी चालकहरुले त्यसो गरेका छैनन् । मानिसहरुको बढी भिडभाड हुने क्षेत्रमा ट्राफिक प्रहरीले जेब्रा क्रस (बाटो काट्ने स्थान) राखेपनि चालकहरुले सोही जेब्रा क्रसबाट नै बाटो काटिदिदा पैदल यात्रीहरुलाई सास्ती भएको छ । यस्ता दृश्यहरु राजमार्ग चौराहा, मिलनचोक, बसपार्क, अस्पताललाईन, ट्राफिक चोकमा सजिलै देख्न सकिन्छ ।
मानिसहरुको बाटो काट्ने स्थानमा सवारी गुडाउदा दुर्घटनाको सम्भावना झनै बढेको स्थानीयहरु समेत बताउछन् । स्थानीय बुटवल १३ देविनगरका अर्जुन शर्माले पैदल यात्रीहरुले बाटो काट्ने स्थानको पहिचान भएपनि कार्यान्वयन नहुदा निकै सास्ती बेहोर्नु परेको बताए । उनले जेब्रा क्रस बाट बाटो काट्दा सवारीले पछाडि साईरन बजाएर अत्तासिने गरेको बताए । बुटवल १३ देविनगरकै शिव बहादुर थापाले अपाङ्गता भएका व्यक्तिहरुले जेब्रा क्रसबाट बाटो काट्दा आफू जस्ता कयौ अपाङ्गता भएका व्यक्तिहरुलाई समस्या भएको बताए । ‘अनेत्रबाट बाटो काट्नै भएन जेब्रा क्रसबाट बाटो काट्दा झनै डर हुन थाल्यो थापाले मेचीकालीलाई भने ।’
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका एसपी शुसिल कुमार यादवले पैदल यात्रीलाई पनि समान्य ट्राफिक चिन्ह तथा नियमको जानकारी नह“ुदा समस्या बढेको बताए । ‘जेब्रा क्रस बाट काट्नुपर्छ भन्ने नियम पैदल यात्रीलाई नै थाहा छैन उनले भने जेब्रा क्रस नजिकै भएपनि त्यसको पालना पैदल यात्रीले गर्दैनन् ।’
ट्राफिक प्रहरीले दुर्घटना बढ्न सक्ने भन्दै मुख्य चोकहरुमा सानो प्रतिक्षालय बनाई सुरक्षा सर्तकता बढाएपनि त्यहा पनि नियमको पालना हुन सकेको छैन् । प्रतिक्षालयबाट घुम्ति मोडेर बाटो काट्नुपर्ने भएपनि सिधै प्रहरीको आ“खा छलेर जथाभाबी रुपमा बाटो काट्ने गरेपनि प्रहरीले नियन्त्रणका लागि चासो देखाएको छैन ।
त्यस्तै अस्पताल क्षेत्रमा साइरनको प्रयोगमा निषेध लगाइएपनि त्यो कार्यान्वयन अझै हुन सकेको छैन । अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा साईरनको प्रयोग गर्दा विरामीहरुलाई बाधा पुग्ने भन्दै प्रयोगमा निषेध गरेपनि अस्पताल क्ष्ँेत्रमा सवारीले चर्को साईरनको प्रयोग पनि गर्दै आइरहेका छन् । ‘तपाईले भनेको अस्पतालहरुमा साइरनको प्रयोग गर्न पाइदैन यस बारेमा हामीले कडा कदम चाल्छौ एसपी यादवले भने नियम विपरित कसैले पनि सवारी चलाउन पाउदैन ।’ त्यस्तै मानिसहरु हिड्ने सडक पेटीबाट समेत मोटरसाइकल हुइकाउदा पनि पैदल यात्रीलाई सास्ती भएको छ । ‘आफ्नै मेसाले बाटोमा हिड्दा पछाडिबाट आएको मोटरसाईकल चर्को साईरन लगाएर बाटो छोड भन्छ, बुटवल ११ मिलनचोकका हरी शर्माले भने–नियमको पालना नहु“दा हामीलाई सडक किनारमा हिड्न समेत ग्राहो भएको छ । प्रहरीले त्यसरी सडक पेटीबाट मोटरसाईकल चलाउनेलाई कारबाही गरेको भएपनि त्यसको प्रभावकारी भने हुन सकेको छैन । प्रहरीले दुर्घटना कम गर्ने उद्देश्यले राजमार्ग चौराहा, पश्चिमाञ्चल फाइनास्स, मिलनचोक, बसपार्क, चा“दबारी चोक, अस्पताल लाईन, ट्राफिक चोक, देविनगर चोकहरुमा साना प्रतिक्षालय राखेको भएपनि त्यसको अर्थ कसैले नबुझ्दा नियमको पालना हुन सकेको छैन् । प्रहरीले अहिले बाटो काट्दा साईड लाईटको प्रयोग नगर्ने, जथाभाबी पार्किङ गर्ने सवारी चालकलाई प्रशिक्षण समेत दिन थालेको छ ।

, ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.