‘असम्भव मुर्खको डायरीमा हुन्छ’


एमाले नेता विष्टलाई बुटवलमा सम्मान
 विकाश पराजुली
बुटवल, मंसिर २० ।

 नेकपा एमालेका केन्द्रीय सदस्य एवं गुल्मी क्षेत्र नं। ३ बाट निर्वाचित उम्मेद्वार गोकर्ण विष्टले देशको आर्थिक विकासका लागि केही कुरा असम्भव नभएको बताएका छन् । उनले देशको आर्थिक क्रान्ति गर्नका लागि नेपालको सवै क्षेत्रमा सम्भव रहेका बताए ।
नेकपा एमाले गुल्मी क्षेत्र नं। ३–रुपन्देही सम्पर्क मञ्चले विहिबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै पुर्व उर्जा मन्त्री समेत बनेका विष्टले देशमा धेरै भन्दा धेरै सम्भावना रहेकाले पलायन भएको युवा शक्तिलाई यहि देशमानै रोक्न सकिने बताए ।
‘असम्भव भन्ने मुर्खको डायरीमा हुन्छ’ उनले भने उत्तरी चिन र दक्षिणको भारत पनि नेपालका लागि आर्थिक क्रान्ति गर्ने अवसरको रुप हो ।’
उनले नेपालको विकासका लागि जलस्रोतलाई मात्र परिचालन गर्न सके मात्र धेरै युवाहरुलाई रोजगारी दिन सकिने बताए । पर्यटन क्षेत्र, कृषिमा आधुनिकिकरण, आईटी जस्ता क्षेत्रमा पनि विकासको सम्भावना रहेकाले त्यस्ता योजनाको विकासका लागि आफु प्रतिबद्ध भएर लाग्ने उनले प्रतिबद्धता व्यक्त गरे । पुर्वधार निर्माण, जनताको आर्थिक समस्या समाधानका लागि आफु लागि पर्ने भन्दै उनले त्यसो नगरे जनताको विचार वितिष्णा हुने बताए ।
नेपाली जनताले धेरै अपेक्षा आफुबाट गरेको भन्दै उनले अबको बा“की समय नेपाली जनताको लागि सुम्पीने समेत सोही अवसरमा बताए । ‘पञ्चायत कालमा म¥यो भनेर फालेका हुन, मृत्युको मुखबाट फर्किएको मान्छे हु, उनले भावकुताका साथ भने बाकी जीवन आफ्नो स्वार्थका लागि कहिल्यै खर्च गर्ने छैन ।’
गुल्मी क्षेत्र नं। ३ का जनताले बत्ती बाल्ने चाहना, बाटो निर्माणको चाहना राखेकाले त्यसलाई पुरा गर्न लगातार लाग्ने उनले बताए ।  ‘जनताले गर्व गर्ने गरी संविधान निर्माणमा भुमिका खेल्नै भन्दै नेता विष्टले जनताको अभिमतलाई आफुले खेर जान नदिने बताए ।
जनताले दिएको मतले आफु जिम्मेवार बनाएको भन्दै विष्टले जिम्वेवारीले आफुलाई ग्राहो बनाएको बताए । केही चुनौती र जटिलताहरु भएपनि त्यस्ता जटिलता तथा चुनौतिहरुलाई समान गर्नका लागि आफु जिम्मेवार बोधका साथ अगाडि बढ्ने उनको भनाई छ । ‘यी विजयका क्षणहरुलाई ५ बर्ष सम्म टिकाउन सक्छु कि सक्दीन भनेर चिन्ता लागेको छ, उनले भने यो जिम्मेवारलाई महत्वका साथ हेरेको छु ।’
सोही अवसरमा बोल्दै उनेले आफ्नो पार्टीले निर्वाचनमा भाग नलिएका दलहरुलाई पनि समेटेर संविधान निर्माण प्रक्रियामा ल्याउनका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । निर्वाचनमा भाग लिए पनि परिणामलाई अस्वीकार गरेको एकिकृत माओवादीलाई उनले विजय र पराजयलाई स्वीकार गर्न समेत आग्रह गरे ।    
मत गणनाको क्रममा आफ्नो पार्टीको नतिजा सुखद नआउने भएपछि एमाओवादीले धाधली भएको आरोप लगाउनु लोकतन्त्र विपरितभएको उनको भनाई छ । देशमा लिङ्, जाति, धर्मको विभेद कायमै रहदा एकिकृत माओवादीले एकल जातिय पहिचान जस्तो अतिबादी सोच फैलाउदा पराजित बन्न पुगेको उनले बताए ।  नेपाली जनताले एकल जातिय पहिचान अस्वीकार गरेकै कारण एमाओवादी पराजित हुन पुगेको उनको भनाई छ । उनले एमाओवादीलाई आफ्नो विचारमा समिक्षा गरी संविधान निर्माणको पक्रियामा सामेल हुन आग्रह समेत गरे ।
नेकपा एमाले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको पक्षमा रहेको भन्दै नेपाली कांग्रेस पनि राष्ट्रपतिको निर्वाचनमा सहभागि भएर लोकतन्त्रको सम्मान गर्न आग्रह गरे । ताजा जनादेशमा राष्ट्रपतिको निर्वाचन नहुन भनेको लोकतन्त्र विपरित भएको भन्दै ताजा जनादेश नै राष्ट्रपतिको निर्वाचन भएको उनको भनाई छ ।
निर्वाचन बाहिर रहेका पार्टीहरुलाई समेट्दै सहमतिका आधारमा संविधान निर्माण गर्ने भन्दै यदि सहमति हुन नसके लोकतान्त्रीक अभ्यास बाट भएपनि जनताको संविधान निर्माण गरेरै छाड्ने बताए । ‘सहमतिका आधाारमा संविधान निर्माणको प्रक्रिया अगाडि बढ्ने छ उनले भने यदि त्यसो नभए विधि र प्रक्रियामा गएर जसरी पनि जनपक्षिय संग संविधान निर्माण गर्नेछौ । ’ उनले जुन कुनै जटिल र चुनौतिका विचमा पनि नेपाली जनताले संविधान पाउने समेत बताए ।
कार्यक्रममा नेकपा एमाले गुल्मीका सचिव सोमनाथ सापकोटा, नेकपा एमाले गुल्मीका सचिवालय सदस्य हिरा एसी, एमाले लुम्बिनी अञ्चल कमिटि सदस्य खड्क के।सी।, नेकपा एमाले रुपन्देहीका सचिवाल सदसइ तेजेन्द्र के।सी, एमाले गुल्मीका पुर्व अध्यक्ष बम बहादुर खड्का, नेकपा एमाले गुल्मी क्षेत्र नं। ३–रुपन्देही सम्पर्क मञ्चका सल्लाहकार खिम बहादुर थापा, रुपन्देही उद्योग संघका अध्यक्ष तेजकुमार पाठक, रुपन्देही व्यापार संघका महासचिव यमलाल लोहनी, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिपक ज्ञवाली लगाएतले बोल्दै जनताले दिएको मतको कदर गर्दै एक बर्षमा संविधान जारी गर्न सुझाव दिएका थिए । कार्यक्रम मञ्चका उपाध्यक्ष वावुराम गौतमको स्वागत तथा सचिव बैकुठ महतको सञ्चालनमा सम्पन्न भएको थियो ।

, ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.