सुधार गृहका सञ्चालकहरुलाई हदै सम्मको कारबाहीको माग
मृतकका आफन्त द्वारा इप्रकामा धर्ना
विकाश पराजुली
बुटवल, मंसिर २० ।
देबदह फेलोसिप फाउण्डे्सन केरवानी गाविस– ८ सिंघा भन्ने स्थानमा रहेको सुधार गृहमा राखिएका युवकको सोही संस्थाका कर्मचारीको कुटाईबाट मृत्यु भएको भन्दै मृतकका आफन्तहरले सुधार गृहका सञ्चालकहरुलाई कारबाहीको माग गर्दै विहिबार इलाका प्रहरी कार्यालयमा धर्ना दिएका छन् ।
सुधार गृहमा राखिएका करहिया गाविस–८ का २३ वर्र्षीय एकराज शर्मा पौडेलको १९ गते बिहान सो संस्थाका कर्मचारी रिह्याब इन्चार्ज सन्दीप श्रेष्ठको कुटाईका कारण ज्यान गएको पीडितका परिवारको दाबी छ । मृतक एकराज शर्मा पौडेलको शब अहिले लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ ।
स्वतस्फुर्त रुपमा केरवानी गाविसका स्थानिय तथा मृतकका आफन्तहरुले इलाका प्रहरी कार्यालयमा आई पडितलाई उचित क्षतिपुर्ति तथा सञ्चालकहरुलाई कारबाहीको माग गर्दै धर्ना दिएका हुन । स्थानियहरुले घटना घटेको २४ घण्टा वित्दा समेत प्रहरीले केही नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरुले देशमा कानुन नै नभएको भन्दै सुधार गृहका सञ्चालकहरुलाई हदै सम्मको कारबाहीको माग गर्दै नाराबाजी समेत गरेका छन् । सुधार गृहमा राखिएका पौडेललाई इन्चार्ज श्रेष्ठले कोठामा थुनेर डोरीले हात खुट्टा बांधेर भाटा (दाउरा) ले प्रहार गरेका कारण मृत्यु भएको सोही केन्द्रमा उपचाररत युवाहरुले बताएका थिए ।
बाहिर पिटे गाउलेले देख्छन् भनेर कोठामा थुनेर डोरीले हात खुट्टा बांधेर सन्दिप सरले भाटाले धेरैबेर कुटेका हुन्’–त्यहां उपचाररत एक युवाले नाम उल्लेख नगर्न आग्रह गर्दै भने । श्रेष्ठले सुधारका नाममा दिनहुं कुटपिट गर्नेगरेको युवाहरुको गुनासो छ ।
अत्यधिक कुटाई सहन नसकेपछि उनी त्यही रहेको पोखरीमा २ पटक हाम्फालेर बच्ने प्रयास गरेको तर समाएर फेरि कुटेको अर्का युवाले बताए । कुटाईका कारण पेट दुखेको भनेका र बेहोस भएका पौडेलको बिहान १० नबज्दै मृत्यु भएको बताइएको छ ।
कुटपिटबाट बेहोस भएका पौडेललाई फाउण्डेसनका सञ्चालक अमृत अर्यालले देवदह मेडिकल कलेज पु¥याएका थिए । तर, त्यहा“ डाक्टरले पहिले नै मृत्यु भइसकेको भन्दै मृत घोषित गरिदिएका थिए । उपचार गराउन लगेकाहरु चिकित्सकले मृत्यु भइसकेको भनिदिएपछि शव छोडेर केही समय भागेका थिए । पछि स्थानीय र प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएका थिए । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार बैदवारले आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धा थालिएको बताए ।

0 comments