छुटले अटो पेभेलियनमा क्रेताको आकर्षण
विकाश पराजुली
बुटवल, पुस १४ ।
शंकरनगरका हरी भण्डारीले दुई महिनादेखि घरायसी प्रयोजनका लागि टेक्टर खरिद गर्ने सोंच बनाए तर मेलामा विशेष छुट पाउने आशाले उनले त्यतिबेला टेक्टर खरिद गरेनन् । उनी मेला आयोजना हुने दिन कुरेर बसिरहे । ‘मेलामा छुट पाइने भएकाले दुई महिना यतात्यता गरेर कामको गर्जो टारे ।’ भण्डारीले भने,‘अब भने ट्रेक्टर किन्ने तयारीमा छु ।’ खेत जोत्न र माल सामानहरु ढुवानी गर्न आवश्यक परेकालेट्रेयाक्ट खरिद गर्नेे योजना बनाएको उनले बताए ।
आइतबार अटो पेभेलियनमा भेटिएका भण्डारीले अन्य समयमा भन्दा मेलामा धेरै छुट पाउने ह“ुदा मेलामा नै ट्रेयाक्टर खरिद गर्न लागेको बताए । बुटवल उद्योग बाणिज्य संघ र उद्योग बाणिज्य महासंघले आयोजना गरेको १४ औं औद्योगिक व्यापार तथा कृषि मेला एवं नेपाल व्यापार तथा पर्यटन मेला–२०७० पश्चिमाञ्चलमा अहिले विभिन्न कम्पन्नीहरुले विशेष छुट दिएपछि अहिले अटो पेभेलियन तर्फ क्रेताको आकर्षण बढेको छ ।
मेलामा राखिएका अटो व्यवासयीहरुले मेलाकै लागि विशेष ग्राहक योजनाबाट क्रेताहरुलाई आकर्षण गर्ने गरेको व्यवसायीहरु बताउ“छन् । ‘क्रेताहरुको राम्रै रेस्पोन्स पाएका छौं, बुकिङ हुने क्रम पनि बढ्दै छ ।’ सपना अटोमोबाइल्स टे«डर्सका सेल्स एजुकेटिभ कविन्द्र मिश्रले भने, ‘अटोमा सबै क्रेताहरुको आर्कषण बढेको छ ।’ कतिपय कम्पनीहरुले भने नया ब्राण्डलाई प्रचार गर्नका लागि मेलामा विभिन्न स्कीमहरु दिएका छन् । सपना अटोमोबाइल्सले पनि इन्डीका भि टु कार खरिद गर्दा यामाको रे स्कुटी उपहार स्वरुप दिएको छ । १८ लाख ९५ हजार पर्ने इन्डीका भि टु कार खरिद गर्दा १ सय १३ सिसिको स्कुटी उपहार पाइने मिश्रले बताए । ‘इन्डीका भि टुले माईलेज बढी दिने, डिजलबाट चल्ने र कम खर्चमा बढी सेवा दिने हु“दा यसको माग बढेको छ मिश्रले भने ।’
विभिन्न कम्पनीहरुले विभिन्न अफर दिएकाले पनि मेलामा अटो पेभेलियमले छुट्टै आकर्षण बनाएको मेला प्रचार प्रसारका संयोजक हरि अर्यालले बताए । ‘छुट दिंदा क्रेताकले खरिद गर्ने इच्छा गर्छन्, कतिपयले छुट हुने हुदा मेलामै किन्ने योजना बनाउदा अटोमा क्रेताहरुको आकर्षण बढेको हो ।’ अर्यालले भने, ‘छुटै छुटले अटो पेभेलियनमा क्रेतालाई तानेको छ ।’ अन्य समय र बाहिर खरिद गर्ने भन्दा मेलामा २५ देखि ४० प्रतिशत सम्म विभिन्न कम्पनीहरुले नगद तथा जिन्सी सामानबाट छुट दिएका छन् । ट्रेयाक्टर, कार, मोटरसाईकल, ट्रक लगायतका सवारी साधनहरुका बारेमा बुझ्ने क्रेताको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको स्टलमा बस्ने कर्मचारीहरु पनि बताउछन् ।
लुम्बिनी अञ्चलका लागि सामे ट्रेयाक्टरको अधिकृत विक्रेता हिमगंगा अटोमोबाइल्सले पनि मेलामा विशेष अफर दिएको छ । सामे ट्रेयाक्टर खरिद गर्ने ग्राहकले अहिले १ सय २५ सिसिको डिस्कभर बाइक उपहार पाउने बजार व्यवस्थापक विजेन्द्रकुमार श्रेष्ठले बताए । ‘मेलामा स्किम दिदा क्रेताबाट राम्रो रेस्पोन्स पाइएको छ ,गाडीहरु विक्री पनि भएका छन् । श्रेष्ठले भने,‘विशेष उपहार योजना ल्याउदा क्रेताहरुको मनोबल उच्च हुदो रहेछ ।’ अहिले सामेले मेलामा नै ए.एम.डव्लु. १२ चक्के ट्रक खरिद गर्दा ३ लाख ५० हजार छुट दिएको छ । इटालियन ब्राण्डको सामे ए.एम.डव्लु. १२ चक्के ट्रक खरिद गर्दा ग्राहकले ४५ लाख रुपैया खर्च गर्नुपर्दछ ।
यता महिन्द्राको लुम्बिनी अञ्चलको विक्रेता कविर मल्टी प्रोपजल प्रा.लि. ले पनि मेला समयमा खरिद गर्ने महिन्द्रा लोडर, भ्यान तथा बस, ट्रक, टिप्पर खरिद गर्दा विशेष ग्राहक स्कीम ल्याएको छ । बुलेट बाईकको खरिद गर्दा लेगगाड तथा महिन्द्रा लोडर खरिदगर्दा २० हजार छुट दिएको मार्केटिङ इञ्चार्ज शिव पाण्डेले बताए । आयसरको आधिकारिक विक्रेता एस.जी टेडले पनि ट्रेक्टर नगद खरिदमा १८ प्रतिशत छुट दिएको छ । ‘छुट दिएकाले ग्राहकहरुले बुकिङ गर्ने र बुझ्ने क्रम बढेको छ, स्टलमा रहेकी राधा न्यौपानेले भनिन् ।’
मेलामा कतिपयले भने मोटरसाईकल किन्दा हेलमेट, सिट कभर, लेगगार्ड सित्तैमा दिएका छन् भने टे«क्टर खरिद गर्दा मोटरसाईलक, ट्रली, हलो लगायतका उपहारहरु सित्तैमा दिएको बताइएका छ । ‘हामीले मोटरसाईकल गरिद गर्दा प्याकेजमा छुट दिएका छौं, त्यस्तै हेल्मेट र सिट कभर पनि छ ।’ बजाज कम्पनीको मोटरसाईकल विक्रेता भैरव अटोमोबाइल्सका सञ्चालक कपिल खड्काले भने, ‘क्रेताहरुले राम्रो प्रतिक्रिया दिएका छन् । ’ यसैगरी फोर्ड गाडीको विक्रेता एभरेष्ट मार्केटिङले पनि मेलाका लागि ५० हजार देखि २ लाख सम्मको नगद तथा ३२ इन्चको एलजी टिभी स्कीम ल्याएको बताएको छ ।
0 comments