पुस्तक स्टलमा पाठकको आकर्षण बढ्दो
विकाश पराजुली
बुटवल, पुस १५ ।
सांस्कृतिक कार्यक्रम, पिङ खेल्ने, स्टल घुम्ने र किनमेल गर्नेहरुको भीड बढेसंगै मेलामा राखिएका पुस्तक स्टलहरु तर्फ पनि पाठकहरुको आकर्षण बढेको छ । नाम चलेका लेखकहरुका उपन्यास तथा अन्य विभिन्न विधाका पुस्तक किन्ने वा पढ्नेहरुदेखि राजनीतिक र विज्ञान प्रविधिका पुस्तकहरु पढ्ने र किन्ने पाठकहरुको भीड पुस्तक राखिएको पेभेलियनमा देखिन थालेको छ । मदन पुरस्कार प्राप्त किताबहरु, नाम चलेका उपन्यास र अन्य शैक्षिक कितावहरु किन्ने पाठकहरुको भीड बढेको व्यापारीहरु बताउ“छन् । ‘हरेक बर्ष हामी यहा“ स्टल लिएर आउछौं, ढिकुरा पब्लिकेशन काठमाडौंका यम प्रसाईले भने, थरीथरीका पाठक पाइएको छ ।’ मेलामा आउने पाठकहरुले चर्चित व्यक्तिहरुका उपन्यासहरुको खोजी गर्ने गरेको उनको भनाइ छ । उनका अनुसार अहिले मेलामा पुण्यप्रसाद प्रसाईको ‘छापामार’, पुण्यप्रसाद प्रसाईकै ‘युद्धाका डोबरहरु’, हिटलर नामका पुस्तकहरुका पाठकहरु बढी रहेका छन् । पुस्तक स्टलमा भेटिएका तिनाउ इ.बोर्डिङ स्कुलका विवेक रावलले सवै प्रकारका पुस्तकहरु मेलामा पाइने भएकाले आफुले चाहेका पुस्तकहरु किनेको बताए । ‘आज विदाको दिन मेलामा पुस्तक किन्ने भनेर आएको हु“, उनले भने – सवै प्रकारका पुस्तकहरु मेलामा पाउ“दा निकै खुसी लाग्यो ।’
उनले मदन पुरस्कार प्राप्त किताबहरु राजन मुकारुङको ‘दमिनी भीर’ र झमक घिमिरेको ‘जीवन का“डाकी फूल ?’ पुस्तक किनेको बताए । राजनीतिक भन्दा बढी साहित्य र इतिहासका किताब बढी पढ्न मन पर्छ रावलले भने । ‘साहित्य विदा पनि राम्रो लाग्छ त्यसैले पुस्तक किनेको हु“ ।’
त्यस्तै लुम्बिनी बाणिज्य क्याम्पस विविएस प्रथम बर्षमा पढ्ने सुर्य अर्याल पनि मेलामा पुस्तक किन्नकै लागि आएको बताए । मेलामा सबै किसिमका पुस्तक पाइने र विशेÈ छुटसमेत पाइने भएकाले मन लागेका पुस्तक खरिद गर्न आएको उनले बताए । ‘पसलमा १०/१५ प्रतिशतभन्दा डिस्काउन्ट पाइ“दैन’ अर्यालल भने, ‘मेलामा भने २०/२५ प्रतिशतसम्म छुट पाइन्छ । त्यसैले पुस्तक किन्न म मेला आएको हु“ ।’
बुटवल उद्योग बाणिज्य संघ र उद्योग बाणिज्य महासंघले बुटवलमा आयोजना गरेको १४ औं औद्योगिक व्यापार तथा कृषि मेला एवं नेपाल व्यापार तथा पर्यटन मेला–२०७० अवलोकन गर्न आउने अधिकांश दर्शकहरुलाई आवश्यक पर्ने पुस्तकहरु मेलामा पाइने भएपछि रावल र अर्यालजस्तै अन्य दर्शकहरुको स्टलमा आकर्षण बढेको हो ।
पाठकहरुलाई समय सापेक्ष तथा सवै प्रकारका पुस्तकहरुलाई एकै ठाउ“मा जम्मा गर्न मेलामा पुस्तकको स्टललाई पनि विशेष प्रँथमिकतामा राखिएको आयोजकले जनाएको छ । समय सापेक्ष रुपमा पाठकहरु फरक पाइएको छ, साझा प्रकाशनका सुल बहादुर गुरुङले भने विद्यार्थीहरुले बढी मात्रामा साहित्य पुस्तकहरु खरिद गरेका छन् । उनले पाठकहरुले महाकवि देवकोटा, लेखनाथ, सम लगायतका किताब खोजी–खोजी पढ्ने गरेको बताए । ‘समय परिवर्तन सगै पाठकको रुची पनि बदलि“दो रहेछ । उनले भने कतिपय पाठकहरुले त दिनभर यहिं बसेर पनि पुस्तक पढ्ने गर्दछन् ।’ अहिले पुस्तक स्टलहरुमा बढी मात्रामा पारिजातको ‘सीरिषको फूल’, डायमनशमसेरको ‘सेतो बाघ’ र अधिकांश वि.पी का कृतिहरुको माग बढेको उनले बताए ।
पहिले–पहिले साहित्य र बौद्धिक स्तरका व्यक्तिहरुले पुस्तक किनेर पढ्ने गरे पनि अहिले सवै स्तरका व्यक्तिहरुले पुस्तक पढ्ने गरेको त्यहा“ रहेका व्यवसायीहरु बताउ“छन् । ‘अहिले पठन संस्कृतिको विकासले सर्वसाधारण्ँको आकर्Èण्ँ पनि बढ्न थालेको छ उनले भने । ‘मेलामा पहिले राम्रा पाठक भेटाउन गा¥हो पथ्र्यो उनले भने, पाठकहरुले केही नया“ सिक्नुपर्छ भन्ने बुझ्न थालेका छन् ।’
तर कतिपय व्यवसायीहरुले भने अझै पनि किताव किनेर पढ्नुपर्छ भन्ने भावनाको विकास नभएको बताए । ‘अघिका दिनमा त्यति पुस्तक पढ्ने पाठक भेटाउन सकिएन प्रभात बुक्स एण्ड स्टेशनरीका रामप्रसाद घिमिरेले भने– अहिले पाठकहरुको कमी छैन ।’ पाठकहरुको आकर्षण बढेसं“गै व्यापारमा पनि बृद्धि भएको छ । खासगरी मेलामा आउने पुस्तकका पाठक बढी मात्रामा विद्यार्थी, साहित्यमा रुची भएका र शिक्षकहरु रहेको उनले बताए ।
‘धेरैलाई त पुस्तक खरिदभन्दा मेला हेरौं भन्ने लागेर पनि मेलासम्म डो¥याउछ,‘ उनले भने पठन संस्कृतिमा पाठकहरुको रुची केही न केही विकास भएको छ ।
0 comments