बुटवलका १० स्थानमा सिसिटिभी क्यामेरा जडान

 
 

विकाश पराजुली
बुटवल, मंसिर २८ ।

शान्ति सुरक्षा कायम राख्न सघाउ पु¥याउने उद्देश्यले बुटवलका विभिन्न स्थानमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । दुर्घटना तथा अपराधहरु नियन्त्रणका लागि ईलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा बुटवल उद्योग बाणिज्य संघले नगरका मुख्य १० स्थानमा सिसिक्यामेरा जडान गरेको हो ।
संघका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले सिसिक्यामेरा जडानले व्यवसायीको सुरक्षामा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । सिसिटिभीको सञ्चालन तथा नियन्त्रण ईलाका प्रहरी कार्यालय बुटवल मातहत रहेको छ । अपराधीहरुले आधुनिक प्रविधिको प्रयोग गरी आपराधिक क्रियाकलापहरु गर्ने गरेकाले त्यसको नियन्त्रणका लागि सिसिटिभी क्यामेराको प्रयोग फलदायी हुने विश्वास प्रहरी र व्यवसायीको छ ।
बुटवलको दुरसञ्चार, रुद्र कम्प्लेक्स, सिनर्जी फाइनान्स (अमरपथ), जनता बैंक, बुद्धचोक, लक्ष्मी बैंक, पुष्पलाल पार्क, बीपी चोक र ट्राफिक चोकमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । मुख्य ट्राफिक चोकमा जडान गरिएको क्यामेरा १३ मेगा पिक्सेलको मुभेल हो । जसलाई ईलाका प्रहरी कार्यालयको कन्ट्रोल रुमबाट चारैतिर घुमाउन मिल्ने बताइएको छ । यो क्यामेराले उत्तरमा नबिल बैंक तथा दक्षिणमा शाइन–रेसु·ा बैंकसम्मको विवरण कैद गर्ने क्षमता राख्छ । अन्य स्थानका क्यामेरा नाइटभिजन हुन् । सिसिटिभी क्यामेराले २ महिनासम्म निरन्तर रेकर्ड लिन सक्ने छ । मुख्य घटनाहरुलाई भने अन्य तरिकाले व्यवस्थापन गर्न सकिने छ । ‘बुटवलका लागि दश स्थान पर्याप्त होइन । आगामी दिनमा अन्य स्थानमा पनि क्यामेरा जडान गर्नुपर्छ ।’ संघका अध्यक्ष श्रेष्ठले भने ।
करिब १३ लाख ६५ हजार रुपैयाको लागतमा १० क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरिएको संघका वरिष्ठ उपाध्यक्ष तथा सिसिटिभी क्यामेरा जडान समितिका संयोजक महेशमान सिंहले जानकारी दिए । यो रकममा २ लाख ५० हजार ईलाका प्रहरी कार्यालय बुटवलको सहयोग रहेको हो । सिसिटिभी क्यामेरालाई दीर्घकालीन रुपमा लैजानको लागि संघले छिट्टै नै कोष निर्माण गर्ने योजना बनाएको बताइएको छ । सिसिक्यामेरा जडानले बुटवलको शान्ति सुरक्षामा टेवा पुग्ने बुटवलबासीले बताएका छन् । तर बसपार्क, मिलनचोक, राजमार्ग चौराहा जस्ता क्षेत्रमा पनि  क्यामेरा जडान गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
बुटवलको औद्योगिक क्षेत्र, गोलपार्क, बेलबासका मुख्य स्थानमा सिसिटिभी क्यामेरा जडान गर्दा कम्तीमा पनि ३५ देखि ४० लाख रुपैया“ खर्च हुने संघले बताएको छ । सिसिटिभी क्यामेरा जडानको यो योजनलाई दीर्घकालीन रुपमा लैजानका लागि राज्यले पनि बजेटको व्यवस्था गर्न सके अपराधिक गतिविधि तथा शान्ति सुरक्षामा कमी आउने संघका अध्यक्ष श्रेष्ठले बताए ।
बिहिबार सिसि परियोजनाको उद्घाटन गर्दै प्रहरी नायव महानिरीक्षक सुरेन्द्र बहादुर शाहले प्रविधिको विकासको क्रम बढ्दै गएकाले अपराध नियन्त्रण गर्न आधुनिक प्रविधिको खाचो परेको बताए ।
 
 
 
 
 
 
 
 ---------------------------------------------------------------
शान्ति सुरक्षाका लागि चुस्त भएर लाग्न निर्देशन

बुटवल, मंसिर २८ ।  पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक सुरेन्द्रबहादुर शाहले जनताको शान्ति सुरक्षाका लागि  चुस्त भएर लाग्न मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले शहरमा हुने अपराधिक गतिविधिलाई विशेष ध्यान दिन प्रहरी अधिकारीलाई आग्रह गरे । शुक्रबार बुटवलमा भएका छट्टाछुट्टै कार्यक्रममा बोल्दै शाहले सवैसंग समन्वयन भएमा अपराधीहरु उम्कन नपाउने र जनताले शान्ति सुरक्षाको प्रत्याभुति गर्न पाउने बताए । विहिबार ईलाका प्रहरी कार्यालयमा सिसिटिभी परियोजनाको उद्घाटन तथा पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रको ३६ औं बार्षिक उत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विशेषगरी शहर भित्रिने नाकाहरुलाई विशेष ध्यानमा राखि प्रभावकारी रुपमा सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरे । बुटवलजस्तो शहरमा जनघनत्व अनुसार प्रहरी दरबन्दी नरहेको भन्दै भएको जनशक्तिलाई बढी भन्दा बढी उपयोग गरी जनतालाई सुरक्षा दिन उनले सवैलाई निर्देशन दिए । रुपन्देही जिल्ला छिमेकी देश भारतसं“ग सीमा जोडिएका कारण अपराधिक गतिविधिहरु अझ बढ्न सक्ने भन्दै सजग भएर त्यस्ता गतिविधिहरुलाई रोक्न उनले सवैलाई आग्रह गरे । समय समयमा हुने घटनाहरुलाई सर्वसाधरण माझ जानकारी दिई प्रहरीलाई विश्वास गर्ने आधारहरु बनाउन समेत उनले आग्रह गरे ।

, ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.