समयमैं निर्माण नहुदा लागत बढ्यो


खानेपानीको लापरबाहीले ढिला–सडक विभाग
 विकाश पराजुली
बुटवल, मंसिर २७ ।

बुटवलको ६ लेन सडक तोकिएको समयमा निर्माण पूरा नहुदा २ करोड रुपैया भन्दा बढी लागत लाग्ने भएको छ । डिभिजन सडक कार्यालय बुटवल र खानेपानी संस्थानबीचको असमझदारी तथा समन्वयनको अभावमा लागत रकम बढेको हो । युनाईटेड लुम्बिनी कान्छारामले संयुक्त रुपमा ठेक्का लिएको राजमार्ग चौराहादेखि ट्राफिक चोकसम्मको सडकको निर्माणकार्य गत असारमा सकिनु पर्दथ्यो । तर यो सडकको निर्माण कार्य पाच महिना बढी भैसक्दा पनि सकिएको छैन । त्यस्तै दोस्रो प्याकेजअन्तर्गत ट्राफिक चोकदेखि गोलपार्क तथा तिनाउ पुल सम्मको सडक पनि मुस्किलले ४० प्रतिशत मात्र काम पूरा भएको सडक कार्यालयको भनाइ छ । यसरी तीन बर्ष वितिसक्दा सडक निर्माण पूरा नहुदा सर्वसाधरणहरुले सास्ती मात्र बेहोरेका छैनन्, यसले राज्यको लगानी पनि बढाएको छ । सडक निर्माण समयमैं पूरा नहुदा सवारी साधन आवागमनमा चरम कठिनाई भएको छ ।


समयमैं सडक निर्माणको काम सम्पन्न नहुनुमा खानेपानी संस्थानको दोष रहेको डिभिजन सडक कार्यालयको आरोप छ । तर सडक निर्माणको स्टिमेटमा खानेपानीका लागि आवश्यक रकम नछुट्याइदिंदा सडक क्षेत्रमा रहेका खानेपानीका पाइपहरु निकाल्न नसकिएको खानेपानी संस्थानको भनाइ छ । सडक समयमैं निर्माण सम्पन्न नहुनुको मुख्य कारण समयमानै बजेट निकासा नहुनु तथा प्राविधिकहरुका केही त्रुटी रहेको बताइन्छ । तर सडक कार्यालयले भने पहिले बजेट निकासा नहुदा सडक निर्माणमा बाधा पुगेको भएपनि अहिले भने बजेटको समस्या नरहेको जनाएको छ ।
खानेपानी संस्थान बुटवलका इञ्जिनियर अजयकुमार शाहले ६ लेन सडक निर्माण सुरु गरि“दा खानेपानीका पाइप निकाल्नका लागि बजेट विनियोजन नगरिएकाले समयमैं सडकका पाइपहरु निकाल्न नसकिएको बताए । उनले ६ लेन सडक निर्माण गर्नुपूर्व स्टिमेटमा बिद्युत्को पोलहरु सार्नका लागि बजेट छुट्याइएको भएपनि खानेपानीलाई बजेट विनियोजन नगरिदा ढिला भएको बताए ।
निर्माणधिन अवस्थामा रहेको ६ लेन सडक अन्तर्गत पहिलो प्याकेजको काम लगभग सम्पन्न भएपनि पुनः सडक विग्रन थालेको छ । काम सम्पन्न भएपछि ठेकेदारले डिभिजन सडक कार्यालयलाई सडक हस्तान्तरण गर्नुपर्ने हुन्छ । बुटवलको राजमार्ग चौराहदेखि मिलनचोक तथा पुष्पलालपार्कमा अहिले पुनः सडक मर्मतको काम भइरहेको छ । सडकको काम पूरा नहुदै सडक विग्रन तथा भत्कन थालेपछि स्थानीयले सडकमा कमसल सामानहरुको प्रयोग भएका कारण सडक भत्कन थालेको बताउ“छन् । मिलनचोकका व्यापारी सञ्जय रानाले डिभिजन सडक कार्यालयले सडकमा प्रयोग भएका निर्माण सामग्रीहरुको अनुगमन नगर्दा सडक विग्रिएको बताए ।
सडक कार्यालयका इन्जिनियर चौधरीले भने खानेपानी संस्थानले पुराना तथा जीर्ण पाईपहरुलाई ममर्त नगरिदिदा पुनः सडकमा खाल्डा पर्न थालेकोे बताए । ‘सडकमा कुनै कमसल सामानहरुको प्रयोग भएको छैन । हामीहरुले प्रयोगशालामा लगेर सामग्रीको परीक्षण गरेका छौं ।’ उनले भने । पहिलो प्याकेजको काम १२ करोड ७० लाख ४० हजारको लागतमा सम्पन्न हुनुपर्नेमा त्यसको लागत मुल्य बढेर अहिले १३ करोड ३० लाख पुगेको सडक कार्यालयको भनाइ छ ।
आर्थिक बर्ष ०६५/०६६ मा सर्वे भएर आर्थिक बर्ष ०६६/०६७ मा काम सुरु भएको बुटवलको ६ लेन सडक पूरा हुन अझै कति समय लाग्ने भन्नेमा अन्यौल छ । तर सडक डिभिजन कार्यालयले चालु आर्थिक बर्षभित्र निर्माण पूरा हुने दावी गरेको छ । पहिलो प्याकेजको काम सवै सकिएको कार्यालको भनाइ छ । यस्तै दोस्रो प्याकेज अन्तर्गतको काम पनि यही चालु आवभित्र सक्ने कार्यालयले बताएको छ । दोस्रो प्याकेज अन्तर्गत ट्राफिकचोकदेखि गोलपार्क तथा पुष्पलाल पार्कदेखि तिनाउ पुलसम्म १ दशमलव ७ कि.मी रहेको छ । डिभिजन सडक कार्यालयले सोही कम्पनीसंग दोस्रो प्याकेजका लागि ०६७/०६८ मा १० करोड ७० लाख ४० हजारमा ठेक्का दिएको थियो ।

, ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.