सामाजिक सञ्जाल चुनावमय


विकाश पराजुली
बुटवल, मंसिर ५ ।

 संविधान सभाको निर्वाचन सकिएपछि अर्को दिन विहानको उदाउदो सुर्य सगै सवैको ध्यान कहा कसको मत आउछ भन्ने थियो । निर्वाचन सम्पन्न भइसकेपछि कसको कहा–कहा बाट कति सिट आउला भन्ने जनमानसको अनुमान तथा अट्काल विहानै देखि सामाजिक सञ्जाल फेसबुक, टुइटर हरुमा पनि देखियो । विहानै देखि फेसबुक प्रयोगकर्ताहरु निर्वाचन सम्पन्न भइसकेका गतिविधीहरु आफ्नो वालमा पोष्ट गर्न व्यस्त देखिन्थे । देश अहिले पुरै चुनावमय छ । देशका सवै जिल्लाहरुबाट मतपरिणाम आउने क्रम सुरु भएसंगै सामाजिक सञ्जाल फेसबुक पनि चुनावमय भएको छ ।

मनोरञ्जनको रुपमा प्रयोग गरिने फेसबुक अहिले चुनावमय भएको छ । विभिन्न सञ्चारमाध्यबाट प्राप्त मतपरिणाम हरु फेसबुक कर्ताहरुले आफ्नो वालमा पोष्ट गरेका छन् । कुनै क्षेत्रमा मतगणना ढिला हुदा छिटो गणना गर्न अनुरोध गरेका छन् भने कतिपयले जित समेत सुनिश्चित भएको बताएका छन् ।
जसले जितेपनि आफुहरुलाई केही नहुने भन्दा कुनै फेसबुक प्रयोगकर्ताले त्यति चासो राखेका थिएनन् । बेलुका अवेर सम्म कतिपय क्षेत्रमा मतगणना हुन नसक्दा फेसबुकबाट विभिन्न अड्कल बाजीहरु समेत गरेका थिए ।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.