लुम्बिनी अञ्चलमा ७० प्रतिशत मत खस्यो


विकाश पराजुली
बुटवल, मंसिर ५ । 

संविधान सभाको निर्वाचनमा लुम्बिनी अञ्चलबाट ७० प्रतिशत भन्दा बढि मत खसेको छ । क्षेत्रगत रुपमा कति मत खस्यो भन्ने जानकारी अहिलेनै दिन नसक्ने निर्वाचन कार्यालयहरुले जनाएका छन् ।
छिटफुटका घटना बाहेक सवै क्षेत्रमा शान्तीपुर्ण रुपमा मतदान सम्पन्न भए जस्तै लुम्बिनी अञ्चलमा पनि शान्तीपुर्ण रुपमा मतदान सम्पन्न भएको थियो । ७ वटा निवाचन क्षेत्र रहेको रुपन्देही जिल्लामा ७५ प्रतिशत भन्दा बढि मत खसेको जिल्ला निर्वाचन अधिकृत तुल्सीराम ज्ञवालीले जानकारी दिए । क्षेत्रगत रुपमा कति मतदाताले मत खसाले भन्ने बारेमा अहिलेनै केही भन्न नसकिने उनको भनाई छ । विहान ७ बजेदेखि सुरु भएको मतदान साझ ५ बजे सम्म रहेको थियो ।



त्यस्तै नवलपरासी जिल्लामा पनि ७५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय नवलपरासीले जनाएको छ । कुनै क्षेत्रबाट मतपेटीका यो समाचार तयार पार्दा सम्म सदरमुकाम परासीमा आउन नसकेकाले क्षेत्रगत रुपमा मत कति खस्यो भन्ने जानकारी नदिन नसक्ने जिल्ला निर्वाचन अधिकृत नरहरी घिमिरेले जानकारी दिए ।
यसैगरी अर्घाखा“ची जिल्लामा पनि  अन्य जिल्लामा जस्तै तुलानात्मक रुपमा नै मत खसेको छ । जिल्लामा ७४ प्रतिशत मात्र मत खसेको बताइएको छ । मतगणनाको काममा लागेकाले यतिनै मत खस्यो भन्न नसकिने जिल्ला निर्वाचन अधिकृत महेन्द्र पाण्डेले जानकारी दिए ।
त्यस्तै पाल्पा जिल्लामा पनि ७५ प्रतिशत मत खसेको बताइएको छ । पहाडि क्षेत्रबाट मतपेटीका सदरमुकाम तानसेन आउन समय लाग्ने भएकाले संख्या बताउन नसकिएको जिल्ला निर्वाचन कार्यालयले बताएको छ । पाल्पा जिल्लामा पनि शान्तीपुर्ण रुपमा मतदान सम्पन्न भएको बताइएको छ ।
त्यस्तै गुल्मी जिल्लामा पनि ७० प्रतिशत भन्दा बढि मत खसेको बताइएको छ । पहाडि क्षेत्र भएको गुल्मीमा क्षेत्र नं। १ बाट मतपेटीका सदरमुकाम सम्म आउन समयमानै नसक्दा ढिलो मात्र गुल्मीमा मतगणना भएको थियो । जिल्ला निर्वाचन कार्यालयमा अझै प्रारम्भीक मत कति खसेको भन्ने जानकारी केही नहुदा अहिलनै यति मत खसेको हो भन्ने बारेमा बताउन नसकिएको जिल्ला निर्वाचन अधिकृत डिल्लीराज बेलबासेले जानकारी दिए ।
यसैगरी कपिलबस्तु जिल्लामा पनि ७० प्रतिशत भन्दा बढि मत खसेको बताइएको छ ।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.