सामाजिक सञ्जालमा एमाओवादीप्रति व्यंग्य


विकाश पराजुली
बुटवल, मंसिर ६ । (मेसस)

मतगणनाको परिणाम आउन थालेपछि सवैतिर चुनावी चर्चा भइरह“दा विहिबार सवेरै अर्को चर्चा पनि सुरु भयो ।
मंसिर ४ गते भएको संविधान सभा निर्वाचन सम्पन्न भइसकेपछि अहिले मतगणनाको परिणाम आउने क्रम जारी रह“दा विहिबार राती एकीकृत माओवादीले मतदान शान्तिपुर्ण भएपनि धा“धली रहेको भन्दै देशैभरी मतगणना बहिष्कार गर्ने घोषणा गरेपछि त्यसको चर्चाले स्थान पाएको छ ।
पहिलो पार्टीको रुपमा नेपाली कां“ग्रेस, दोस्रोमा एमाले र तेस्रोमा एकीकृत माओवादी भएपछि विहिबार राती एकीकृत माओवादीका प्रबक्ता अग्नी सापकोटाले प्रेस विज्ञप्ती जारी गरी मतपरिणाम देशैभरी बहिष्कार गर्ने घोषणा गरेपछि विहीबार विहानैदेखि सामाजिक सञ्जालहरुमा एमाओवादी प्रति व्यंग्य तथा आक्रोश पोखेको देखिन्थ्यो ।
 निर्वाचन आयोगले विहिबार विहानै पत्रकार सम्मेलनको ओजना गरी लोकतन्त्रमा जित हार स्वीकार गर्नु र सबै मतपरिणाम आउन सम्म पर्खन आग्रह गर्दै मत गणना जारी राखेको थियो ।
त्यसपछि एकीकृत माओवादीले पेरिस डा“डामा पत्रकार सम्मेलनको आयोजना गरी आफुहरुलाई हराउनका लागि विभिन्न चलखेल भएको भन्दै मतगणना तत्कालै रोकी अनुसन्धान गर्न आग्रह गरेको थियो ।
उसले यदि मतगणना नरोके आफु संविधान सभामा भाग नलिने समेत बताएपछि सवैतिर एकीकृत माओवादीलाई आक्रोशका शव्दहरु सामाजिक सञ्जालमा देख्न सकिन्थ्यो । आफ्नो पार्टीको बहुमत नआउने निश्चित भएपछि एकीकृत नेकपा माओवादी प्रति सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरहरुमा एमाओवादीप्रति आक्रोश र व्यंग्य सहितका टिप्पणीहरुले विहिबार विहानैदेखि सामाजिक सञ्जालमा चर्चा हुने थालेको थियो ।
सामाजिक सञ्जालहरुमा मतपरिणामको अपडेट गर्नेहरुको बाक्लै लहर देखिएजस्तै आक्रोश र व्यंग्य गर्नेहरुपनि उत्तिकै मात्रामा देख्न सकिन्थ्यो । फेसबुक प्रयोगकर्ता कृष्ण भन्छन् ‘लोकतान्त्रिक संविधान निर्माणमा भूमिका खेल्न हामी आह्वान गर्दछौ ।
अव हारेपछि माओवादीले बिरोध गर्दैछ, चुनाव को ठिक पछी चाहीं उसकै नेताले जनतालाई बधाई र धन्यवाद दिएको होइन ? यस्तो पिपलपाते व्यवहार माओवादीको दीर्घकालीन राजनीतिको लागि आत्मघाती सावित हुन सक्छ, चुनावको परिणामलाई राम्रोस“ंग स्वीकार गरी आत्मालोचना गरे मात्र भविष्य राम्रो हुन सक्छ ।’ उनले फेसबुकमा पोष्ट गरेका छन् ।
यसैगरी अर्का फेसबुक कर्ता नविन खनाल लेख्छन् ‘चुनावमा आफ्नो लज्जाजनक हार निश्चित भएपछि लाज छोप्न निर्वाचन परिणाम बहिस्कार गर्न खोज्दै छन् एमाओवादीहरु । जनमतको कदर गर । नत्र नेपाली राजनीतिबाट हात धुनु पर्ला ।’
(बा“की ४ पेजमा)
विहानैदेखि आक्रोश र व्यंग्य सहितका तस्विरहरु पनि सामाजिक सञ्जालहरुमा प्रशस्तै भेटिन्थे । ट्वीटर प्रयोगकर्ताहरुले पनि एमाअ‍ेवादीको निर्णयप्रति असन्तुष्ट व्यक्त गर्दै निर्णयमा पुनर्विचार गर्न आग्रह समेत गरेका थिए ।
सवै क्षेत्रबाट निर्वाचनको मतलाई सहर्ष स्वीकार गर्न आग्रह गरेपनि एमाओवादीले कुनै पनि प्रतिक्रिया दिएको छैन । त्यस्तै अर्का फेसबुक प्रयोगकर्ता कलाकार जानकी पन्तले अप्रत्यासित नभएर नियोजित रुपमा एमाओवादीले मतपरिणाम बहिष्कार गरेको आफ्नो वालमा पोष्ट गरेकी छन् ।
यसैगरी ट्वीटर प्रयोगकर्ता ट्याउट्याले प्रचण्डलाई व्यंग्य गर्दै अन्तर्राष्ट्रिय विजेता भएको टिप्पणी गरेका छन् । त्यसैगरी कपिला भण्डारी आफ्नो ट्वीटरमा टुइस्ट गर्दै प्रचण्डलाई व्यंग्य गर्दै लेखेकी छन् । ‘फूलमाला जति मेची महाकाली यात्रा गर्दै सकाईहाल्यौ, अब के लाईदिनु र विजयी गराउन् त जनताले, न फूल न अबिर नै बां“की छ’ ईज्जत राखिदेका हुन् ।’

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.