मतगणनाको परिणाम आउन थालेपछि विभिन्न अड्कबाजी
विकाश पराजुली
बुटवल, मंसिर ५ ।
संविधान सभाको निर्वाचनमा सम्पन्न भएपछि यतिबेला सवैको ध्यान मतगणना तर्फ भएको छ ।
विभिन्न जिल्लाको मतगणनाको परिणाम आउन थालेपछि यतिबेला चियापसल देखि चोक चोकमा विभिन्न अड्कबाजी हुन थालेका छन् । ०६४ चैत २८ गते भएको पहिलो संविधान सभाको निर्वाचनबाट पहिलो पार्टी बनेको एकिकृत नेकपा माओवादीले अहिले सर्वसाधरणहरुले अनुमागन गरेजस्तो मत ल्याउन नसक्दा जनताहरु कुन ठुलो दल बन्छ भन्ने बारेमा आंकलन गर्न नसक्ने भएका छन् ।
पहिलो संविधान सभाको निर्वाचनबाट पहिलो पार्टी बनेको एकिकृत नेकपा माओवादी विभिन्न जिल्लामा मतगणना भइरहदा यो समाचार पार्दा सम्म कांगे्रस एमालेले भन्दा कम रुपमा अगाडि बढेको छ । त्यस्तै दोस्रो पार्टी बनेको नेपाली कांग्रेस सवैभन्दा अगाडि छ भने तेस्रो पार्टी बनेको एमाले कांग्रेस भन्दा मुनि छ ।
पहिलो निर्वाचन बाट निर्वाचित भएका दलहरुले चार बर्ष लगाएर पनि जनतालाई संविधान दिन नसकेपछि त्यहि अनुपात भन्दा भिन्न रुपमा नतिजा आउने क्रम भएको स्थानियहरु बताउछन् ।
पहिलो संविधान सभाको निर्वाचन अनुसार अहिलेको निर्वाचनको अड्काल बाजी गरेकाहरु अन्य जिल्लाहरुको मतपरिणाम थाहा हुन थालेपछि स्थानियहरुले सोचे अनुरुप नतिजा आइरहेको छ । कतिपय स्थानियहरुले पहिलो संविधान सभा निर्वाचनमा आए अनुसारको मतपरिणाम आउछ कि भन्ने आंकलन गरेपनि त्यसो हुन सकेको छैन् ।
पहिलो संविधानसभा चुनावमा नेपाली कांग्रेस र एमालेले १४ अञ्चलमध्ये कुनैमा पनि बहुमत ल्याउन सकेनका थिएनन । एमाओवादीले राप्ती र कणर्ँली अञ्चलमा शतप्रतिशत विजय हासिल गरेको थियो भने धौलागिरीमा एमाले र कांग्रेसस“ग बराबर बनेको थियो । मेची अञ्चलमा ०६४ सालमा एमाले र एमाओवादी बराबर बनेका थिए ।
कांग्रेस र एमालेले एउटै अञ्चलमा पनि बहुमत हासिल गर्न नसके पनि ३ वटा अञ्चलमा मधेसवादी दलले बहुमत पाएका थिए । मधेसी जनअधिकार फोरम, सद्भावना र तमलोपा समेतका मधेसवादी दलले ०६४ सालको चुनावमा सगरमाथा, जनकपुर र लुम्बिनी अञ्चलमा प्रमुख तीन दललाई जित्न सफल भएका थिए । अञ्चलगत आधारमा पहिलो संविधानसभाको चुनावको विश्लेÈण्ँ गर्दा कांग्रेस एउटा अञ्चलमा एमाओवादीस“ग बराबर भएको थियो भने एमाले एक स्थानमा बराबरीमा आएको थियो । बा“की ९ अञ्चलमा एमाओवादी बहुमतमा आएको थियो ।
0 comments