जिम्मेवारी राम्रोसग बहन गर्नेछुः विष्ट
गुल्मी, मंसिर ७ । नेपाली राजनीतिको पछिल्लो समयमा लोकप्रिय र सफल युवा नेताको नाम हो । गुल्मी जिल्लाका दोहोली गाविसमा बिसं. २०२२ असार १७ गते गुल्मी जिल्लाको दोहोली गाविस ३ मा भएको हो । वावा भिम बहादुर बिष्ट र माता चिन्तकला बिष्टको कोखबाट जन्मेका बिष्टले २०३५ सालबाट राजनीति यात्रा शुरु गरेका हुन् । २०४० सालमा लोकसेवा लडेर नाम निकालेका बिष्ट तत्कालीन अञ्चलाधीश काजीमान कन्दवा·सं“ग जागिरको पहिलो दिनमै बिवाद परेपछि जागिर छोडेर राजनीतिमा सक्रिय भएर लागेका थिए ।
बिसं २०४३ सालमा पार्टी सदस्य लिएका बिष्ट अनेरास्ववियूको कठमाडांै र वागमती अञ्चल अध्यक्ष ,केन्द्रीय समितिमा संगठन बिभाग, शैक्षिक बिभाग, रचनात्मक बिभाग, प्रचार प्रसार बिभाग प्रमुख भएर काम गरेका थिए । विधार्थी पछि उनी २०५० सालमा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ हालको युवा संघ नेपाल को केन्द्रीय कमिटीमा रहेर काम गरेका थिए । २०५३ सालमा प्ररायुसंघको महासचिव बनेका बिष्ट २०५७ सालदेखि दुई कार्यकाल त्यसको अध्यक्ष भएका थिए । हाल नेकपा एमालेको केन्द्रीय सदस्य रहेका बिष्ट पार्टीको बुद्धिजिवी परिषदको इञ्चार्ज रहेका छन् । बिष्टले पार्टीको स्थानीय बिभाग, विद्यार्थी र युवा फा“टको इञ्चार्ज भएर काम गरेका छन् । २०५६ सालमा गुल्मी क्षेत्र नं. ३ बाट सांसद भएका बिष्ट झलनाथ खनालको नेतृत्वमा भएको सरकारमा उर्जा मन्त्री बनेका थिए । आफ्नो क्षेत्रमा लोकप्रीय बिष्ट लोडसेडि· घटाएर चर्चित उर्जा मन्त्रीको रुपमा परिचित छन् ।
सरल र मिजासिलो ब्यवहारका धनी बिष्ट ब्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् । २०६४ सालको निर्वाचनमा यसै क्षेत्रबाट एकीकृत नेकपा माओवादीसं“ग पराजित भएका थिए भने २०७० सालको दोस्रो संबिधानसभा निर्वाचनमा १८४८२ मत लिएर नेकपा एमाले गुल्मी क्षेत्र नं. ३ बाट बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली का“ग्रेसका त्रैलोक्य प्रताप सेनले १०२९४ मत लिएर पराजित भएका छन् । स“गै एकीकृत नेकपा माओवादीको तर्फबाट उम्मेद्वार बनेका बामदेव क्षेत्रीले ६५०३ मत ल्याएर पराजित भएका छन् ।
मध्यम परिवारमा जन्मिएका बिष्टले २०६८ सालमा नेपाल सरकारको उर्जा मन्त्री भएपछि गरेका कामले देश र जनताको शिर उच्च भएको छ । नेपाली जनताका सच्चा नायक बन्न सफल बिष्टको नाम नेपाली राजनीतिको इतिहासमा सदैब गर्वका साथ उल्लेख हुने छ ।
खासगरी २०६२÷०६३ सालको ऐतिहासिक जनआन्दोलन पछिको संबिधानसभा निर्वाचनबाट गठन भएको संबिधानसभामा भएको दलहरुको किचलो र सत्ता लिप्साको राजनीतिले नेपाली जनताका अपेक्षाहरु निरासामा परिणत भइरहेका बेला उर्जा मन्त्री बनेका गोकर्ण बिष्टले गरेका कामको जताततै प्रशंसा भयो ।
समाजमा इमान्दार छवीको खोजी भइरहेको समयमा उर्जा मन्त्री बिष्टको काम साच्चिकै प्रशंसयोग्य भए । उनले गरेका कामले सकरात्मक सन्देश दिनुका साथै सर्बसाधरणको आसा जगायो । अझ, भन्नेहो भने नेकपा एमालेका अध्यक्ष झलनाथ खानालको नेतृत्वमा बनेको सरकारको छवी जगाउने काम पनि एमालेका युवा नेता तथा उर्जा मन्त्री बिष्टले गरेको सत्य साबितनै बनाएका थिए । नेताहरुले चाहे भने देस जनताका पक्षमा कति र कसरी काम गर्न सक्छन् भन्ने नमुना बनेका गोकर्ण बिष्ट जनताका सच्चा मन्त्री बन्न सफल भए ।
जनस्तरबाट मन्त्री बिष्टको प्रशंसा मात्र भएन, ब्यवसायी, बिज्ञ, कर्मचारी, सरोकारवाला लगायत सबैले मन्त्री बिष्ट जस्ता ब्यक्ति मन्त्री भएको केही वर्ष भित्रै देश विकासमा कायापलट हुने विश्वास ब्यक्त गरे । बिष्टले गरेका कामलाई छापा तथा बिद्युतीय सञ्चार माध्यमहरुले पनि सबैतिर पु¥याइदिए ।
मन्त्री नियुक्त भएका दिन अपराधिक समुहको आक्रमणमा परि घाइते बनेका बिष्टले उर्जा मन्त्रालय सम्हाले पछि अनगिन्ती जनहितकारी कामहरु गरे । मन्त्री बनेपछि भ्रष्टाचारमा लिप्त हुने प्रबृत्तिलाई अन्त्य गर्दै उनले दिनरात र बिरामी अबस्था पनि नभनी देश र जनताका पक्षमा निरन्तर काम गरे । मन्त्रीबाट बाहिरिएको १५ दिनसम्म सरकारी गाडी चढ्न पाउने अधिकार नै भए पनि उनले त्यसो गर्न चाहेनन्, आक्रमणबाट हातको एक औंला संबेदनहीन भए पनि सुरक्षाकर्मी र गाडी नलिई उनी सिंहदरब गेट बाहिरबाट ट्क्यासी चढेर बाहिरिएका थिए ।
0 comments