एमाले–कांग्रेस नै अगाडि



 विकास पराजुली
बुटवल, मंसिर ७ । 

मंसिर ४ गते भएको संविधानसभा चुनाबको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ ।
मुलुकभरका २ सय ४० क्षेत्र मध्ये शुक्रबार रातिसम्म एक सय स्थानको परिणाम सार्वजनिक भएको छ । जसमा एमाले र का“ंग्रेसकै बीचमा प्रतिस्पार्धा छ । हाराहारीमा रहेका का“ग्रेस एमाले बीच टक्कर छ ।
राति सम्म एमालेले विभिन्न क्षेत्रमा गरी ७० स्थानमा जित हासिल गरेको छ भने का“ग्रेसले एमालेलाई पछ्याउ“दै ६७ स्थानमा जितेको छ ।



 यसैगरी अघिल्लो चुनाबमा सबै भन्दा ठूलो दल बनेको एमाओवादी यसपाली निकै पछाडि छ । उसले शुक्रबार रातिसम्म जम्मा १२ स्थानमा जित हासिल गरेको छ । एमाओवादीका अध्यक्ष प्रचण्ड काठमाडौंबाट नराम्रोसं“ग पराजित भएका छन् । एमाओवादीका अर्का नेता डा। बाबुराम भट्टराई रुपन्देही ४ मा एमालेका विष्णु पौडेलसित करिब १० हजार मत अन्तरले पराजित भएका छन् । रुपन्देहीबाट पराजित भएका बाबुराम गोरखाको एक क्षेत्रबाट भने विजयी भएका छन् । प्रचण्ड सिराहा ५ मा अगाडि रहेका छन् । उनलाई एमालेका लिला श्रेष्ठले कडा टक्कर दिएका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा निकै चर्चामा रहेको रुपन्देही क्षेत्र नं। ४ मा एमालेका विष्णु पौडेल एमाओवादीका नेता बाबुराम भट्टराईलाई करिब १० हजार मत अन्तरले पराजित गरे । उनी तेस्रो स्थानमा रहे । एमालेका पौडेलको पछि पछि का“ग्रेसका सूर्यप्रसाद प्रधानले १३ हजार ६ सय ३३ मत ल्याए । एमाओवादीका भट्टराईको भने ११ हजार ९ सय ३४ मत आएको थियो । यसअघि पौडेलले करिब २५ सय मत अन्तरले जितेका थिए ।
पौडेलको विजयस“ंगै एमाले कार्यकर्ताले शुक्रबार सा“झ बुटवलमा विजय जुलुस निकालेका छन् । चोकचोकबाट जुटेका एमालेका कार्यकर्ताहरुले बाजागाजा र अविर जात्रा गर्दै बुटवलका विभिन्न टोलको परिक्रमा गरेका थिए । पौडेललाई चोकचोकबाट एमालेका कार्यकर्ता तथा सर्वसाधारणहरुले फुल माला र अविर दिएर सम्मान गरेका थिए । बुटवलको योगीकुटीदेखि गोलपार्कसम्म स्वतःस्फुर्त ¥याली निस्केको थियो ।
¥यालीका कारण त्यस क्षेत्रको यातायात प्रभावित भएको थियो ।दोस्रो संविधान सभाको निर्वाचनको मतगणना रुपन्देहीमा सम्पन्न भएको छ । ७ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा १ वटा क्षेत्रमा एमाले, ३ क्षेत्रमा कां“गे्रस, २ क्षेत्रमा तमलोपा तथा १ क्षेत्रमा राप्रपा विजयी बनेको हो ।
पहिलो संविधान सभा निर्वाचन ०६४ मा रुपन्देहीका ३ वटा क्षेत्रबाट विजयी बनेको मधेशी जनअधिकार फोरमले अहिले भने १ वटा क्षेत्रमा पनि विजयी हुन सकेन । मधेशी जनअधिकार फोरमले यसअघि रुपन्देहीका क्षेत्र नं। २, ६ र ७ बाट विजयी भएको थियो । रुपन्देही क्षेत्र नं। १ मा ०६४ सालको निर्वाचनमा एमाओवादीका घनश्याम यादव अहिरले १२ हजार ६ सय २४ मत ल्याएर विजयी भएकोमा अहिले रुपन्देहीबाट कुनै पनि स्थान एमाओवादीले ल्याउन सकेन । ०६४ सालमा जिल्लामा २ वटा सिट ल्याएको एमालेले यस पटकको निर्वाचनमा भने १ सिट जितेको छ । रुपन्देहीकै अन्य ३ वटा क्षेत्रमा एमाले झिनो मत अन्तरले पराजित भएको छ । त्यस्तै रुपन्देही क्षेत्र नं। २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार दिपक बोहोरा बिजयी भएका छन् ।
०६४ सालको पहिलो निर्वाचनमा राप्रपाले यस जिल्लामा कुनै पनि क्षेत्रमा कुनै पनि क्षेत्रमा विजयी बनेको थिएन । बोहोराले ८ हजार १ सय ५२ मत ल्याई बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली का“ग्रेसका रामकृष्ण ताम्राकारले ६ हजार २ सय १० मत पाएका छन् ।  यसैगरी रुपन्देही क्षेत्र नं। १ बाट नेपाली कांग्रेका अव्दुल रज्जाक विजयी भएका छन् ।
उनले १४ हजार ४ सय मत प्राप्त गरी विजयी बनेका हुन । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका छविलाल विश्वकर्माले १४ हजार १ सय ९६ मत प्राप्त गरे ।
यसैगरी नेपाली कां“ग्रेस क्षेत्र नं। ३ र क्षेत्र नं। ५ मा विजयी बनेको छ । क्षेत्र नं। ३ बाट एमालेका केन्द्रीय सदस्य एवं बाम विश्लेषक घनश्याम भुषाललाई झिनो मत अन्तरले पछाडि पार्दै का“ंग्रेसका बालकृष्ण खा“ण विजयी भए । खँ“णले १८ हजार ४ सय ८१ मत ल्याई बिजयी भएका हुन् । त्यस्तै भुषालले १८ हजार ३ सय ९५ मत पाएका छन् । यस क्षेत्रमा ०६४ सालको निर्वाचनमा बालकृष्ण खा“णले नै १६ हजार ७ सय ९० मत प्राप्त गरी विजयी बनेका थिए ।
त्यस्तै ०६४ सालमा भएको निर्वाचनमा एमालेका रामनाथ ढकाल विजयी बनेका क्षेत्र नं। ५ मा अहिलेको निर्वाचनमा नेपाली कां“ग्रेसका भरत शाह विजयी बनेका छन् ।  शाहले १४ हजार २ सय ७४ मत ल्याई बिजयी भए भने उनका प्रतिद्वन्द्वी एमालेका रामनाथ ढकालले १३ हजार ७ सय ६६ मत प्राप्त गरे । पहिलो संविधान सभाको चुनावमा रामनाथले यस क्षेत्रबाट ११ हजार ८० मत ल्याई विजयी भएका थिए । त्यसैगरी संविधान सभाको पहिलो निर्वाचनमा क्षेत्र नं। ६ र ७ मा मधेशी जनअधिकार फोरम विजयी बनेपनि अहिले भने चिप्लिएको छ ।
अहिलेको निर्वाचनमा तराई मधेश लोकतान्त्रिक पार्टीका सर्बेन्द्रनाथ शुक्ला १६ हजार ६ सय ९२ मत ल्याई बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी मधेशी जनअधिकार फोरम नेपालका वसिउद्धिन खानले ६ हजार २ सय ८६ मत प्राप्त गरे । त्यस क्षेत्रमा ०६४ सालमा मधेशी जनअधिकार फोरमका ओमप्रकाश यादवले १२ हजार १ सय ७० मत ल्याई विजयी बनेका थिए ।
क्षेत्र नं। ७ मा तराई मधेश लोकतान्त्रिक पार्टीका कमलेश्वर पुरी ९ हजार २ सय ६३ मत ल्याई बिजयी भएका छन् । उनका प्रतिद्वन्द्वी मधेशी जनअधिकार फोरम नेपालका फकरुद्धिन खानले ६ हजार ८९ मत प्राप्त गरे ।
०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा मधेशी जनअधिकार फोरमका मुहम्मद वकिल मुसलमानले ८ हजार १ सय २१ मत प्राप्त गरेका थिए ।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.