मतदाता परिचय पत्र वितरण सुरु


कर्मचारी मतदान केन्द्रमा पुग्दै, गाडी नचल्दा धेरैलाई सास्ती
विकाश पराजुली
बुटवल, कार्तिक २९ 

। मंसिर ४ गतेको निर्वाचनका लागि लुम्बिनी अञ्चलमा चुनावी तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन हुन जम्मा ३ दिन बा“की हु“दा राजनीतिक दलहरु चुनावी प्रचार प्रसारको अन्तिम चरणमा भइरहेका बेला सम्पुर्ण जिल्ला निर्वाचन कार्यालयहरुमा पनि निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको हो ।
निर्वाचन कार्यालयका अनुसार मतपत्र, मतदाता परिचय पत्र, तथा निर्वाचनका लागि आबश्यक पर्ने सम्पुर्ण सामग्रीहरु सवै क्षेत्रमा पठाइएको सम्बन्धित निर्वाचन कार्यालयले जनाएका छन् ।
लुम्बिनी अञ्चलमा २६ वटा निर्वाचन क्षेत्र रहेका छन् । मंसिर २ गते सम्म सम्पुर्ण मतदाताका हात–हातमा परिचय पत्र पु¥याउने उद्देश्यका साथ निर्वाचन कार्यालयहरुले कतिपय क्षेत्रमा शुक्रबारैबाट परिचयपत्र वितरण गरेका छन् भने कतिपय क्षेत्रमा आजबाट मात्र परिचय पत्र वितरण सुरु हुने बताइएको छ । नेकपा–माओवादी सहित ३३ दलीय मोर्चाले गरेको यातायात बन्दको प्रभाव सवै क्षेत्रमा परेको भएपनि सुरक्षाकर्मी सहित निर्वाचनका सम्पुर्ण सामाग्रीहरु निर्वाचन केन्द्रसम्म पु¥याउने काम भइरहेको बताइएको छ । निर्वाचन कार्यालयहरुका अनुसार सम्पुर्ण जिल्लाहरुमा मतदाता शिक्षा कार्यक्रम सम्पन्न भइसकेको छ ।


यसैबीच रुपन्देही जिल्लामा पनि निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी तुल्सीराम ज्ञवालीका अनुसार मतदाता परिचय पत्र वितरण कार्य सुरु गरिसकेको जानकारी दिए । निर्वाचनका लागि आबश्यक सम्पुर्ण सामग्रीहरु सम्पुर्ण निर्वाचनका केन्द्रमा लैजाने कार्य भइरहेको उनको भनाइ छ ।
२ सय ८ मतदान स्थल र ५ सय ४० मतदान केन्द्र रहेको जिल्लामा करिब २६ सय स्वयंसेबक र ३८ सय कर्मचारी निर्वाचनमा खटिदै छन् । ७ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ३ लाख ८८ हजार ३ सय ७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यसैगरी गुल्मी जिल्लामा पनि चुनावी तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । निर्वाचनका लागि आबश्यक पर्ने सम्पुर्र्ण सामाग्रीहरु सम्बन्धित निर्वाचन केन्द्रमा लैजाने कार्य भइरहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकारी डिल्लीराज बेलबासेले जानकारी दिए । पहाडी क्षेत्र भएकाले सुरक्षाका लागि समेत सम्बेदनशील रहेको भन्दै उनले ३ वटै निर्वाचन क्षेत्रमा सुरक्षाकर्मीको विशेष पहलमा निर्वाचनका लागि आबश्यक सामग्री पठाइएको बताए । मंसिर २ गतेसम्म मतदाताका हात–हातमा मतदाता परिचय पत्र पु¥याउने उद्देश्यका साथ आजबाट परिचय पत्र वितरण गरिने उनले बताए । ३ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल १ लाख ५० हजार ६ सय ६४ मतदाता रहेका छन् । २ अस्थायी मतदान केन्द्र सहित २ सय ३१ मतदान केन्द्र र १ सय २९ मतदान स्थल रहेको जिल्लामा करिब ११ सय स्वयंसेवक तथा १५ सय ८० भन्दा बढी कर्मचारी निर्वाचनमा खटिन लागेको उनले बताए । गुल्मीमा पनि मतदाता शिक्षा कार्यक्रम सम्पन्न भइसकेको छ ।
यसैगरी अर्घाखा“ची जिल्लामा पनि निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालय अर्घाखा“चीका अनुसार १ अस्थायी मतदान केन्द्र सहित १ सय ५९ मतदान केन्द्रमा सवै कर्मचारी निर्वाचनका लागि आबश्यक सामग्री लिएर गाउ“मा पुगिसेको बताएको छ ।
जिल्ला निर्वाचन अधिकारी महेश पाण्डेले मतदाता परिचय पत्र वितरण सुरु भइसकेको र मंसिर २ गतेसम्म सम्पुर्ण मतदाताका हातमा परिचयपत्र पु¥याउने योजनाका साथ कार्य गरिरहेको बताए । २ निर्वाचन क्षेत्र रहेको अर्घाखा“चीमा १ लाख ७ जार २ सय २६ मतदाता रहेका छन् । अर्घाखा“ची जिल्लामा ७ सय ९५ स्वयंसेवक र १२ सय भन्दा बढी कर्मचारी निर्वाचनका लागि खटिदै छन् ।
त्यसैगरी कपिलबस्तु जिल्लामा आजबाट मतदाता परिचय पत्र बितरण हुने जिल्ला निर्वाचन कार्यालय कपिलबस्तुले बताएको छ । जिल्ला निर्वाचन अधिकारी काशिराम गैरेले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको र सवै कर्मचारी, स्वयंसेवकहरुलाई आज देखि कार्य क्षेत्रमा खटाइने बताए । ५ वटा निर्वाचन क्षेत्र रहेको कपिलबस्तुमा कुल २ लाख ३८ हजार ८ सय ४९ मतदाता रहेका छन् । ५ अस्थायी सहित ३ सय ८१ मतदान केन्द्र र ५ अस्थायी मतदान स्थल सहित २ सय ३५ मतदान स्थल रहेको जिल्लामा ३ सय १६ स्वयंसेवक र २२ सय ५० कर्मचारी निर्वाचनका लागि खटिन लागेका छन् ।
त्यसैगरी नवलपरासी जिल्लामा पनि निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय नवलपरासीले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी नरहरी घिमिरेले जिल्लामा मतदाता परिचय पत्र आईपुगेको र आजबाट वितरण गरिने बताए । उनले २ गते सम्म सम्पुर्ण मतदाताका हातमा परिचय पत्र पु¥याउने बताए । ५ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ३ अस्थायी सहित ४ सय ६२ मतदान केन्द्र तथा २ सय २ मतदान स्थल रहेका छन् ।
नवलपरासी जिल्लामा ३ हजार १ सय ६७ कर्मचारी तथा २ हजार २ सय ५० स्वयंसेवक निर्वाचनका लागि खटिदै छन् । जिल्लामा कुल ३ लाख १७ हजार ७ सय ४८ मतदाता रहेका छन् ।
यसैगरी पाल्पा जिल्लामा पनि चुनावी तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार शुक्रबारदेखि नै मतदाता परिचय पत्र वितरण गरिएको छ । निर्वाचनका लागि आबश्यक पर्ने सम्पुर्ण सामग्री सहित कर्मचारी तथा स्वयंसेवक निर्वाचन क्षेत्रमा खटिसकेको कम्प्युटर अप्रेटर हुमबहादुर पाण्डेले बताए । ३ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ३ अस्थायी सहित २ सय ९ मतदान केन्द्र, ३ वटा अस्थायी सहित १ सय २० मतदान स्थल रहेका छन् । जिल्लामा कुल १ लाख ३६ हजार १ सय १७ मतदाता रहेका छन् ।
गाडी नचल्दा धेरैलाई सास्ती
यसैबीच निर्बाचनका लागि मतदान केन्द्रमा खटाइएका कर्मचारीहरु गाडी नचल्दा मर्कामा परेका छन् । पहाडी क्षेत्रमा सवारी नचल्दा गाउ गाउका मतदान केन्द्रमा जान गा¥हो परेको कर्मचारीले बताएका छन् । ३३ दलीय मोर्चाले आव्हान गरेको यातायात बन्दले सवारी साधन चलाउन डर भएका कारण पनि कर्मचारीहरु समयमानै मतदान केन्द्रमा पुग्न नसकेको बताइएको छ । गुल्मी, पाल्पा र अर्घाखा“ची जिल्लाका गाउ“ घरमा जान गा¥हो परेको कर्मचारीहरुले बताएका छन् ।
प्रहरीले स्कर्टिङ गरेर केही ठाउ“मा निर्वाचन सामग्री सहित कर्मचारीहरु गएपनि प्रायः गाउ“मा सवारी जान नसकेको बताइएको छ ।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.