चुनावको नजिक महंगीको मार


विकाश पराजुली
बुटवल, कार्तिक २७ । 

दलहरु चुनावी आश्वासन बा“ड्दै चुनाव प्रचार प्रसारमा हिंड्दै गर्दा बजारमा आलुदेखि प्याज लगायतका वस्तु छोइनसक्नु हु“दा उपभोक्ताको भान्सा महंगीदै गएको छ ।
देशैभरी चुनावी रौनक बढीरहेका बेला दैनिक ज्यालामा मजदुरी गर्नेदेखि न्यून तथा मध्यम आय भएका सर्वसाधारण्ँको दैनिकी महंगीले कष्टकर बनेको छ । दुई महिना अघि प्रतिकेजी ३७ रुपैया“ रहेको गोलभेडाको मुल्य अहिले बजारमा प्रतिकेजी ७० देखि ८० रुपैया“ पुगेको छ । तरकारीका लागि नभइनहुने प्याजको मुल्य अहिले १ सय २० पुगेको छ । त्यस्तै करेलाको मुल्य पनि त्यही अनुपातमा नै बढेको छ । अघिल्लो महिना ६२ रुपैया“मा पाइने करेला अहिले ९० रुपैया“ भन्दा माथि छ । बन्दा, काउली, लसुन, लगायत भान्साका लागि आवश्यक तरकारीको मुल्य सवैतिर बढेको छ । तरकारी मात्र नभई खाद्यान्न तथा फलफुलको मुल्य बृद्धि पनि उस्तै छ । बाणिज्य विभागले भदौ महिनामा तोकेको मुल्य भन्दा अहिले दोव्वर मुल्य बृद्धि भएको छ । दाल, चिनी, नुन, तेल सवैको मुल्य बृद्धिले अहिले चुनावको चर्चा जस्तै तरकारीको चर्चा बजारमा हुन थालेको छ ।
मौकामा चौका हान्ने व्यापारीहरु यही मौका छोपेर बजारमा महंगी बढाउने गरेको उपभोक्ता बताउ“छन् । चुनावको मिति नजिकिदै गर्दा सवै चुनावी अभियानतिर लागेको र बजारमा अनुगमन नहु“दा पनि महंगी झनै बढेको स्थानीय शुसिल अर्याल बताउ“छन् । त्यति मात्र होइन, बजारमा अहिले एउटै बस्तुको मुल्य पनि फरक फरक पाउन सकिन्छ । अनुगमन गर्ने निकाय सवै चुनावमा केन्द्रित हु“दा महंगी घट्न नसकेको बुटवल १३ देविनगरकी उषा ज्ञवालीले बताइन् । बजारमा छोइनसक्नु तरकारीको मुल्य बृद्धिले दैनिकी चलाउनै गा¥हो भएको उनको भनाइ छ । सवैतिर तरकारीको मुल्य बृद्धि हु“दा उपभोक्ताको दैनिकी कष्टकर बन्दै गएको छ । बजारमा हरेक तरकारीको मूल्य आकासिएको छ । अझ विशेÈगरी प्याज र आलुको भाउ त छोइनसक्नु भएको सर्वसाधरणहरु बताउ“छन् ।
तरकारीका लागि मात्रै १ महिनाका लागि छुट्याइने गरेको बजेट १५ दिनका लागि पनि नपुग्ने भएपछि हरेक परिवारलाई महंगीले सताएको छ । तर व्यापारीहरुले भने अन्तर्राष्ट्रिय बजारमा मुल्यमा हुने घटबढले त्यसको प्रत्यक्ष असर नेपाली बजारमा हुने हु“दा पनि महंगी बढेको बताउ“छन् ।
दशैं, तिहार जस्ता ठुला पर्वहरुमा बढेको महंगी अहिलेसम्म कायमै रह“दा पनि उपभोक्ताहरु मारमा परेका हुन् । बुटवल ७ अमरपथका व्यापारी सुनिल शेरचनले भारतमा मूल्यबृद्धि हु“दा त्यसको असर नेपालमा परेको बताए । नेपाल व्ययमा भन्दा आयमा निर्भर भएकाले भारतबाट सामानहरु आयात हुने हु“दा बजारमा मुल्य बृद्धि भएको उनको भनाइ छ ।
दलका नेताहरुले चुनावमा भोट तान्नकै लागि वर्Èौंको सपना बा“ड्दै आएका छन्, तर तत्काल मूल्यबृद्धि नियन्त्रण्ँतर्फ कसैले ध्यान दिएका छैनन्, त्यसैले पनि मुल्य बृद्धि हुने क्रम बढ्दै गएको छ, बुटवल ६ गोलपार्ककी कमला अर्यालले भनिन् । उनले हरियो तरकारीमा व्यापारीहरुले कृत्रिम मूल्यवृद्धि गरेकाले तरकारीको मुल्यमा बृद्धि भएको बताइन् । त्यस्तै कृषि उपज तथा थोक बजार केन्द्र बुटवलले बन्दका कारण बजारमा प्रयाप्त तरकारी आउन नसक्दा महंगी बढेको बताएको छ । केन्द्रका अध्यक्ष कलाधर पन्थीले बजारमा तरकारीको माग बढी भएको तर, बजारमा तरकारी आउन नसकेकाले महंगी बढेको बताए । उनले थोक बजारमा सामान्य मुल्यबृद्धि भएको भएपनि बजारमा जस्तो मुल्य बृद्धि थोकमा नभएको उनको तर्र्र्क छ ।
यता उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष नर्वु लामाले चुनावकै कारण मुल्य बृद्धि भएको बताए । उनले दलहरुलाई व्यापारीहरुले चन्दा दिने र त्यो चन्दाको पैसा उपभोक्ताबाट असुल्ने कारणले महंगी बढेको बताए । ‘बस्तुको गुणस्तर, शुद्धता, मुल्य बृद्धिका बारेमा प्रशासन केही बोल्दैन, हामीले पटक–पटक बजार अनुगमन गर्न भनेका छौं, लामाले भने ।’ नियमन निकाय मौन हु“दा बजारमा दिनप्रतिदिन महंगी बढेको उनको भनाइ छ ।
यसैगरी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले सवै जनशक्ति चुनावमा केन्द्रित भएकाले बजारमा के भएको भन्ने बारेमा बुझ्न नपाएको बताए । ‘हामी सवै चुनावमा केन्द्रित भएका छौं, पत्रपत्रिकामा महंगी बढ्यो भन्ने मैले सुनेको छु, उनले भने । ’ मुल्य बृद्धिको बारेमा भने उनले केही भन्न चाहेनन् ।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.