बन्दले व्यापार–व्यवसाय तथा उद्योगधन्दा प्रभावित
विकाश पराजुली
बुटवल, कार्तिक २६ ।
नेकपा–माओवादीलगायतका ३३ दलीय मोर्चाले आह्वान गरेको यातायात बन्दका कारण रुपन्देहीमा व्यापार–व्यवसाय, उद्योगधन्दा, कलकारखाना पनि प्रभावित भएका छन् । रुपन्देहीमा मंगलबार मोटरसाईकल चले पनि अन्य सवारीसाधन चलेनन् । प्रशासनले केही छोटो दुरीका माइक्रोबसलाई सुरक्षा दिएर सञ्चालन गरेको थियो ।
सरकारले सुरक्षाको ग्यारेण्टी गरेको बताए पनि यस क्षेत्रका उद्योग धन्दा निर्वाध सञ्चालन हुन सकेनन् । ‘यातायात बन्दले व्यापार–व्यवसाय, उद्योगधन्दा सबै प्रभावित बनेका छन् ।’ बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र श्रेष्ठले भने । निजी क्षेत्रले बन्दको अवज्ञा गर्ने बताए पनि ‘सुरक्षा’ को कारण देखाउ“दै यस क्षेत्रका यातायात व्यवसायीले सवारीसाधन चलाएनन् ।
उद्योगस“ग यातायातको सिधा सम्बन्ध हुने भएकाले उद्योग सञ्चालन गर्न नसकिएको रुपन्देही उद्योग संघका अध्यक्ष तेजकुमार पाठकले बताए । ‘यातायात बन्दको बेलामा हामीले कच्चापदार्थ कसरी ल्याउने, उत्पादित सामान कसरी बजारमा पठाउने ?’ उनले प्रश्न गर्दै भने, ‘हामी बन्दको चपेटामा आर्थिक क्षेत्रलाई नपार्न सरोकारवालाहरुलाई आग्रह गर्छौैं ।’ बजारका चोक–चोकमा सुरक्षाकर्मी खटाइएको भएपनि ढुक्कसं“ग उद्योगहरु सञ्चालन गर्ने वातावरण नभएकाले उद्योगहरु बन्द गर्नु परेको उनको भनाइ छ । बुटवल उद्योग बाणिज्य संघले बन्द आह्वानकर्ता दलका प्रतिनिधिलाई विरोधको शैली परिवर्तन गर्न संस्थागत आग्रह गरेको छ । ‘हामीले बन्दको चपेटामा निजी क्षेत्रलाई नपार्नुहोस् भनेका छौं ।’ संघका अध्यक्ष श्रेष्ठले भने,‘उहा“हरुले हाम्रो सुझावलाई केन्द्रमा पठाउ“छौं भन्नु भएको छ ।’
यस क्ष्ँेत्रमा बन्दकर्ताहरु सडकमा नदेखिएपनि अन्य स्थानमा भएका गतिविधीहरुको प्रभावले सवारी साधन चलाउन नसकिएको पश्चिम नेपाल वस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले बताए ।
लुकीछिपी बन्दकर्ताहरुले अन्य जिल्लाहरुमा गाडी तोडफोड तथा आगजनी गरेका कारण पनि त्यसको त्रास भएकाले सवारी साधन चलाउन नसकिएको उनको भनाइ छ ।
बन्दमा अत्यावश्यक दैनिक उपभोग्य बस्तुहरुको विक्री भैरहे पनि अटोको व्यापार भने ठप्प रहेको रुपन्देही व्यापार संघका अध्यक्ष टंक पोख्रेलले बताए । ‘यातायात सुचारु नहु“दा व्यापारका लागि सहज वातावरण हुन सकेको छैन ।’ पोख्रेलले भने, ‘त्रास र भयको वातावरण विस्तारै कम हु“दै गएमा व्यापार गर्न सहज हुनेछ ।’
पश्चिमाञ्चल यातायात व्यवसायी समितिले बजारमा सामान पठाउन आवश्यक परे आफ्ना सवारी साधन पठाउन सक्ने बताएको छ । समितिका अध्यक्ष गणेश पन्तले भन्सारमा केही सामानहरु आएको र सामानहरु ल्याउनका लागि ट्रकहरु पठाउने तयारी भएको बताए । बजारमा आवश्यक सुरक्षा प्रबन्ध राम्रो भएकाले सवारी चल्न सक्ने भन्दै उनले बजारमा मालको आवश्यक परेपछि सवारी साधन चलाउने स्पष्ट पारे । ‘हामीलाई सवारी चलाउनका लागि प्रहरीले सवारी साधनमानै सुरक्षाकर्मी दिन्छौं भनेको छ । बजारका लागि आबश्यक पर्ने सामानको माग भए ट्रक पठाउ“छौं ।’ पन्तले भने ।
0 comments