औद्योगिक क्षेत्र उद्योगीका लागि साघँुरो बन्दै

 विकाश पराजुली
बुटवल, २७ पुस । बुटवल औद्योगिक क्षेत्र उद्योग सञ्चालनका लागि साघुँरो बन्दै गएको छ ।  उद्योगको विस्तार संगै जग्गा प्रयाप्त नहुँदा औद्योगिक क्षेत्र उद्योगीका लागि साघँुरो बन्दै गएको हो । जसका कारण बुटवल औद्योगिक क्षेत्रमा जग्गा अभाव हुँदा उद्योगीहरु लगानी गर्न ईच्छुक भएपनि जग्गा पाउन सकेका छैनन ।  
लामो समय देखि उद्योगिहरुले जग्गाको माग उद्योगीहरुले राखेपनि बुटवल औद्योगिक क्षेत्रको विस्तार कार्य बन मन्त्रालयले रोकेपछि आवश्यक जग्गा उद्योगीले पाउन नसकेका हुन । ०३२ सालमा स्थापना भएको बुटवल औद्योगिक क्षेत्रमा प्रयाप्त जग्गा छैन । 

बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा केही बर्ष अघि सम्म उद्योगका लागि जग्गाको माग राख्दै ५ सय भन्दा बढि निवेदन समेत दिएका थिए । उद्योगीहरुको लगानीमा आर्कषण भएपछि लिमिटेडले औद्योगिक क्षेत्रको विस्तारका लागि उत्तर पुर्व ३ सय रोपनी र पश्चिम दक्षिण तर्फ २ सय ४० रोपनी जग्गा माग गरेको थियो । 

तत्कालिन अर्थमन्त्री सुरेन्द्र पाण्डले औद्योगिक क्षेत्र विस्तारका लागि २ करोड रुपैया बजेट विनियोजित भएपनि बन मन्त्रालयले फाईल रोकिदिदा औद्योगिक क्षेत्र विस्तारको काम रोकिएको छ । साधुरो रहेको बुटवल औद्योगिक क्षेत्रमा स्थापित उद्योगीहरुले नै जग्गा थप माग गर्दै आइरहेका छन । 
लिमिटेडले भने बुटवल औद्योगिक क्षेत्रको विस्तार नभएपनि प्रादेसिक स्तरको रुपमा मोतीपुर औद्योगिक क्षेत्रको निर्माणपछि उद्योगिहरु सवैलाई त्यहाँ समेटन सकिने बताउँदै आएको छ ।


कुल ४ सय ३४ रोपनी रहेको औद्योगिक क्षेत्रमा १ सय ४३ रोपनीमा धोगो कारखाना रहेको छ भने २८ रोपनीमा बधशाला रहेको छ । उद्योगीहरुको थप जग्गा प्राप्तका लागि बारम्बार लिमिटेड संग माग गर्दै आईरहेका छन । 

विद्युतको सहज जडान, उद्योग सञ्चालनका लागि औद्योगिक बातावरण भएकाले पनि औद्योगिक क्षेत्रमा लगानी गर्न उद्योगीहरु ईच्छुक देखिने गरेको बुटवल औद्योगिक क्षेत्र उद्योग संघले बताएको छ । बाहिर उद्योग सञ्चालनका लागि जग्गा महगो हुने भएकाले पनि उद्योगीहरु संगठित स्थानमा उद्योग सञ्चालन गर्न ईच्छा राख्ने संघका अध्यक्ष राम बहादुर गुरुङले बताए ।


७१ उद्योग रहेको औद्योगिक क्षेत्रमा चालु अवस्थामा ६३ वटा उद्योग चालु अवस्थामा छ भने ४ उद्योग निर्माणका क्रममा छ भने ४ उद्योग बन्द अवस्थामा रहेका छन । सरकारको १ करोड ७९ लाख र निजी क्षेत्रको २ अर्व ७० करोडमा बुटवल औद्योगिक क्षेत्रको स्थापना भएको हो ।
(((((((((((((((((

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.