आश्रमका बालबालिका माथि “शोषण”

विकाश पराजुली
बटौल्ी, ९ पुस । रुपन्देहीको बुटवलमा संचालनमा रहेको साहाराको घर (बालगृह) मा रहेका बालबालिका माथि शोषण र कुटपिट गर्ने गरेको आरोप लागेको छ । 
बुटवल १३ स्थित बेलवसमा संचालनमा रहेको साहारको घर बालगृहमा रहेका बालबालिकाहरु शनिबार राती आफुमाथी शोषण र कुटपिट गरेको भन्दै भागेपछि बालगृहमा बालबालिकामाथी शोषण भएको तथ्य बाहिर आएको हो । आश्रममा रहेका मध्ये ५ जना बाबलिका राति भागेर सडकमा आएका थिए ।

 मुगु बाट केही दिन अघि मात्र उनिहरुलाई आश्रम ल्याइएको थियो । सुविधा सम्पन्न होस्टलमा बस्ने भनि आफुहरुलाई ल्याएको भएपनि आश्रममा रहेका सहयोगीहरुलाई मानिसिक रुपमा यातना दिदै शोषण गरेको बालबालिकाहरुले प्रहरी सामु बताएका छन । उनीहरुले घरपरिबारबाट राम्रो होस्टलमा राखेर पढाउने भन्दै मुगुबाट ल्याएको बुझिएको छ ।

उनिहरु अहिले इलाका प्रहरी कार्यालयको संरक्षणमा छन । संरक्षित बालबालिकामा १५ बर्षका रमेश रोकाय, ११ बर्षका निराजन बुडा, रबिन्द्र रोका, चक्र बुडा र १० बर्षका हस्त बुडा रहेका छन । “हामीले उनीहरुको बारेमा अनुसन्धान गरिरहेका छौ ।” ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक पवन भटटराईले भने । 
बेलुका पेटभरि खान पनि नदिई उनिहरुलाई सुसारेले कुटपिट गरे पछि उनिहरु आफ्नै घर जाने भन्दै हिड्दै गर्दा स्कटिङ्गमा रहेको प्रहरीले फेला पारि उद्धार गरेको हो । नयाँगाउ प्रहरी चौकी इन्चार्ज बिष्णु प्रसाद मिश्रले सडकमा हिडिरहेको अवस्थामा फेलापारी उद्धार गरेको बताए । 

घरवार बिहिन बालबालिकालाई आश्रय दिने भनिए पनि परिवारमा अभिभवक भएका उनिहरुलाई ५० हजार सहित मुगु बाट बालगृह सम्म ल्याइएको स्रोतले बताएको छ । आश्रम सञ्चालक र सहयोगीहरुले बालबालिकाहरुले घरमा कोही छैन भनि बोल्न बाध्य पार्ने  र त्यसो नगरेमो कुटपिट गर्ने गरेकोे उनिहरुले बताएका छन ।
बुटवल १३ स्थित बेलवसमा संचालनमा रहेको साहारको घर बालगृहमा रहेका बालबालिकाहरु शनिबार राती आफुमाथी शोषण र कुटपिट गरेको भन्दै भागेपछि बालगृहमा बालबालिकामाथी शोषण भएको तथ्य बाहिर आएको हो । आश्रममा रहेका मध्ये ५ जना बाबलिका राति भागेर सडकमा आएका थिए ।

मुगुबाट बालबालिका ल्याईने गरेको भएपनि उनीहरु सवैलाई चितवनबाट आएको भन्न बध्य पारेको बालबालिकाहरु बताएका छन ।
देवदह नगरपालिकामा स्थाई घर भएका शंकर प्यासीले संचालन गरेको बालगृहमा अहिले ३४ जना बालबालिका बस्दै आएका छन । चितवन केन्द्रीय कार्यालय  रेहेको  बताउने प्यासीले सुनवल, धनगढी र सुर्खेतमा शाखा संचालन रहेको बताएका छन । 
प्रहरीको अनुसन्धानमा रहेका उनले आफुले नियम र परिधिभित्र रहेर आश्रम सञ्चालन गरेको बताएका छन । एक तले सामान्य घरमा बालगृह संचालन गरेका उनले बालबालिकालाई भेडाबाख्रा जस्तै व्यवहार गरेको प्रष्ट देख्न सकिन्थ्यो ।

 सामुहीक नेतृत्वमा संचालक समिति मार्फत बालगृह संचालन गर्नुपर्ने भए पनि उनको एकल कब्जामा आश्रम संचालन भई रहेको छ । उनिका बुवा स्वर्गिय बाबुरा प्यासीले देवदहमा बालआश्रम संचालन गरेका थिए । 

उनको अवसान पछि आश्रममा बालबालिका जोखीममा परेको भन्दै जिल्ला बाल कल्याण समितिले आश्रमका बालबालिकालाई केन्द्रीय बालकल्याण गृहको जिम्मा लगाएको थियो । जिल्ला बालकल्याण समिति रुपन्देहीले केही दिन अघि सो आश्रममा अनुगमन समेत गरेको थियो । 

प्रहरीले आश्रमका बारेमा थप अनुसन्धान भइरहेको र राती भागेका पाँच जना बालबालिकाहरु लाई सोधपुज थालिएको बताएको छ ।

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.