बुटवल कोलाज

विकाश पराजुली

बुटवल । औद्योगिक नगरी बुटवल, मोफसलको राजधानी बुटवल, शैक्षिक धरोहरको भूमि बुटवल, आदि इत्यादि बुटवलको सकारात्मक परिचय हुन् । पूर्व पश्चिम महेन्द्र राजमार्गले छोएको बुटवल आफैमा प्राकृतिक सुन्दरताले भरिपुर्ण छ । तिनाउ नदिले शुसेली हाली बुटवललाई गुञ्जयमान बनाउ“दै गएको छ भने यहा“ रहेका धार्मिक तथा सां“स्कृतिक सम्पदाहरुले पनि बुटवलको चिनारी अझ माथि उठाएको छ ।
बुटवल आफैमा सुन्दरताले रंगिएको छैन कयौं बेरोजगारीलाई रोजगारी दिएको छ, कयौंलाई यही जिल्लाबाट राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाएको छ त कसैले यही भूमिमा दैनिक गुजारा चलाउन निकै कठिनपूर्ण संघर्षमय जीवनहरु बेतित गरिरहेका छन् ।
यति धेरै बुटवलका चिनारी भएपनि यही शहरभित्र केही नराम्रा पक्षहरुले गर्दा बुटवलको परीभाषा पछिल्लो समय बदलिदै गएको छ । पुर्वधारको विकासले बुटवल नगरीलाई छोएकै हो । तर, पनि यसको परिचयमा दख्खल पु¥याउने अन्य कारण पनि यहा“ रहेका छन् । विहान बेलुका काम गरी दैनिक गुजारा चलाउने देखि एकै दिनमा हजारौ लाखौं रुपैया“ खर्च गरी दुई छाक खानेहरुकोे संख्या पनि यो शहरमा धेरै रहेको पाइन्छ ।
हामी बुटवल शहर जहा“ जान्छौ त्यहा“ कुनै न कुनै व्यक्ति यो वा त्यो बाहनामा आफु गरिव भएको भनी वा अशक्त भएको भनी दुई÷चार रुपैया“ मागि रहेको देख्न सकिन्छ । राजमार्ग चौराहा, मिलनचोक, बसपार्क, पुष्पलाल पार्क, ट्राफिक चोक र गोलपार्क क्षेत्रमा बढी त्यस्ता मानिसहरु रहेका छन् । जसले दुई छाक खानकै लागि मागेर गुजारा चलाइरहेका छन् ।
आफुहरुलाई धनाड्यपन देखाउनेहरुको संख्या पनि यो शहरमा कयौ छन् । धर्म र सं“स्कृतिको नाममा लाखौं रुपैया“ खर्च गर्नेहरु पनि छन् । तर, विडम्बना ति धनाड्यहरुले असहाय र असक्तहरुको अवस्था कहिल्यै देखेन र जानेन पनि ।
धर्मको नाममा दुई चार रुपैया“ मन्दिरमा चढाउने र बेलुका चिकेन तन्दुरीको साथमा ह्वीस्की पिउनेहरुलाई के थाहा तिनीहरुको अवस्थाका बारेमा । हो यस्तै यस्तै धेरै प्रकृतिका मानिसहरु छन् यो शहरमा । आजको यो श्रृङखलामा बुटवल शहरका केही नराम्रा पक्षहरु केलाउने प्रयास गरेको छु । बुटवल कोलाजमा ।
अव्यववस्थित पार्किङ
बुटवलको सुन्दरतालाई विगार्नका लागि यहा“ रहेको अव्यवस्थित पार्किङ पनि एक हो । बुटवल शहरमा जति प्रगति भइरहेको छ, त्यसको प्रतिफल यहा“ भएका मानिहरु स्वच्छ वातावरण, पानी आदि पाउनबाट बञ्चित छन् । तीन बर्ष अघिको बुटवल र अहिलेको बुटवल नितान्त फरक छ । सानो सडक, सडक छेउमा राखिएका अव्यवस्थित ठेला र सडक अतिक्रमण गरि बनाइएका स्थायी तथा अस्थायी भौतिक संरचनाहरु अहिले छैनन् ।
बुटवलको गौरवको रुपमा लिएको निर्माणाधिन छ लेन सडकले यस क्षेत्रको गौरव बढाएको छ । तर पनि अहिले बुटवलमा पार्किङ समस्या सवैभन्दा समस्याको विषय बनेको छ । ट्राफिक प्रहरीले सवारी आवागमनमा कुनै बाधा तथा अव्यवस्थित पार्किङ भएको भन्दै कयौं प्रयास गरेपनि बुटवलमा पार्किङको समस्या दिन प्रतिदिन बढ्दै गएको छ ।
विशेष गरी राजमार्ग चौराह, मिलनचोक, पुष्पलाल पार्क, राममन्दिर लाईन, ट्राफिक चोक क्षेत्रमा पार्किङको समस्या भएको सवैमा यथार्थ छ । पुष्पलाल पार्कमा साना सवारी सडकमै पार्किङ गर्दा सवारी आवतजावतमा बाधा पुग्दा समेत ट्राफिक प्रहरी मौन बसेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले साना गाडीहरुलाई पनि सडक किनारमा नै पार्किङ गरिरहेको अहिलेको अवस्था हो ।
बुटवलको सुन्दरतामा क्रुक लगाउनका लागि यहा“को अव्यवस्थित ट्राफिक समस्या एउटा विषय बनेको छ । दिनानुदिन बढ्दै गएको सवारी साधनको चापले यदि बुटवलको ट्राफिक व्यवस्थापनलाई समयमा नै यसको बैकल्पिक व्यवस्थाका बारेमा नसोच्ने हो भने भोलि बुटवलका लागि यो जटिल समस्या बन्न सक्छ ।
महंगीको मार
पहाडी जिल्लाहरु गुल्मी, पाल्पा अर्घाखाची, स्याङजा लगाएतका जिल्लाहरु संग नजिक भएको यो बुटवल शहर भएपनि यहा“ दैनिक उपभोग्य बस्तुहरुको मुल्य दिन प्रतिदिन आकाशिदै गएको छ । पछिल्लो समयमा महंगिले सर्वसाधरणको ढाड सेक्न थालेपछि बुटवलको नराम्रो पक्ष महंगीलाई समेत लिन थालिएको छ ।
दिन प्रतिदिनको महंगीले न्युन ज्यालादारीहरुको चुलो बल्न ग्राहो भएको छ । एक गृहणी भन्छीन ‘महंगिले डा“डा काट्नै लाग्यो, कसरी हो बुटवलमा बाच्ने’ । उनको यो बोलीले सवैको बोली बोलेको छ । किनकी महंगीको मार सवैलाई परेको छ । त्यसो त न्युन आए भएकाहरुलाई भने केही हदसम्म यसको मार अलि बढि परेको भने हो । यो महंगी बुटवलबासीका लागि मात्र नभई सिंगो देशबासीकै समस्या हो । पछिल्ला बर्षहरुको तथ्यांक हेर्नेहो भने स्थानिय बजारमा बार्षिक रुपमा महंगी बढ्दै गएको छ ।
समयमानै बर्षा सुरु नहुन, किसानले प्रयाप्त मात्रामा मल नपाउनु कारणले गर्दा पनि त्यसको प्रत्यक्ष असर उपभोक्ताहरुले भोगिरहेका छन् । देश अहिले सवैमा निर्यातमुखी भन्दा आयातमुखी बन्दै गएको छ । जसका कारण अन्तर्राष्ट्रिय स्तरमा मुल्य बृद्धि भएस“ंगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पुग्ने गर्दछ । यसका अलबा बजारमा व्यापारीहरुले गर्ने कालो बजारी, नियमित बजार अनुगमन नहुन, व्यापारीहरुले बस्तुहरुको कृत्रिम अभाव गर्नुपनि महंगी बढ्नुको अर्को कारण हो ।
सरकारले महंगी नियन्त्रण र भ्रष्टाचारलाई शुन्य सहनशिलतामा ल्याउने बताएपनि त्यसो हुन सकेको छैन् । बजार अनुगमन गर्ने बाणिज्य कार्यालयले पनि बजारमा हुने महंगीको कारण खोज्नु जरुरी छ । र नियन्त्रणका लागि तत्परता देखाउनु पनि उत्तिकै जरुरी छ ।
महंगी बढ्दा बढी भन्दा बढी दैनिक गुजारा चलाउनेहरु मारमा परेका छन् । दिनभरी काम गरी १ सय देखि ३ सय आय गर्नेहरुलाई अहिलेको महंगीले नितान्त प्रभाव पारेको छ । दिनमा हजारौ, लाखौ कमाउनेहरुलाई त्यसको त्यति प्रभाव नपरेपनि बजारमा अनुगमन हुनु जरुरी छ । राज्यलाई कर तिर्ने नागरिकले गुणस्तर बस्तुको उपयोग सं“गै औषत मूल्यमा बस्तु खरिद गर्न सक्ने वातावरण समेत तयार हुन जरुरी छ ।
यौन क्रीडा मेट्ने ठाउ“
बुटवलको सानलाई माथि उठाउन गरिएका कार्यहरु धेरै भएपनि त्यसलाई दख्खल पु¥याउने र बुटवलको जल्दो बल्दो समस्या बनेको छ यति बेला बुटवलमा यौन व्यवसाय । बुटवलको गोलपार्क, इटाभट्टी, बसपार्क, देविनगर, कालिकानगर क्षेत्र यौन व्यवसायका मुख्य स्थानहरु हुन् । खुलेयाम रुपले यौन व्यवसाय फस्टाउ“दा समेत सुरक्षा निकाय मौन वसेको छ । यस क्षेत्रमा रहेका होटल तथा रेष्टुरेन्टहरुले यहा“ आउने पर्यटकहरुलाई स्वागत गरिरहेका छन् किनकि होटल व्यवसायी भनेको नै पर्यटन व्यवसाय हो । अझ यसलाई यसरी भनौ पर्यटकको विकास र नेपालको आर्थिक सम्बृद्धिमा पनि होटल तथा रेष्टुरेन्ट व्यवसायले महŒवपुर्ण भुमिका खेलेको हुन्छ । तर यति ठुलो भुमिका निर्बाह गरेको होटल व्यवसायको परिचय विस्तारै परिर्वतन हुदै छ । धेरैलाई रनभुल्न पारेको यो बुटवल कोलाजको परीभाषा पछिल्लो समय विग्रिदै आएको छ । काठमाण्डौको ठमेल र पोखराको लेक साइडमा फस्टाउदै गरेको योन व्यवसाय विस्तारै बुटवल सम्म आईपुगेको छ ।
यस क्षेत्रका केही होटलहरुमा व्यवसायीक यौन क्रियाकलाप समेत बढ्दै गएको छ । प्रहरीले केही समय अघि यस क्षेत्रबाट यौन क्रियाकलापमा संलग्नहरुलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याएको भएपनि बुटवलमा अझै यौन व्यवसायको जालो अझै हट्न सकेको छैन् । विशेषगरी प्रहरीको निगरानीबाट टाढा रहने स्थानहरुमा अहिले खुल्याम रुपले यौन व्यवसाय सञ्चालन भइराखेका छन् । सानो झुपडी अनि साना गल्लीहरु भित्र अचम्मलाग्दो तरिकाले यौन व्यवसाय सञ्चालन हु“दा समेत प्रहरी बेखवर बनेको छ । यस क्षेत्रमा रहेका कयौं होटलहरुले यौन व्यवसायलाई गुपचुप रुपमा प्रहरीकै संलग्नतामा व्यवसाय समेत गर्दै आईरहेको स्थानीयहरु बताउ“छन् । बुटवलको सुन्दर परिषालाई यस व्यवसायले पनि केही खत लगाइदिएको छ । शान्ति सुरक्षालाई सुव्यवस्थित बनाउन खटिने प्रहरीले खुलेयाम रुपमा यौन व्यवसाय फस्टाउ“दा समेत चासो नदिनु गम्भीर विषय हो । गैर कानूनी रुपमा सञ्चालनमा आएका व्यवसायहरु र त्यसमाथि गैरकानूनी यौन व्यवसायमा संलग्नहरुलाई कानूनी दायरामा ल्याउन प्रहरीले विशेष कदम चाल्नै पर्छ । जसले गर्दा बुटवल सुन्दर नगरी साच्चिकै सुन्दर बन्न सक्छ ।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.