गाउँकी चेली, शहर आएपछि - कविता



चिन्नै गाह्रो प¥यो मलाई कस्ती तिमी भाकी ।
लाली, पाउडर क्रिम हेर कति धेरै लाकी ।।
सानो छ“दा जामा लाउने अहिले के हो त्यस्तो ।
दुई भित्ताको कपडा छ माथी दुईटात्यान्द्रो ।।
पल्लाघरे माइला दाइकी कान्छी छोरी पनि ।
पढ्न भनि बुटवल, बजार दुई वर्ष अघि झरी ।।
गाउ“मा सोझी मानिने कान्छी हेर कस्ती ।
हाप जिन्स पाइन्टमा देख्दा रेखा थापा जस्ती ।।
पर्दैन रे मन उनलाई घरको आटो ढिंडो ।
रेष्टुरेन्टमा भैसी, पाडा भन्छिन कस्तो मिठो ।।
पढ्न मन पर्दैन रे उनलाई घुम्न मन परेपछि ।
दुई चार जना केटा साथी नजरमा राखेपछि ।।
अलि फुर्सद हुँदा उनी फेसबुक र नेटमै भुल्ने ।
खाना किन खानुप¥यो बफको स्वादै अर्कै हुने ।।
पैसाको त कमी छैन भन्छिन् बुटवल बसेपछि ।
केटा साथी बाइक अनि सबै कुरा पाएपछि ।।
विकास पराजुली
बुटवल, रुपन्देही

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.