२१ बर्षे गाविस सचिवलाई भेट्दा…
सानो उचाई, माथी कालो ज्याकेट र तल
कालै पाईन्ट लागेको एक युवा । कार्यक्रम सञ्चालकले प्रमुख अतिथिको हैसियतले
स्टेजमा बोलाउँछन् । सवैलाई नमस्ते गर्दै मञ्चमा राखिएको कुर्चीमा
आशणग्रहण गर्छन उनी । चिनेकाले त चिनिहाले, कार्यक्रममा पहिलो पटक
पुग्नेहरु खसाकखुसुक गर्न थाल्छन्, अचम्म मान्छन् अनि भन्छन्–“कति सानो हो
यो वावु ।”
अचम्म नहुन पनि कसरी, एउटा उपत्यारिलो सानो युवा कार्यक्रमको प्रमुख अतिथी हुन्छ । खुलदुली हुन्छ, यसको के योग्यता होला ? कार्यक्रम सञ्चालकले नाम सँगै उनको पद गाविस सचिव भनेपछि कार्यक्रम स्थलमा उपस्थितहरु अचम्मित पर्दछन् ।

यो दृश्य देखियो पाल्पा जिल्लाको देविनगर
गाविसमा बुधबार आयोजना गरिएको एक स्वास्थ्य शिविर कार्यक्रममा । जहाँ
त्यीनै युवा प्रमुख अतिथीको रुपमा थिए । सानो उमेर र सानो उचाईका उनलाई
गाविस सचिव हुन भन्दा धेरैले पत्याउन पनि सकेनन् । करिव ३० मिनेटको
औपचारिक कार्यक्रम सम्पन्न भएपछि परिचयका क्रममा उनी प्रत्यक्ष कुराकानी
गर्ने अवसर जुट्यो ।
गुल्मी जिल्लाका घमिर गाविस वडा नं. २ स्थायी घर भएका कमल लम्साल अहिले देविनगर गाविसका गाविस सचिव हुन । २०६५ सालको गुल्मी जिल्ला घमिर गाविस वडा नं. ८ मा रहेको देविस्थान उच्च मावि बाट एसएलसी उत्र्तीण गरेका लम्साल प्लस टु भने बुटवलको हाटबजार लाईनमा रहेको सिद्धार्थ गौतमबुद्ध क्याम्पसबाट गरे । व्याचलर अध्ययानका लागि काठमाडौ गएका उनी लोकसेवाको तयारी गर्दै अध्ययानलाई अघि बढाए ।
सानो उमेरमा लोकसेवाबाट नाम निकालेर गाविस सचिव भएका कमल लम्साल २०७० साल माघ महिनाको २१ गते पाल्पा जिल्लाकै बाकामलाङग गाविसबाट गाविस सचिवको काम सूरु गरेका हुन । त्यसपछि कमल २०७१ असोज २७ देखि देविनगर गाविसमा कार्यरत भएका हुन ।
२०७० सालको लोकसेवा बाट उर्तिण भएका उनी ब्याचलर पास भएका छन् । काठमाण्डौमा बसेर अध्ययान गरेका उनले नियमित रुपमा १ बर्ष अध्ययान गरे र नाम निकाले । पहिलो पटक लोकसेवामा परीक्षा दिएका उनी उर्तिण हुन सकेनन । दोस्रो पटकमा उनी लोकसेवा उर्तिण गरेरै छाडे । उनी लोकसेवामा अतिरिक्त कक्षा नलिएको पनि भेटका क्रममा बताए ।
गाउँका सवै प्राय लोकसेवामा गएकाले आफ्नो पनि ध्यान त्यति गएको उनले बताए । “सुरुमा डर लाएको थियो । अन्तवार्ता विग्रन्छकी भन्ने पनि लागेको थियो” उनले भने ।
कलेजमा पढे जसरी लोकसेवा तयारी गरेका उनले समय अनुसार चल्न सक्नुपर्ने बताए ।
सुरुमा काम गर्दा केही विग्रिए जागिर जान्छ भन्ने डर भएकाले सुरुमा काम गर्न डर लागेको उनले आफ्नो अनुभव सुनाए । पढ्यो भने हुने भएकालेले अहिले सम्झनेगरी लोकसेवा तयारी गर्नुपर्ने बताउँछनु । घोकेर अध्ययान गर्दा उल्टो प्रश्न आउने भएकाले त्यसलाई घोक्दा उत्तर लेख्न नसकिने उनले बताए ।

0 comments