भवन बनेको १८ वर्षपछि सेवा सुरू


- विकाश पराजुली
बुटवल, ३० जेठ । एक सय बर्ष पुरानो बुटवलमा रहेको लुम्बिनी अञ्चल अस्पतालमा आईसीयूका लागि भवन बनेको १८ बर्षपछिसेवा सुरु हुने भएको छ । 
लुम्बिनी अञ्चल अस्पतालमा करोडौं लगानीमा आइसीयू सञ्चालनका लागि उपकरण आएको बर्षौ सम्म पनि राजनीतिक खिचातानीका कारण आइसीयू सेवा सञ्चालनमा आउन सकेको थिएन ।
icuअस्पतालले जेठ ३२ गते देखि आईसीयू सेवा सञ्चालन गर्ने तयारी गरेको छ । वि.स. २०५४ सालमा अस्पतालले आईसीयू सेवा सञ्चालन गर्ने भन्दै भवन निर्माण गरेको थियो । नेपाल सरकारबाट १ करोड रुपैया आईसीयू सञ्चालनका लागि प्राप्त भएपछि अस्पतालले ६ बेडको आईसीयू सञ्चालन गर्न लागेको हो । 
आईसीयू कक्षको जेठ ३२ गते स्वास्थ्य मन्त्री खगराज अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
आईसीयू सञ्चालनका लागि आवश्यक उपकरणहरु अस्पतालले खरिद गरिसकेको अस्पतालका मेडिकल सुपरिण्टण्डेष्ट डा. तारानाथ पौडेलले बताए ।
त्यसका लागि आवश्यक जनशक्ति पनि तयार भएको उनको भनाई छ । आईसीयू सञ्चालन पछि महंगो शुल्कमा अनेत्र जानुपर्ने समस्या हट्नेछ । आईसीयू सञ्चालन पछि अस्पताललाई हालको बाहेक बार्षिक १ करोड व्यय भार थप हुनेछ । त्यसका लागि रकम अभाव नहुने अस्पतालले जनाएको छ । अस्पतालले हाल आफ्ना माताहातमा रहेका ७३ सटरहरुलाई टेण्डर मात्र सञ्चालन गरेपछि अस्पतालले बार्षिक करिव ५ करोड रुपैया आम्दानी गर्नेछ । यस अघि ७३ सटरबाट अस्पतालले ८६ लाख रुपैया मात्र बार्षिक आम्दानी गर्दै आएको थियो ।
आईसीयू सञ्चालनका लागि आवश्यक २९ जना कर्मचारीहरु पुर्ति भइसकेको छ । ९ जना स्टाप नर्स, ४ जना डाक्टर, ७ जना कार्यालय सहयोगि, १ ड्राईभर अस्पतालमा तयार भइसकेका छन् । त्यस बोहक ३ नर्सिङ स्टाप, १ ल्याव टेक्नीसियन, १ ल्याव असिष्टेन लोकसेवा आयोग सँग सहकार्य गरी नियुक्ति गरिने बताइएको छ ।

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.