असारभित्र संविधानको खाका : उपमहासचिव पौडेल


photo-bishnu- विकाश पराजुली
बुटवल, ३१  जेठ । नेकपा  एमालेका उपमहासचिव विष्णु पौडेलले असार मसान्तभित्र संविधानकाको खाका बाहिर आउने दावि गगरेका छन् । प्रेस चौतारी नेपाल रुपन्देही शाखा ले मणिग्राममा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पौडेलले भने, ‘१६ बुँदे सहमतीबाट देश अव संविधान निर्माणको बाटोमा अगाडि बढिसक्यो, असारभित्रमा संविधान खाका आउने कुरामा हामी विश्वत रहेका छौं  । संघीयतामा प्रदेश सिमांकन र नामांकनको विषयमा विषयमा के कती हुने भन्ने विषयमा टुंगोमा पुगेको भन्दै सिमांकनको  विषयमा विज्ञहरुद्वारा गठीत समितिले  टुंगो लगाउने र नामाङ्गनको विषयमा प्रादेशिक सरकारको जिम्मामा रहेको पौडेलको  भनाई रहेको छ ।
फरक प्रसंघमा रुपन्देही क्षेत्र नम्बर ४ का सभासद समेत रहेका पौडेलले लुम्बिनी विकास कोषमा अयोग्य व्याक्ति नियुक्ति भएको भन्दै ढिलो चाडो उनी हट्ने बताएका छन् । लुम्बिनीको  विषयमा विज्ञ व्याक्तिको सट्टा अर्कै व्याक्ति नियुक्ति भएको भन्दै उनले भने, “योग्य व्याक्ति  छिटै हट्छन, यसमा ढुक्क हुनुस ।”
यस क्षेत्रका विकासको लागि आफु लागिपरेको भन्दै उनले अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रको  निर्माण प्रक्रिया अव छिटै सुरु हुने उनले बताएका थिए । बन मन्त्रालयबाट रुख हटाउनको लागि प्रक्रिया टुंगोमा पुगी सक्न लागेको समेत बताएका थिए ।  बुटवलमा बुहप्रतिक्षीत योजनाको रुपमा रहेको झुम्सा खोला खानेपानी योजनामा भएको कृत्रिम अवरोध हट्ने र छिटै बुटवल बासीले खानेपानीको उपभोग  गर्न पाउने उनको भनाई रहेको छ । कार्यक्रम प्रेस चौतारी नेपाल रुपन्देही शाखा अध्यक्ष अमृत गिरीको अध्यक्षता र सचिव धिरज पौडेलको सञ्चालनमा भएको थियो ।

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.