भूकम्पपीडितलाई २२ लाख राहत


- विकाश पराजुली
बुटवल, २३ जेठ  । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) रुपन्देही, उच्च माध्यमिक विद्यालय संघ (हिसान) रुपन्देही र सामूहिक विद्यालय परिवार रुपन्देहीले भूकम्प पीडितका लागि आर्थिक सहयोग गरेका छन् । प्याब्सनले १० लाख, हिसानले १० लाख र सामूहिकले दुई लाख रुपैंयां सहयोग गरेको हो ।
शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी प्याब्सन रुपन्देही अध्यक्ष सुदीप केसीले प्याब्सन केन्द्रीय उपाध्यक्ष लोकनाथ उपाध्यायलाई र हिसान रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले हिसान केन्द्रीय उपाध्यक्ष डा. आरसी आचार्यलाई राहत रकमको चेक हस्तान्तरण गरेका हुन् । राहत रकमको चेक  रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा र उच्च माध्यमिक शिक्षा परिषद् बुटवल कार्यालयका प्रमुख नागेन्द्र खनालको उपस्थितिमा हस्तान्तरण गरिएको हो । सो रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार राहत कोषमा जम्मा हुने छ । 

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.