यसो गर्छन् प्रहरीका घुमुवा !


- विकाश पराजुली
बुटवल, ५ वैशाख । रुपन्देही जिल्लाका एक घुमुवा प्रहरी हवल्दार तस्करीको धन्दामा लागेको पाईएको छ । पीडितहरूले गरेको उजुरीले ती घुमुवाको करतुत पर्दाफास गरिदिएको छ ।
लुम्बिनी अञ्चल प्रहरी कार्यालयमा कार्यरत ३२ बर्षीय प्रहरी हल्वदार करिमुलह धोवी तस्करसँगको मिलेमतो धन्दामा लागेको तथ्य बाहिर आएको छ ।
घुमुवा प्रहरीका रूपमा सादा पोसाकमा रही चोरी, तस्करी, अपराध नियन्त्रण र सूचना संकलन गर्ने काम भए पनि ती हवल्दारले तस्करसँग साँठगाठ गर्दै मोटो रकम कुम्ल्याउने गरेको पीडितहरूको उजुरीमा उल्लेख छ । 
करिब आठ वर्षदेखि एकै स्थानमा घुमुवामा बसी चोरी तस्करी नियन्त्रयण गर्नुभन्दा पनि तस्करसँग साँठगाँठ गरेर  रकम असुलीको धन्दामा उनी संलग्न भएको आरोप लगाइएको छ ।
प्रहरी संगठनको नीति अनुसार प्रहरीको काम स्वच्छ, चुस्त दुरुस्त बनाउनका लागि प्रत्येक प्रहरी कर्मचारीको समय अवधि अनुसार एक स्थानबाट अर्को स्थानमा सरुवा गर्ने गरिए पनि धोवी आठ वर्षभन्दा बढी एकै स्थानमा  रही घुमुवाको रूपमा काम गर्दै आएका छन् । 
वर्षौंदेखि घुमुवामा रही लुम्बिनी अञ्चलका तस्करसँग राम्रो साँठगाठ भएको र रकम असुलीमा सजिलो हुने भएको कारण घुमुवा धोबीको अहिलेसम्म सरुवा नभएको जानकार बताउँछन् । प्रहरीका हाकिमले हवलदार धोबी वर्षौदेखि एकै स्थानमा घुमुवामा कार्यरत रहेपछि धोबीले तस्करसँग रकम असुल गरी माथिका हाकिमलाई बुझाउने गरेको आरोप लागेको छ । 
हवल्दार धोबी चोरी, तस्करी, अपराध नियन्त्रण गर्नुभन्दा पनि हवल्दार धोबीले सिमानाबाट तस्करी गराएर अकुत सम्पत्ति कमाएको प्रहरी कर्मचारी बीच नै चर्चा चल्ने गर्दछ ।  
घुमुवा धोबीले अंचल प्रहरी कार्यालय लुम्बिनमा जो हाकिम आए पनि प्रलोभनमा पारी वर्षौदेखि घुमुवा बस्दै आएको अंचल कार्यालयका प्रहरी कर्मचारी बताउँछन् । धोबीको काम कर्तुतबारे पटक–पटक संचारमाध्यमा समाचार प्रकाशित भएपनि प्रहरी संगठनले धोबीमाथि कुनै किसिमको छानबिन नगरेको सञ्चारकर्मीहरूको समेत आरोप छ ।
करिब ८ वर्ष भन्दा बढी देखि हाकिमहरूलाई प्रलोभनमा पारी एकै स्थानमा घुमुवामा बस्दै आएका अंचल प्रहरी कार्यालय लुम्बिनीका घुमुवा प्रहरी हव्लदार करिमुल्लाह धोबी, सिपाही धर्मराज यादव र लिला बरालले वैद्य वस्तुलाई पनि नियन्त्रयणमा लिएर जबरजस्ती रकम मागेको र नदिएपछि इलाका प्रहरी कार्यालय धकधई मार्फत भन्सार कार्यालयमा बुझाईदिएको पीडित नाथु यादवले बताए ।
गत चैत २४ गते रुपन्देहीको धकधई– ६ चैनपुरुवा (बजार क्षेत्र)को घरमा पालेको एक भैसी, एक पाडा र एक पाडीलाई लु १ च ५६०५ नम्बरको प्लेटको गाडीमा लोड गरिरहको अवस्थामा धोबी, सिपाही धर्मराज यादव र लिला बरालले उक्त स्थानमा पुगी घुमुवा धर्मराजले भारतबाट तस्करी गरेर ल्याएको भन्दै गाडी रोकेको र घुमुवा धोबीले पीडित यादवलाई दस हजार रुपियाँ दे नत्र तस्करी गरिरहेको भन्दै गाडीसहित पशुलाई इलाका प्रहरी कार्यालय धकधईमा बुझाइदिन्छु भनी धम्काएको पीडित यादवले बताए ।
सो विषयमा धोबीलाई सम्पर्क गर्दा उनले आफुले केही पनि पक्राउ नगरेको र आफू रुपन्देही जिल्लामा नभई नवलपरासी जिल्लामा रहेको भन्दै पन्छिए ।  
सोही विषयमा इलाका प्रहरी कार्यालय धकधई इन्चार्ज प्रहरी नायब निरीक्षक पूर्णबहादुर मल्ललाई सम्पर्क गर्दा उनले अंचलका घुमुवाहरूले कार्यालयमा गाडीसहित पशुलाई बुझाएको र भागावनपुर सीमानाकाबाट तस्करी गरेर धकधई ६ चैनपुरुवामा लोड गरिरहेको अवस्थामा पक्राउ गरिएको भनी मुचुल्कमा उल्लेख गरी भन्सार कार्यालयमा बुझाइएको बताए । 
तर घुमुवा धर्मराज यादवले भने आफूलाई अन्य केही कुरा थाहा नभएको र आफूहरूले धकधई बजार क्षेत्रमा ३ वटा पशु नियन्त्रणमा लिइ इप्रका धकधईमा बुझाएको बताए । इप्रकामा बुझाएपछि प्रहरी नायब निरीक्षक मल्लले उक्त पशु सिमाना भगावनपुरदेखि तस्करी गररे ल्याएको भन्ने वाक्य मुचुल्कामा किन उल्लेख गरेको भन्ने आफूलाई थाहा नभएको उनले बताए । 
उता इप्रका धकधईका प्रहरी नायब निरीक्षक मल्लले अंचलका घुमुवाहरूले आफूलाई सीमानाका भगवानपुरबाट तस्करी गरी धकधई ६ चैनपुरुवा लोड गरिरहेको अवस्थामा पक्राउ गरी ल्याएको जानकारी गराए अनुसार मुचुल्का गरिएको बताए ।
यता धोबीले अनावश्यक रुपमा रकम मागेको र नदिएपछि वैद्य पशु र गाडीलाई पनि भन्सार कार्यालयमा बुझाइदिएको कारण सर्वसाधरण सहित राजनितिक दलका नेताहरू आक्रोशित बनेका छन् ।
पीडित नाथु यादव र उसमान गोनी फकिर सहित धकधई गाविसका ३७ स्थानीय वासिन्दाले अंचलका घुमुवाहरूले अनावश्यक रुपमा जबरजस्ती रकम मागेको र नदिएको कारण पशुसहित गाडीलाई भन्सार चलान गरिदएको भन्दै न्याय पाउँ बारे भन्ने विषयमा ५ पृष्ठ लामो निवेदन धकधइ गाविस कार्यालयमा पेश गरेका छन् । सो निवेदनमा गाविस कार्यालयले तोक लगाइदिएको भए पनि पीडितहरू भने न्यायको लागि अहिलेसम्म भौतारिरहेका छन् । 
छानविन समिति गठन
धकधईमा भएको घटनाको यथार्थ जानकारी लिन प्रहरीले छानविन समिति गठन गरेको छ । अञ्चल प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक चन्द्र कुमार थापाको मौखिक संयोजकत्वमा छानविन समिति गठन गरिएको हो ।
“हिजो मात्र पत्र प्राप्त भएको छ, अब हामीले छिट्टै यो कामको थालनी गर्छौ” उनले भने । उनले छिटो प्रतिवेदन बनाई क्षेत्रीय कार्यालय पोखरा पठाउने र छानविनका क्रममा दोषी देखिए कानुन बमोजिम कारबाही गरिने पनि प्रष्ट पारे । 
edit-nibedan-page-no-.1 nibedan-page-no.-2 nibedan-page-no.-3 nibedan-page-no.-4 nibedan-page-no.5 non-edit-nibedan-page-no.-1

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.