विकाश पराजुली
बुटवल, चैत २० । बढ्दो शहरीकरणसंगै सवारी साधनका चाप पनि बढ्दै गएपछि बुटवल क्षेत्रमा पार्किङ समस्या दिनानु दिन बढ्दै गएको छ । दिनप्रतिदिन सवारी साधनको चाप बढ्दै गएकाले पार्किङ समस्यालाई दिर्घकालिन रुपमा समधान गर्न पार्किङ स्थल निर्माणका लागि नया कार्य योजना बनाइएको छ ।
अव्यवस्थित रुपमा पार्किङ गर्दा दुर्घटनाको सम्भावनासंगै पैदल यात्री एवं साना सवारीहरुलाई आवाज जावतमा कठिनाई भएको भन्दै पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले पार्किङ स्थलको पहिचान गरी पार्किङ स्थल निर्माणका लागि नया“ कार्य योजना तयार पारेको हो ।
प्रहरीले एक महिनामा पार्किङ स्थलको पहिचान गरी रेखाङकन कार्य गर्ने बताएको छ । पार्किङ स्थल बनेपछि मानिसहरुले तोकेको स्थानमा पार्किङ नगरे प्रहरीले जरिमाना समेत गर्नेछ । ट्राफिक प्रहरीले अहिले बुटवलको विभिन्न स्थानमा पार्किङ स्थानको खोजी गरिरहेको छ । प्रहरीले मुख्य राजमार्ग बाहेक सहायक राजमार्गको खुल्ला स्थानमा पार्किङ स्थल बनाउने योजना अघि बढाएको बताइएको छ ।
अहिले बुटवलमा मुख्य राजमार्गको सडक किनारमै पार्किङ भइरहेको छ । पार्किङको समस्या बढ्दै गएपछि नगरपालिकाले समेत घरको नक्सा पास गर्दा सवारी पार्किङ स्थल भएमा मात्र पास गर्दै आएको छ ।
बुटवल नगरपालिकाका प्रमुख बावुराम गौतमले नगरपालिकामा पार्किङको समस्या बढ्दै गएकाले घरमा पार्किङ सहितको नक्सा भएमा मात्र त्यस्तो नक्सा पास हुने बताए । बुटवलका अति व्यस्त सडक किनारमै पार्किङ गर्दा समस्या बढ्दै गएकाले आफुहरुले यस्तो योजना ल्र्याएको गौतमले बताए ।
बुटवलको गोलपार्क, अमरपथ, ट्राफिक चोक, अस्पतालाईन, बसपार्क, मिलनचोक, राजमार्ग चौडाहा क्षेत्रका केही स्थानमा पार्किङको पहिचान गरी पार्किङ स्थान बनाईने पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी सहायक निरीक्षक ज्ञानु पाण्डेले बताए ।
‘हामीले अहिले यस्ता ठाउहरुको पहिचान गरी दिर्घकालिन समस्याको समधान खोज्न लागेका छौ, पाण्डेले भने पार्किङ स्थलको पहिचान भएपछि दुर्घटना न्यूनिकरण कम हुनेछ ।’
अहिले बुटवलको मिलनचोक, चौडाहा, अस्पताललाईन, ट्राफिक चोक, अमरपथ, हाटबजार क्षेत्रमा पार्किङको मुख्य समस्या रहेको छ ।
प्रहरीले अव्यवस्थित फुटपाथ भत्काएर सडक फराकिलो बनाए पनि सडकको पार्किङ भने हटाउन सकेको छैन । बुटवलको अस्पतालाईन र ट्राफिक चोकमा अस्तव्यस्त पार्किङले सवारी आवाज जावतमा समस्या परेको प्रहरी स्वयम बताउछ । ‘पार्किङ निषेध गरेको स्थानमा पार्किङ भएका हुन्छन् निश्चित तोकेको स्थानमा पार्किङ हुदैनन् पाण्डेले भने जथाबाबी रुपमा रिक्सा पार्किङले पनि समस्या बढेको छ ।’
रिक्साहरुले जहापायो त्यहि स्थानमा पार्किङ गर्दा पनि पार्किङको समस्या बढेको बताइएको छ ।
रिक्सा पार्किङका लागि निश्चित स्थान तोकेपनि रिक्सावालाहरुले जथाबाबी रुपमा पार्किङ गर्ने गरेको उनले बताए । पार्किङ स्थल बनेपछि प्रहरीले अप्रेशन थाली चालकलाई जागरुक बनाउने छ । कार, जिप, मोटरसाईकल र रिक्साहरुका लागि पार्किङ स्थल बनाइने बताइएको छ ।

0 comments