लापर्वाहीले टर्मिनल निर्माणमा ढिलाई

बुटवल बसपार्कमा निर्माणधिन अवस्थामा रहेको टर्मिनल । निर्माण सम्पन्न गर्ने समय सकिएपनि अझै सम्म निर्माण कार्य सम्पन्न हुन सकेको छैन । तस्वीरः विकाश पराजुली
 विकाश पराजुली
बुटवल, माघ १९ ।

यस क्षेत्रकै नमूनाको रुपमा बन्न लागेको लुम्बिनी बस टर्मिनल तथा  सपिङ कम्प्लेक्स निर्माणको काममा ठेकेदारको लापर्वाहीले ढिलाई भएको छ ।
बुटवल नगरपालिकाले नगरपालिका विकास कोषको ऋण सहयोगमा बस टर्मिनल तथा सपि· कम्प्लेक्स बनाउन लागेको हो ।
बुटवलको बसपार्क जाने मुख्य प्रवेशद्वारबाट दक्षिणतर्फ सपिङ कम्पलेक्स निर्माण हुदैछ । सम्झौताअनुसार निर्माण सकिनु पर्नेमा सपिङ कम्प्लेक्सको निर्माण कार्य अहिले आधा मात्रै सकिएको छ । नगरपालिकाले निर्माणको जिम्मा चक्रेश्वरी, मिचीको र शिवशक्ति कम्पनीलाई दिएको भएपनि ठेकेदारहरुले आ–आफ्नै कारण देखाउ“दै निर्माण कार्यमा ढिलाई गरेका हुन् । मुख्य कम्पनीको रुपमा रहेको चक्रेश्वरी कम्पनीले मिचीको र शिवशक्तिलाई निर्माणको जिम्मा दिएकोमा मिचीको र शिवशक्ति कम्पनीको ढिलाईका कारण समयमानै निर्माणको काम पुरा हुन नसकेको बुटवल नगरपालिकाले जनाएको छ ।
निर्माण पक्षले नगरपालिकासंग २०१४ जनवरी ४ मा सकिसक्ने गरी ठेक्का लिएको हो । ‘तर अहिले निर्माण कार्य आधा मात्र सम्पन्न छ ।’ नगरपालिकाका ईन्जिनियर सुमन श्रेष्ठले भने । सवारीसाधनको टिकट लिएपछि सवार नहुञ्जेलसम्म यात्रुले किनमेल, मनोरञ्जन खाना÷नास्ता सहज रुपमा गर्न सकुन् भन्ने उद्देश्यका साथ सपिङ कम्प्लेक्स निर्माण गर्न लागिएको हो । टर्मिनल तथा सपिङ कम्प्लेक्समा निर्माण हुने सटरमा विभिन्न व्यवसायिक पसलहरु राख्ने योजना छ । पाच बर्ष पहिले तयार गरिएको गुरुयोजनाअनुसार नगरपालिकाले १८ महिनामा सम्पन्न गर्ने गरी निर्माण कम्पनीसग ०६८ मंसिरमा सम्झौता गरेको थियो । त्यस समयमा निर्माण स्थानमा रहेका रुखहरु हटाउन समय लागेकाले नगरपालिकाले निर्माण कम्पनीलाई ६ महिना म्याद थप समेत गरेको थियो ।
बुटवल नगरपालिकाका प्रमुख बावुराम गौतमले समयमानैं निर्माणको काम सम्पन्न नहुनुमा ठेकेदार पक्षको कमजोरी रहेको बताए । निर्माणको काम चक्रेश्वरीलाई दिएपनि सो कम्पनीले अन्य कम्पनीलाई काम गर्न भनेपछि निर्माणको काममा ढिलाई भएको उनको भनाइ छ । करिब ७ करोडको लागतमा निर्माण कार्य हुन लागेको हो । बसपार्कमा हालको टिकट काट्ने स्थान अस्तव्यस्त रहेकाले नया टर्मिनल बनेपछि समस्या समाधान हुने बताइएको छ । निर्माण कम्पनीले म्याद थपका लागि नगरपालिकालाई पत्रचार गरेकोमा नगरपालिकाले छलफल गरेर मात्र त्यसका बारेमा निर्णय गरिने जनाएको छ ।
चक्रेश्वरी निर्माण कम्पनीका रामेश्वर देउजाले आफ्नो आन्तरिक समस्याका कारण निर्माणमा ढिलाई भएको स्वीकार गरेका छन् । ‘केही हाम्रो दोष पनि हो, केही नगरपालिकाको दोष पनि छ ।’ देउजाले भने, ‘अबको एक दुई दिनमा हाम्रो आन्तारिक समस्या सुल्झिएपछि निर्माणको काम छिटो हुनेछ ।’ उनले मिचीको र शिवशक्तिलाई निर्माणको जिम्मा दिएपछि काम ढिलाई भएकोले अब पुनः आफै काम गर्ने बताए । निर्माण समयमा दशै, तिहार र चुनाव समेत परेको र सवै कामदारहरु आ–आफ्नो घरमा गएकाले पनि निर्माण कार्यमा बाधा पुगेको उनको भनाइ छ । उनले आगामी असार मसान्त भित्रै निर्माणको काम सम्पन्न गर्ने बताए । टर्मिनल भवन साढे २ तलाको हुने छ ।

, , ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.