ट्राफिकको राजश्व ६ महिनामै डेढ करोड भन्दा बढी







विकाश पराजुली
बुटवल, माघ ९ ।
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले चालु आ.व. को ६ महिनामा लुम्बिनी अञ्चलबाट मात्रै डेढ करोड बढी राजश्व संकलन गरेको छ । लुम्बिनी अञ्चलका रुपन्देही, कपिलबस्तु, नवलपरासी, पाल्पा, गुल्मी र अर्घाखाचीबाट साउनदेखि पुस महिनामा मात्रै प्रहरीले १ करोड ७२ लाख ६६ हजार ९ सय ५० रुपैया राजश्व संकलन गरेको हो । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार रुपन्देहीमा सवै भन्दा बढी राजश्व संकलन भएको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले २९ लाख ७८ हजार र जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले ४९ लाख ७७ हजार २ सय ५० गरी कुल ७९ लाख ५५ हजार २ सय ५० रुपैया“ राजश्व संकलन रुपन्देही जिल्लाबाट मात्रै भएको हो । रुपन्देहीमा सवै भन्दा बढी ट्रक कारबाहीबाट राजश्व संकलन भएको बताइएको छ । रुपन्देहीमा ट्रक कारबाहीबाट मात्रै २८ लाख ९९ हजार ८ सय रुपैया राजश्व संकलन भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका लेखा सहायक बावुराम कुवरले जानकारी दिए ।
यसैगरी ट्रयाक्टर कारबाहीबाट १३ लाख ६४ हजार ६ सय, कार तथा जिप कारबाहीबाट ११ लाख ५५ हजार २ सय, बस कारबाहीबाट १० लाख ७७ हजार १ सय र मोटरसाईकल कारबाहीबाट १४ लाख ५८ हजार ५ सय ५० रुपैया“ संकलन भएको छ । रुपन्देही जिल्लामा चालु आ.व. को ६ महिनामा ट्रक, बस, कार तथा जिप, ट्रयाक्टर र मोटरसाईकल गरी कुल ४९ हजार ३ सय २४ सवारी कारबाहीमा परेका छन् ।
यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले चालु आ.व.को ६ महिनामा २७ लाख ८६ हजार ६ सय रुपैया राजश्व संकलन गरेको छ । नवलपरासीमा मोटरसाईकल कारबाहीबाट ४ लाख १७ हजार ५ सय रुपैया राजश्व संकलन भएको छ । यसैगरी ट्रयाक्टर कारबाहीबाट ३ लाख ४७ हजार ८ सय ५०, कार तथा जिप कारबाहीबाट १ लाख ९७ हजार ३ सय ५०, बस कारबाहीबाट २ लाख १३ हजार ८ सय ५० र ट्रक कारबाहीबाट १ लाख ६१ हजार ५० रुपैया“ राजश्व संकलन भएको हो । नवलपरासीमा ट्रक, बस, कार तथा जिप, ट्रयाक्टर र मोटरसाईकल गरी कुल १७ हजार ९ सय ७७ सवारी कारबाहीमा परेको बताइएको छ ।
कपिलबस्तुबाट पनि ६ महिनामा ३० लाख ५६ हजार ५० रुपैया“ राजश्व संकलन भएको छ । प्रहरीले मोटरसाईकल कारबाहीबाट ७ लाख ४८ हजार ५ सय, ट्रयाक्टरबाट ३७ हजार १ सय ९५, कार तथा जिप कारबाहीबाट २ लाख ३५ हजार ४ सय, बस कारबाहीबाट २ लाख ४३ हजार ८ सय ५० र ट्रक कारबाहीबाट  १४ लाख ५६ हजार ३ सय ५० गरी सो रकम राजश्व संकलन गरेको हो । नवलपरासीमा साना ठुला गरी जम्मा २२ हजार ३ सय ८२ सवारी कारबाहीमा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले ट्रक, बस, कार तथा जिप, ट्रयाक्टर र मोटरसाईकल कारबाहीबाट कुल १८ लाख २२ हजार ५ सय रुपैया“ राजश्व संकलन गरेको छ । कार्यालयले दिएको जानकारी अनुसार मोटरसाईकलबाट  ४ लाख ८४ हजार ३ सय, ट्रयाक्टर कारबाहीबाट २ लाख ९ हजार ९ सय, कार तथा जिपबाट  ३ लाख ६६ हजार ७ सय, बस कारबाहीबाट ५ लाख ५० हजार ५ सय र ट्रकबाट २ लाख ११ हजार १ सय रुपैया“ राजश्व संकलन भएको हो । पाल्पाले चालु आ.ब को ६ महिनामा जम्मा  १२ हजार ३ सय ७६ सवारीलाई कारबाही गरेको छ । त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले ११ लाख ९२ हजार ९ सय रुपैया“ राजश्व संकलन गरेको छ । जिल्लामा जम्मा ७ हजार २ सय १३ सवारी कारबाहीबाट प्रहरीले सो राजश्व संकलन गरेको हो । जिल्लामा मोटरसाईकलबाट ३ लाख ४६ हजार, ट्रयाक्टर कारबाहीबाट १ लाख १३ हजार ९ सय ५०, कार तथा जिपबाट ५ लाख ४३ हजार ६ सय बस कारबाहीबाट १ लाख ३७ हजार ५० र ट्रकबाट ५२ हजार ३ सय रुपैया“ राजश्व संकलन भएको हो । त्यस्तै अर्घाखा“ची जिल्लाबाट ४ लाख ५३ हजार ६ सय ५० रुपैया“ राजश्व संकलन गर्न सफल भएको छ । वितेको ६ महिनामा प्रहरीले जिल्लामा २ हजार २ सय ७२ सवारी कारबाहीबाट सो रकम राजश्व संकलन गरेको हो ।
कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा मोटरसाईकल कारबाहीबाट १ लाख ८६ हजार ६ सय, ट्रयाक्टर कारबाहीबाट ५१ हजार २ सय रुपैया“ राजश्व संकलन भएको छ । त्यस्तै कार तथा जिपबाट १ लाख १९ हजार २ सय, बस कारबाहीबाट  ४८ हजार ९ सय ५० र ट्रक कारबाहीबाट ४७ हजार ७ सय रुपैया“ राजश्व संकलन गरेको हो ।

, , ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.