चिकित्सकको आन्दोलनले बिरामी मर्कामा



 विकाश पराजुली
बुटवल, माघ ६ ।

मोतिपुर रानीगञ्जकी पुष्पा न्यौपाने १५ वर्षीय छोराको खुट्टा भा“चिएर सोमबार विहानै लुम्बिनी अञ्चल अस्पतालमा आइन् । उपचारका लागि अस्पताल आउदा सधै भिडभाड हुने अस्पताल सुनसान थियो । किन यस्तो भयो होला भन्दै उनी छक्क परिन् । अस्पताल आएर छोराको उपचारका लागि टिकट लिन खोज्दा अस्पतालका कर्मचारीले ‘आन्दोलन छ’ भन्दै टिकट दिएनन् ।
‘अस्पताल बन्द छ, हाम्रो आन्दोलनबारे तपाईलाई थाहा छैन ? भन्दै कर्मचारीहरुले उनलाई फर्काइदिए । दुई दिनदेखि अस्पतालमा आउने सेवाग्रँही यसैगरी फर्किएका छन् ।
सोमबार बिहानै आएकी न्यौपाने अञ्चल अस्पतालले फर्काइदिएपछि निजी क्लिनिकमा गएर मह“गो शुल्क तिरेर छोराको फ्याक्चर भएको खुट्टाको प्लास्टर गराइन् ।
नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयको निर्देशन भन्दै अस्पतालले आकस्मिक बाहेकका सवै उपचारहरु बन्द गराएपछि पुष्पा जस्तै सयौं विरामीहरु अञ्चल अस्पतालबाट फर्किएका छन् ।
दैनिक हजारौं विरामीहरुले उपचार लिदै आएको अस्पतालमा आकस्मिक कक्षमा पनि निकै कम विरामीहरुको उपचार भइरहेको छ । सधै भिडभाड हुने क्षेत्र ओपिडी, प्रसुति गृह, एक्सरे वाड सवैतिर सुनसान भएको छ ।
नेपाल चिकित्सक संघ लुम्बिनी अञ्चल शाखाले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै केन्द्रीय कार्यालयको निर्देशन अनुरुप सवै मेडिकल कलेज, अस्पताल निजी क्लिनिक, नर्सिङ होम तथा स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा आकस्मिक बाहेक अन्य सवै संस्थाहरु बन्द भएको जानकारी दिएको थियो ।
 बन्द, हड्ताल निÈेध गरिएका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी बन्द, हड्तालमा उत्रिदा बिरामी मर्कामा परेका छन् ।
तीन दिन अघि छिमेकी जिल्लाहरुबाट उपचारका लागि आएका कयौं विरामीहरु उपचारै नगरी घर फर्कन समेत बाध्य भएको बताइएको छ । कतिपय विरामीहरु अस्पताल खुल्ने आशाले समेत बस्दै आएका छन् । अस्पताल परिसरमै भेटिएका एक विरामी कुरुवा अर्जुन मुखियाले चिकित्सा जस्तो आधारभूत र संवेदनशील सेवा रोकेर आन्दोलन अघि बढाइनु नराम्रो भएको प्रतिक्रिया दिए । उनले विरोधका लागि दबाबका अन्य उपायहरु अवलम्बन गर्न पनि सकिने भन्दै चिकित्सा सेवालाई ठप्प पार्ने निणर््ँयमा चिकित्सक संघले तत्काल पुनर्विचार गर्नुपर्ने उनले बताए । चिकित्सा सेवा ठप्प पार्दा त्यसले दबाबभन्दा बढी सेवाग्राही अझ बढी प्रभावित भएको उनको भनाइ छ । सरकारीमा उपचार नपाएका बिरामी बाध्य भएर निजी अस्पतालमा मह“गो रकम तिरेर उपचार गर्न बाध्य भएका छन् ।
सरकारी अस्पतालमा सस्तोका लागि आए पनि उपचार नपाउ“दा समस्या बेहोर्नु परेको बिरामी कुरुवा मनिषा गौतमले बताइन् । सोमबार अञ्चल अस्पतालमा पुग्दा कतिपय विरामीहरु अस्पतालको सूचना पढेर समेत फर्किएका छन् । अस्पताल ओपिडी सेवामा सूचना लेखेर सेवा बन्द भएको जानकारी गराएको छ ।
आन्दोलनको कारण अस्पतालको इमर्जेन्सी कÔमा बिरामीको संख्या कम हु“दै गएको नर्सहरुले बताएका छन् ।
‘बाध्य भएर अस्पताल बन्द गरी आन्दोलनमा उत्रिएका हौं, नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य डा. प्रकाश बुढाथोकीले माग पूरा नभएसम्म आन्दोलन जारी रहनेछ ।’
उनले डा. के.सी आमरण अनसन बसेको ५ दिनसम्म सरकारले माग सुनुवाई नगरेको र ७ औं दिनमा २४ घण्टे अल्टिमेण्टम दिंदा पनि सरकारले मागका बारेमा कुनै चासो नदेखिएकाले डा. के.सी. को जीवन रक्षाका लागि आन्दोलन गर्नुपरेको बताए । यस्तै लुम्बिनी अञ्चलका मेडिकल सुपरिटेण्डेन्ट डा. तारानाथ पौडेलले आकस्मिक सेवा सुचारु भएको भएपनि अन्य सेवाहरु भने बन्द गरिएको बताए । यस्तै नेपाल चिकित्सक संघका जिल्ला अध्यक्ष विश्वबन्धु विनयीले केन्द्रीय कमिटीको निर्णय अनुसार आन्दोलनमा उत्रिएको बताए । सरकारले डा. के.सी को मागमा सम्बन्धमा चासो नदेखाएकाले अस्पतालनै बन्द गरी आन्दोलन गर्नुपरेको उनको भनाइ छ त्रिभुवन विश्वविद्यालय शिÔण अस्पतालका हाडजोर्नी विभागका प्रमुख प्रा. डा. गोविन्द केसीले विभिन्न सात सूत्रीय माग राखी आमरण अनशनमा बसिरहेको र उनका मागहरु सुनुवाई नभएको भन्दै नेपाल चिकित्सक संघले देशैभरका स्वास्थ्य सेवा ठप्प पारेको हो । त्रिवि कार्यकारी परिÈद्ले चिकित्साशास्त्र अध्ययन संस्थानको डीनमा डा. शशी शर्मालाई नियुक्ति गरेपछि समग्र स्वास्थ्य संस्था तथा शिÔण अस्पतालमा राजनीतिक हस्तÔेप बन्द गर्नुपर्नेलगायतका माग गर्दै केसी पुस २७ गते शनिबारदेखि अनसनमा बस्दै आएका छन् । नेपाल चिकित्सक संघले प्रा. डा. केसीका मागलाई सरकारले सम्बोधन नगरे सम्पूण स्वास्थ्य संस्थाका आकस्मिक तथा अन्तरङग सेवासमेत बन्द गर्ने बताएको छ ।

, ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.