मेलारुमहोत्सवको मौसम
विकाश पराजुली
अबको तीन दिनपछि बुटवल बजारको रौनक बदलिने छ । सवैको चासो तथा ध्यान एकै ठाउमा केन्द्रित हुनेछ । कारण–बुटवल नगरीमा १४ औं औद्योगिक व्यापार तथा कृषि मेला हुदै छ । भैरहवामा तातेको मेलाको रौनक अब बुटवलमा तात्दै छ । भैरहवामा मेला सम्पन्न भए लगत्तै बुटवलमा हुन लागेको मेलाको तयारी तीब्र पारिएको छ । ‘लगानी लुम्बिनीमा–समृद्धि देशमा’ भन्ने मुल नाराका साथ बुटवलमा आयोजना हुन लागेको मेला बुटवल उद्योग बाणिज्य संघले आयोजना गरेको हो ।
बुटवल आसपासका क्षेत्रको आर्थिक विकासका लागि बुटवल उद्योग बाणिज्य संघले २०४१ सालमा उपत्यका बाहिर पहिलो पटक प्रथम मेलाको विजारोपणले गरेको हो । उपभोक्ताबीच स्वदेशी उत्पादनहरुको पहिचना, प्रचार प्रसार एवं उपभोगको चाहना अभिबृद्धि गरि किनमेलमा प्रोत्साहित गर्ने उद्देश्यका साथ मेलाको आयोजना गरिएको बताइएको छ । प्रत्येक बर्ष बुटवल क्षेत्रमा रहेका व्यवसायीसंघहरुले मेलाको आलो पालो गर्दै मेला तथा महोत्सवको आयोजना गर्ने गर्दछ । मोफसलको राजधानी मानिने बुटवल क्षेत्र औद्योगिक विकासमा पनि अगाडि रहेको यस ठाउमा यस्ता मेला तथा महोत्सवले कृषिमा आर्थिक क्रान्तिका लागि भुमिका खेल्ने सवैले विश्वास लिएका छन् । यस नगर तराई, पहाड, छिमेकी राष्ट्र संग महत्वपुर्ण सुौली नाका, पुर्व पश्चिम महेन्द्र राजमार्गको मध्य भागमा रहेको यो औद्योगिक नगरी बुटवललाई राष्ट्रीय एवं अन्तर्राष्ट्रिय स्तर सम्म चिनाउनका लागि पनि यस्ता मेला महोत्सवले निर्क महत्वपुर्ण भुमिका खेलेको हुन्छ ।
पश्चिम क्षेत्रकै प्रमुख व्यापारिक केन्द्रको रुपमा चिनिने रुपन्देही जिल्लामा यस क्षेत्रमा क्रियाशील उद्योगी व्यवसायीहरुको हकहितको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने गौरवमय इतिहास यस बुटवल उद्योग बाणिज्य संघको रहेको छ । गत बर्ष रुपन्देही व्यापार संघले मेलाको आयोजना गरेको भएपनि यस पटक बुटवल उद्योग बाणिज्य संघले नयापन दिने तयारीका साथ मेलाको तयारीमा लागेको छ । उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठको संयोजककत्वमा विभिन्न उपसमितिहरु गठन गरी मेलालाई सफल बनाउन विभिन्न उपसमितिहरुले काम गरिरहेका छन् ।
यस क्षेत्रमा रहेका व्यापारिहरुलाई सहभागि बनाई यस क्षेत्र र यहाको व्यापार व्यवसाय प्रवद्र्धनका लागि महत्वपुर्ण टेवा पुग्ने विश्वासका साथ यस मेला आयोजना गर्न लागिएको आयोजकले बताएको छ । मेलाको माध्यमबाट यस क्षेत्रलाई व्यापारिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, स्थानीय स्तरबाट उत्पादित बस्तुहरुको बजार प्रबद्र्धन गर्ने र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने मेला आयोजकले लिएको छ । यस पटकको मेलामा करिव ५ सय भन्दा बढी स्टल निर्माण गर्ने, ५ लाख भन्दा बढी दर्शकले अवलोकन तथा करिव १५ करोड भन्दा बढीको कारोवार हुने अपेक्षा लिएको छ ।
अझै पनि नेपालको कुल जनसंख्याको ७० पं्रतिशत भन्दा बढी मानिसहरु कृषि पेशामानै निर्भर हुने भएकाले त्यस्ता कृषकहरुलाई थप उत्प्रेरणा यस्ता मेला तथा महोत्सवबाट किसानलाई दिन सकिने आयोजकको दावी छ । आद्युनिक कृषि प्रणाली, कृषिमा राज्यको लगानी, उन्नत विउ विजन, प्रयाप्त सिचाईको व्यवस्था तथा मलको सुविधा नहुदा देशमा कृषिले अझै फड्को मार्न सकेको छैन । उद्यमशीलताको विकासका लागि प्रोत्साहित गर्ने र लगानीका नया–नया क्षेत्रहरुको खोजी गरी रोजगारीका अवसरहरु सृजना गर्नका लागि यस्ता मेला महोत्सवले भने निकै महत्वपुर्ण भुमिका खेलेको हुन्छ । नया प्रविधिको प्रदर्शन गर्ने अबसर खोजिरहेका प्रदर्शकहरुले मेलामा आफ्ना बस्तुहरु प्रदर्शन गर्दा पनि कयौ कृषकहरुले त्यस्तो प्रविधिको प्रयोग गरी आधुनिक कृषि प्रणाली अनुसार कृषि लागेको पनि हामी पाउछौ । बुटवल उद्योग बाणिज्य संघले अन्य मेलाको तुलनामा भन्दा यस पटकको मेलालाई कसरी नमुनाको रुपमा लैजाने भन्ने बारेमा गहन छलफल गरी अगाडि बढेको छ ।
यसपटक मेलामा मनोरञ्जन संगै अन्य ऐतिहासिक एवं प्राचीन सभ्यताहरु झल्कने स्टलहरु राख्ने हुनाले यस पटकको मेला अन्य मेलाको तुलनामा नमुनाको रुपमा चिनिने आयोजकले बताएको छ ।
पुस ९ गते देखि २१ गतेसम्म सञ्चालन हुने मेलामा बुटवलको नमूनाको रुपमा हात्ती सयर गर्ने व्यवस्था गरिएको छ । चितवनबाट ३ वटा हात्ती ल्याई बुटवलको प्रदर्शनीमा हात्ती सयरको व्यवस्था मिलाइएको छ । २० मिनेट सयर गर्नका लागि सर्वसाधरणहरुले ३ सय रुपैया तिर्नुपर्ने छ । यसैगरी बुटवललाई नै उज्यालो बनाउने गरी हटएयर बेलुन बुटवलको आकाशमा उडाईने भएको छ । आयोजकको तर्फबाट उद्घाटनका दिन १४ वटा हटएयर बेलुन उडाइने छ । त्यसबाहेक स्थानीयले खरिद गरी आफुलाई मनपर्ने कुराहरु लेखि बुटवलको आकाश उज्यालो हुने गरी उडाउन पाउने व्यवस्था मिलाइएको प्रसार संयोजक हरि अर्यालले पत्रकार सम्मेलन माफर्त जानकारी दिए । यसैगरी मेलामा बुटवलको प्राचीन सभ्यता झल्काउने तथा बुटवलको ऐतिहासिक चिनारी घ्यू कराई, नुन जोख्ने पुरानो ढक, तराजु लगायतका सामग्री प्रदर्शनीमा राखिने छ । त्यस्तै धार्मिक सुचना केन्द्र, भैरवस्थान–लुम्बिनी टुर प्याकेज, ‘पर्यटनमा पश्चिम’ फोटो प्रदर्शनी तथा भ्वाईस अफ बुटवलको आयोजना समेत गरिएको छ ।
0 comments