चर्को साईरन प्रयोग गर्ने २ सय ५० बढी सवारीलाई कारबाही

sairan
– विकाश पराजुली
बुटवल, २१ चैत । के तपाईले आफ्नो सवारीमा चर्को साईरन आउने गरी जडान गर्नुभएको छ ? सवारी सधानमा आउने साईरनको आवाजलाई विभिन्न तरिकाबाट आउने बनाउनु भएको छ ? यदि त्यसो गर्नुभएको छ र गर्दै हुनुहुन्छ भने सचेत बन्नुहोस् ।
सवारी साधनमा प्रयोग हुने चर्को साईरनले ध्वानी प्रदुषण सँगै पैदल यात्रीलाई त्रसित गराएको भन्दै त्यस्ता साईरनलाई हटाउन प्रहरीले आईतबार देखि अप्रेशन चलाएको छ ।
चर्को साईरनको प्रयोगले पैदलयात्रीलाई त्रसित गराएको र जथाभावी साईरनको प्रयोग गर्ने सवारी सधानलाई प्रहरीले कारबाही सुरु गरेको हो ।
पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका एसपी प्रकाश अधिकारीले सवारी ध्वानी प्रदुषण भएको भन्दै साईरन हटाउने अभियानमा आफुहरु लागेको बताए । उनले भने-“साईरनको प्रयोग निषेधित स्थानमा चर्को साईरन बजेको गुनासो आएपछि यो अभियान थालेको हो, अब यसलाई निरन्तरता दिनेछौ ।”
सडकमा गुड्ने साना तथा ठुला सवारीसाधनले अनावश्यक रुपमा चर्को साईरन प्रयोग गर्दा पैदल यात्रीहरु त्रसित हुने गरेका गुनासा यस अगाडि पनि आइरहेका थिए । साईरनको प्रयोग गर्नेमा अन्य सवारीको तुलनामा बस तथा मोटरसाईकल बढी छन् ।
“हामीले यस पटक नगर क्षेत्र तथा जिल्लामा जाने बसलाई मात्र कारबाही गरेका हौ, यसलाई हामी मोटरसाईकल तथा अन्य सवारीमा पनि कारबाही अगाडि बढाउँछौ” उनले भने ।
प्रहरीले आईतबार मात्र बुटवलको ट्राफिक चोकमा त्यस्ता साईरन प्रयोग गर्ने २ सय ५० सवारीलाई कारबाही गरेको छ । प्रेसर हर्न लगाउने सवारी सँगै मादक पदार्थ सेवन गरी ई-रिक्सा चलाउने ३ जनालाई पनि कारबाही गरिएको बताइएको छ ।
नियमतः विद्यालय क्षेत्र, अस्पताल क्षेत्रमा साईरनको प्रयोग गर्न पाईदैन । तर सवारीचालकले नियमको पालना नगरी विद्यालय तथा अस्पताल क्षेत्रमा चर्को साईरनको प्रयोग गर्ने गरेका छन् । यो क्रम भने अहिले पनि बढि नै छ ।
विरामीहरुको उपचार हुदा साईरनको प्रयोगले मानसिक समस्या हुन सक्ने र विद्यालय क्षेत्रमा साईरन बजाउदा स–साना बालबालिका तर्सिनुसंगै दिमागमा समेत असर पुग्ने भएकाले विद्यालय क्षेत्रमा पनि साईरनको प्रयोग गर्न पाईदैन ।
सामान्य नियम पनि पालना नगरी सवारी दुर्घटना बढ्न सक्ने भन्दै प्रहरीले अन्य गतिविधिलाई पनि प्रभावकारी रुपमा अगाडि लैजाने बताएको छ । ट्राफिक ज्ञानको जानकारी दिने, अव्यवस्थित पार्किङ समस्या हटाउने, सडक पेटीबाट हिड्ने मोटरसाईकललाई कारबाही गर्ने तथा जेब्रा क्रस सम्बन्धी यात्रुलाई जानकारी गराउने लगायतका विभिन्न कार्यक्रमहरुलाई प्रहरीले अगाडि बढाएको छ ।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.