नाका खुलाउन तत्काल पहल गर्न सरकारसित समाजको आग्रह


काठमाडौँ, १५ असोज । प्रजातान्त्रिक विचार समाजले दैनिक आपूर्तिलाई सहज बनाउन नेपालले भारतसँगको सबै नाका खुलाउन तत्काल पहल गर्न सरकारसित आग्रह गरेको छ ।

समाजले भारतले अघोषित रुपमा आफ्नो सीमाबाट आवातजावत गर्न मालवाहक साधनलाई रोक्ने कार्य आपत्तिजनक भएको भन्दै भूपरिवेष्टित देशले पाउने पारवाहन अधिकारलाई नेपालले प्रयोग गर्न ढिलाइ नगर्न सुझावसमेत दिएको छ ।

समाजका अध्यक्ष डा केदारनरसिंह केसीले आज प्रेस विज्ञप्ति प्रकाशित गरी नेपालको दैनिक जनजीवनलाई असर पार्ने गरी अत्यावश्यक सामग्रीलाई नरोक्न भारतीय पक्षलाई आग्रहसमेत गरेको छ ।

संविधानप्रति असहमति राखी तराई मधेसमा भइराखेका आन्दोलनलाई वार्ता, सहमति र सहकार्यका माध्यमबाट हल खोज्न सरकार र आन्दोलनरत पक्षलाई समाजले विज्ञप्तिमार्फत आग्रह गरेको छ । साथै, विज्ञप्तिमा भावी नेपालको आर्थिक, सामाजिक तथा राजनीतिक मार्गचित्र कोर्न संविधान कोसेढुृङ्गा साबित हुने विश्वाससमेत व्यक्त गरिएको छ ।

,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.