सुध्रिएकै हुन त पश्चिम नेपालका सवारी ?


विकाश पराजुली
बुटवल, ९ चैत ।
nepal-bus-दुर्घटना न्युनिकरणका लागि सरकार पक्षले पछिल्लो समय बनाएका नियमहरुको कार्यान्वयनले सार्थक पाउदा दुर्घटना न्युनिकरणमा टेवा पुगेको प्रहरीले बताएको छ ।
मुख्य सचिव लिलामणि पौडेलले दुर्घटना भएमा चालक, सवारी धनी र प्रहरीलाई समेत कारबाही गर्ने बताएपछि सरकारले समेत अघिल्ला नियमलाई परिमार्जन गर्दै नयाँ नितिलाई कडाईका साथ कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।
त्यसैको फलस्वरुप अहिले दुर्घटनामा कमी आएको प्रहरीले बताएको छ ।
”अहिले धेरै दुर्घटनामा कमी आएको देखिन्छ” पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका एसपी हरिराज वाग्लेले भने ।
पछिल्लो समय दुर्घटना न्युनिकरण गर्न अभियानै सञ्चालन गर्दा यस्तो परिणाम आएको उनले बताए । “पहिले भन्दा अहिले धेरै नै सवारी सुध्रिएका छन्” उनले भने–“यसलाई नै हामीले पहिलो अभियानमा सार्थकता पाएको महशुस गरेका छौ ।”
पहिले सार्वजनिक यात्रु बाहाक सवारी साधनमा सिट क्षमता भन्दा बढि यात्रु बोक्ने गरेको पाइएपनि अहिले त्यो नितान्त रुपमा लागु भएको उनले बताए । पहिले सिट भन्दा बढि यात्रु गल्लीमा उभ्याएर लैजाने गरेको भएपनि अहिले सिट संख्या भन्दा एक यात्रु पनि बढि राख्न नदिएको उनको भनाई छ ।
यात्रु वाहक सवारी साधनले छतमा व्यापारिक प्रयोजनका मालसामानहरु बेक्ने र छतमा पनि यात्रु राख्ने कार्य पनि अहिले रोकिएको उनले बताए । “केही सामान्य सामान बाहेक पहिले जस्तो अहिले छैन” उनले भने ।
प्रहरीको पछिल्लो सक्रियताले मालबाहाक सवारी साधनमा क्षमता भन्दा बढि भार बहन गर्न रोक समेत लगाएको छ । यसैगरी निर्माण सामाग्री ढुवानी गर्ने टिप्परको ढाला निर्देशीका बमोजिम ३२ कायम गराइएको समेत एसपी वाग्लेले जानकारी दिए ।
उनका अनुसार पश्चिमाञ्चलका सवै जिल्लाहरुमा संयुक्त २४ घण्टे स्थाई चेक प्वाईन्ट सञ्चाली गरी प्रभावकारी चेकिङ कार्य अगाडि बढाइएको छ । पश्चिमाञ्चल विकास क्षेत्रबाट जिर्ण अवस्थामा सञ्चालन रहेका १ सय ५ सवारी साधनलाई पुन जाँच पासका लागि यातायात व्यवस्था कार्यालयमा पठाइएको उनको भनाई छ । यसैगरी लामो रुटमा सञ्चालन रहेका सवारी साधनमा २ जना चालक अनिवार्य राख्नुपर्ने व्यवस्थालाई कडा रुपमा कार्यान्वयन गराइएको बताइएको छ ।
पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले राज्यकोे कानुन अनुसार आफुहरु अगाडि बढेको बताउदै यसले दुर्घटना न्युनिकरणमा कमि आएको बताए । उनले समय सापेक्ष भएको परिर्वतनले आफुहरुलाई अझ थप जिम्मेवारी बोझ हुँदै गएको बताए ।

, ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.