भूकम्प पिडित सहयोगार्थ तिलोत्तमा गोल्डकप हुने
बुटवल, जेठ १२ । रुपन्देहीको बुटवलमा यहि जेठ १८ गतेदेखि तिलोत्तमा गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ ।
महाभूकम्प पिडित सहयोगार्थ सञ्चालन हुन लागेको गोल्डकप १८ औं अन्तर्राष्ट्रिय आमन्त्रण तिलोत्तमा गोल्डकप फुटवल प्रतियोगिता हो ।
रुपन्देही जिल्ला फुटवल संघको आयोजनामा हुने प्रतियोगिता जेठ २५ गतेसम्म हुनेछ । प्रतियोगितामा रुपन्देही ११, कास्की ११, दार्जिलिङ ११ भारत, नेपाल ए.पि.एफ, नेपाल आर्मी क्लव, धरान फुटवल क्लव, नेपाल पुलिस क्लव र झापा ११ गरी कुल आठ टिमले प्रतिस्पर्धा गर्ने रुपन्देही जिल्ला फुटवल संघका अध्यक्ष कुमार के.सीले जानकारी दिए ।
एन्फा टेक्निकल सेन्टर देविनगर बुटवलमा हुने प्रतियोतिा प्रत्येक दिन ४ बजे सञ्चालन हुनेछन । प्रतियोगितामा विजेता हुनेले ३ लाख ७५ तथा उपविजेता हुनेले २ लाख ५० हजार प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट ५ जना खेलाडीहरूले १५/१५ हजार रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै उत्कृष्ट खेल प्रर्दशन गर्ने टिमले नगद ७० हजार प्राप्त गर्ने उनले बताए ।
]कुल ३५ लाखको अनुमानित खर्च अनुमान गरिएको प्रतियोगिताबाट बचेको रकम भूकम्प पिडितलाई सहयोग गर्ने अध्यक्ष के.सीले आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगितामा यस पटक साविक विजेता जावलाखेलको भने समावेश भएको छैन् । आन्तारिक कारण देखाउँदै जावलाखेल प्रतियोगितामा समावेश हुन नसकेको आयोजकले जानकारी दिएको छ ।
यस पटकको खेलमा आयोजकले पासको व्यवस्था भने गरेको छैन । सधैँ पासको व्यवस्था गर्दा घाटा लागेको भन्दै आयोजकले यस गोल्डकपमा पास नबनाएको हो । खेल अवलोकनका लागि भिआईपी १ हजार तथा २ सय र १ सय टिकर दर कायम गरिएको छ ।
0 comments