रुपन्देही र स्याङ्जा सेमिफाईनलमा प्रवेश


विकाश पराजुली
बुटवल, फागुन २ ।
 रुपन्देही र स्याङ्जा बुटवलमा जारी क्षेत्रीय भलिवल प्रतियोगिताको सेमिफाईलमा प्रवेश गरेका छन् । शुक्रबार स्याङजा र रुपन्देही वाकओभरमा विजयी हुदै सेमिफाईनलमा प्रवेश गरेका हुन् । स्याङजाको प्रतिद्वन्द्वी बाग्लुङ प्रतियोगितामा अनुपस्थित भएपछि स्याङजा समुह ए को विजेता बन्दै सेमिफाईनलमा प्रबेश ग¥यो भने रुपन्देहीले पनि अर्घाखाचीको अनुपस्थितीमा सोझै समुह ए को उपविजेता बन्दै सेमिफाईलनको यात्रा तय गरेको हो ।
यो प्रतियोगितामा रुपन्देहीले तीन खेल मध्ये एक खेल मात्र खेल्दै सेमिफाईनल खेल्ने अवसर प्राप्त गरेको छ । रुपन्देही आफ्नो पहिलो खेलमा स्याङ्जासं“ग पराजित भएको थियो । शुक्रबार भएको पहिलो खेलमा गुल्मीले पाल्पालाई ३–० को सोझो सेटमा हरायो । उसले २५–२२, २५–१७ र २५–१९ अंकले हराएको हो । त्यस्तै शुक्रबार भएको अत्यन्तै प्रतिस्पर्धाको खेल बर्षाका कारण स्थगित भएको छ । नवलपरासी र कास्कीकाबीच भएको प्रतिस्पर्धामा दुवै जिल्लाले २÷२ जित हासिल गरेपनि अन्तिम फाईनल खेल सुरु हुनुपुर्व बर्षा भएपछि खेल स्थगित भएको हो । शुक्रबार ६ वटा खेल हुने भनिएता पनि बर्षाका कारण एक खेल मात्र भएको थियो । स्थगित खेलहरु आज (शनिबार) हुने आयोजकले बताएका छन् ।
स्थगित खेलहरु मध्ये समुह वि अन्तर्गत आज पहिलो खेल नवलपरासी र कास्की, दोस्रो खेल नवलपरासी र पाल्पा, तेस्रो खेल कास्की र पाल्पा तथा चौथो खेल गुल्मी र कास्कीकाबीच हुने छ । फाईनल प्रतिस्पर्धा समुह वि को विजेता समुह ए को उपविजेता तथा समुह वि को उपविजेता समुह ए को विजेता स“ंग प्रतिस्पर्धा गर्नेछन् ।
फाईनल चरणमा हुने प्रतिस्पर्धाको टुङ्गो आजै लाग्नेछ । पश्चिमाञ्चल क्षेत्रीय भलिवल प्रतियोगिता भनिएपनि प्रतियोगितामा जम्मा ६ जिल्लाको मात्र सहभागिता रहेपछि खेलप्रेमी दर्शकहरुले असन्तुष्टि जनाएका छन् ।
प्रतियोगिता सञ्चालन हुनुपुर्व आयोजकले १२ वटा जिल्लाको सहभागिता हुने बताएपनि अन्तिम समयमा जम्मा ६ जिल्लाले प्रतियोगितामा सहभागिता जनाएका थिए । भलिवल प्रतियोगिता र रेडबुल जिल्ला लिग एकै पटक बुटवलमा सञ्चालन भएपछि दर्शकले खेलको मज्जा लिन नपाएको बताएका छन् ।

खेलप्रेमी विराज बानियाले दुवै खेलहरु एउटै समयमा सञ्चालन भएकाले खेल हेर्न अप्ठ्यारो भएको बताए । फुटवल र भलिवल दुवै हेर्ने दर्शकलाई समय नमिलेको उनको भनाई छ । सधैजसो बाक्लो दर्शकको उपस्थिती हुने भलिवल प्रतियोगितामा दर्शकको संख्या भने उल्लेख्य हुन नसकेको आयोजकले जनाएको छ । जिल्लामा फुटवल र भलिवल एउटै समयमा सञ्चालन हुदा दर्शकहरु बा“डिने गरेका छन् । नेपालमा फुटवल पछि भलिवलका दर्शक अत्यधिक रहेको बताइन्छ । आयोजकले खेल अवलोकनका लागि कमदरका टिकटको व्यवस्था गर्दा पनि दर्शकको उपस्थिती भने उल्लेख्य रहन सकेको छैन । लाफा समूह बुटवल १० को आयोजनामा भएको प्रतियोगिता आज समापन हुने भनिएपनि शुक्रबार बर्षाका कारण खेल स्थगित भएपछि एक दिन लम्बिएको छ ।

, ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.